शुक्र, साउन २२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार शिक्षा

समाजसेवी मायालु लामाद्वारा जे.टि.एम बाल आश्रमलाई शैक्षिक सामग्री सहयोग

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
समाजसेवी मायालु लामाद्वारा जे.टि.एम बाल आश्रमलाई शैक्षिक सामग्री सहयोग
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । पछिल्लो समय समाज तथा वरपर केही अप्ठेरो पर्दा यूवाहरु सक्रिय हुन थालेका छन् । अहिले युवाहरुले समाजमा सकरात्मक सन्देश दिदैँ सामाजिक क्षेत्रमा क्रियाशिल हुने प्रेरणा दिन समेत थालेका छन् ।

विगत लामो समयदेखी विभिन्न जिल्लाका चेपाङ, मुसहर, वनकरिया लगायत समुदायका बालबालिका तथा महिलाहरुका लागि कहिले शैक्षिक सामाग्री त कहिले उनीहरुलाई खाद्यान्नका साथै महिलाहरुका लागि स्वास्थ्य सम्बन्धी कार्यक्रमहरु गर्दै आएकी समाजसेवी एवम् सञ्चारकर्मी मायालु लामाले कर्णाली प्रदेशको अति विकट, दुर्गम र पिछडिएको हिमाली जिल्ला मुगुको खत्याड गाउँपालिका वडा नम्बर तीनमा अवस्थित जे टि एम बाल आश्रमका बालबालिकाहरुलाई शैक्षिक सामाग्री सहयोग गरेकी छिन्। बालबालिकाहरुको पठनपाठनमा सहयोग पुग्ने गरी ११ दर्जन कापि र ११ दर्जन कलम सहयोग गरेकी हुन् ।

लामाको यस कार्यका लागि समाजसेवी हेमन्त कार्कीले पाँच हजार दिएका थिए । समाजसेवी लामाले बालबलिकाहरुका लागि शैक्षिक सामाग्री खरिद गर्न आश्रमको बैंक खातामा रकम पठाएकाले उक्र रकमबाट सामाग्री ल्याएर वितरण गरिएको आश्रमका अध्यक्ष अमर राज बानियाँले जानकारी दिए ।

उनका अनुसार एघार दर्जन कपीका लागि सात हजार २ सय ६० र एघार दर्जन डटपेनका लागि दुई हजार ७ सय ५० गरी दश हजार १० रुपैँया परेको थियो । अति विकट जिल्लाका बालकालिकाहरुलाई शिक्षामा प्रोत्साहित गराउन र शैक्षिक सामाग्री अभाव नहोस भन्ने उद्देश्यले आफुले सहयोग गरेको लामाले बताईन्। यस कार्यका लागि सहयोग गर्नुहुने समाजसेवी कार्कीलाई धन्यबाद व्यक्त गर्दै लामाले उक्त आश्रमका बालबालिकाहरुलाई आवश्यक थप सहयोगका लागि आफुले पहल गर्ने समेत बताईन् । एक दशक भन्दा लामो समय देखि पत्रकारिता क्षेत्रमा कलम चलाउँदै आएकी लामा नियमित आयआर्जनसँगै घर व्यवहारमा समेत व्यस्त छिन् । समयको सही व्यवस्थापन गर्न सक्ने क्षमता कै कारण सामाजिक तथा मानवीय सेवासँगै महिला तथा बालबालिकाको हकहितमा क्रियाशील छिन् ।

पत्रकारिता तथा समाजसेवा कमाउनका लागि नभई देश र जनताको पक्षमा हुनुपर्नेमा उनको जोड छ। करिब सात वर्ष एक अनाथ आश्रमको सचिव रहेर काम गरेकी लामासँग विभिन्न संघ संस्थाको सहकार्यमा विदेशमा गएर अलपत्र परेका महिलालाई नेपाल फर्काउने देखि महिला हिंसा न्युनिकरण, दलालहरु मार्फत बेचिन पुगेका महिला तथा बालबालिकालाई फिर्ता ल्याउनुका साथै बालश्रम न्यसनिकरण लगाएत थुप्रै कामहरुको अनुभव छ ।

समाजसेवा, पत्रपत्रिका पढ्न रुची राख्ने लामा महिला तथा बालबालिकाको हकहित र समाजसेवामै आफ्नो जीवन बिताउने गरेको बताउँछिन् । पछिल्लो समय उनको व्यस्तता र समय व्यवस्थापन बारे अरुले पनि प्रशंसा गर्ने गरेका छन् । महिलाहरु पछि परेको या पारिएको बारे चर्चा भइरहँदा मायालुको सफलता पक्कै पनि अरु महिलाका लागि पनि अनुकरणीय उदाहरण बन्न सक्छ ।

यो पनि पढ्नुहोस्

केयूले उपकुलपतिको नाम मेरिटको आधारमा सिफारिस गर्न आग्रह

काठमाडौं विश्वविद्यालयका उपकुलपति छनोट प्रक्रिया स्थगित माग

८ घण्टा अगाडि
गुणस्तरीय मनोवैज्ञानिक परामर्श सेवा उपलब्ध गराउन सम्झौता

गुणस्तरीय मनोवैज्ञानिक परामर्श सेवा उपलब्ध गराउन सम्झौता

३ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

“सामाखुसी-टोखा-झोर” बाटो बारेमा ध्यानाकर्षण

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

बैतडीका ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

खसी तस्करीमा आएन कमी

लुम्बिनीको पवित्र उद्यान क्षेत्रमा विश्व शान्ति प्रार्थना

चिकित्सकले कुटाइ खाइरहने र बिरामीले सास्ती पाइरहने कहिलेसम्म ?

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक