एनसेल आजियाटा लिमिटेड नेपालको पहिलो निजी मोबाइल सेवा प्रदायक कम्पनी हो । सन् २००४ मा स्थापना भई सन् २००५ देखि यस कम्पनीले उच्च गुणस्तरीय आधुनिक सेवा प्रदान गर्दै प्रत्येक नेपालीलाई आफ्नो नेटवर्कमार्फत जोड्न, आफ्ना ग्राहक र साझेदारहरूलाई लाभ प्रदान गर्न अनवरत रूपमा काम गर्दै आएको छ ।
बद्लिढो समयसँगै नयाँ नयाँ सेवा सुविधा बिस्तार गर्दै आएको एनसेलले दसैँको सँघारमा नयाँ अफर ल्याएको छ । एनसेल आजियाटा लिमिटेडले सुलभ दरमा मोबाइल डेटामा पहुँच सुनिश्चित गर्दै आकर्षक डेटा प्याक ‘अलवेज अन डटा’ ल्याएको छ । यो प्याक सञ्चालनमा आएसँगै अब एनसेलका ग्राहकले करसहित मात्र रु १०० मा आफू जहाँ भए पनि लामो समय सीमासहित मोबाइल डेटाको फाइदा लिन सक्छन् ।
यो डेटा प्याकमा ग्राहकले १ जीवी डेटा पाउँछन् र यसको प्रमुख विशेषता भनेको यो डेटा भोल्युम २८ दिनसम्म मान्य रहन्छ । ग्राहकहरूले एष्ट्रिक्स १७१२३ ह्यास डायल गरि प्राप्त जानकारी अनुसार यो प्याक सुचारु गर्न सक्छन् । यसै गरी एनसेलले आफ्नो विद्यमान सोसल मिडिया डेटा प्याकमा इन्स्टाग्राम थपेको छ । ग्राहकले अब कर सहित मात्र रु १९१ मा ७ दिनका लागि नन स्टप युट्युब, फेसबुक, टिकटक र इन्स्टाग्रामको पनि पहुँचको फाइदा लिन सक्छन् । ग्राहकले एष्ट्रिक्स१७१२३एष्ट्रिक्स५एष्ट्रिक्स६ह्यास डायल गरेर यो प्याक लिन सक्छन् ।
त्यस्तै, कर सहित रु ४५९ मा ग्राहकले फेसबुक, युट्युब, टिकटकका साथै इन्स्टाग्राम प्रयोग गर्न दैनिक २८ दिन सम्म १.५ जीवी डेटा लिन सक्छन् । यस बाहेक यो प्याकमा ग्राहकले ८ जीवी अल टाइम प्याक पनि पाउँछन् । २८ दिनको समयसीमा रहेको यो प्याक एष्ट्रिक्स १७१२३ एष्ट्रिक्स ५ एष्ट्रिक्स ७ ह्यास डायल गरेर लिन सकिन्छ ।
अलवेज अन डेटाले ग्राहकहरूलाई सुलभ मूल्यमा सधैँ सम्पर्कमा रहन मद्दत गर्ने विश्वास एनसेलले लिएको छ । यसै गरी सोसल मिडिया डेटा प्याकमा इन्स्टाग्राम पनि थपिएकोले यो सुविधाले ग्राहकलाई सामाजिक सञ्जालमार्फत अनलाइन रही सधैैं सम्पर्कमा बसी रहन ठुलो भूमिका खेल्ने एनसेलले बताएको छ ।
सरकारले अंगिकार गरेको डिजिटल नेपालको अवधारणासँगै देशको अर्थतन्त्र र पूर्वाधार विकासमा योगदान पु¥याउँदै एनसेलले आधुनिक मोबाइल नेटवर्क स्थापना गरी देशभरका नागरिकलाई सञ्चार सेवा प्रदान गरिरहेको छ ।