बुध, असार ३२, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार अपराध

आलुको बोरा लुटिएपछि खुल्यो ११ किलो सुन तस्करी

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 mins read
0
प्रतितोला १ लाख पाँच सय पुग्याे सुनको मूल्य, घटबढ हुनुको कारण
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं / त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भएको तस्करीको सुन बरामद हुन थालेपछि गिरोहले स्थलमार्ग प्रयोग गर्न थालेको पाइएको छ ।

गिरोहले खासै प्रयोगमा नआएको दोलखास्थित चीनसँगको फलेक नाकाबाट सुन ल्याउने गरेको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र जिल्ला प्रहरी कार्यालय, दोलखाले गरेको अनुसन्धानबाट देखिएको छ ।

जिल्ला प्रहरी कार्यालय, दोलखाका डीएसपी दीपक खड्काका अनुसार, पाँच दिनको अवधिमा बिगु गाउँपालिका–१ लामाबगर क्षेत्रबाट ११ किलो सुन बरामद भएको छ ।

इलाका प्रहरी कार्यालय, सिंगटीबाट प्रहरी निरीक्षक विक्रम लामाको नेतृत्वमा खटिएको टोलीले गएको बुधबार ४ किलो सुनसहित लामाबगरका केशर तामाङलाई पक्राउ गरेको थियो ।

उनको बयानका आधारमा यसमा पेम्बा तामाङ र नुर्वुछिरिङ शेर्पा पक्राउ परेका थिए । शेर्पा नेपालमा तस्करीको सुन व्यवस्थापन गर्ने मुख्य व्यक्ति भएको अनुुसन्धानमा संलग्न अधिकृतहरु बताउँछन् ।

भरिया तामाङ सत्तारुढ नेपाली कांग्रेसको युवा संगठन तरुण दलसँग आबद्ध व्यक्तिसमेत हुन् । उनकै बयानका आधारमा प्रहरीले बिहीबार जामुनेस्थित सीता तामाङको घरबाट थप ३ किलो सुन बरामद गरेको थियो । अनुसन्धानका क्रममा प्रहरीले थप ४ किलो सुन यही गिरोहसँग रहेको थाहा पाएको थियो ।

त्यसक्रममा लामाबगरमा ढुंगामुनि लुकाएर राखेको अवस्थामा फेला परेको सुनसमेत गरेर कुल ११ किलो सुन प्रहरीले बरामद गरेको हो ।

चीनको हङकङबाट ब्रेक शुभित्र लुकाएर ल्याइएको ६० किलो सुन प्रकरणमा अनुसन्धान सकेर फाइल बुझाएलगत्तै उत्तरी नाकाबाट फेरि सुन बरामद भएपछि यसमा सीआईबीले पनि चासो देखाएको थियो ।

‘तीन किलो सुन बरामद भएलगत्तै सीआईबीको टोली पनि यसको अनुसन्धानमा खटिएको छ’, सीआईबीकी निर्देशक किरण बज्राचार्य भन्छिन्, ‘प्राविधिक पक्षको विश्लेषण र बजारसम्म सुन पठाउनेसम्मका विषयमा टोलीले अनुसन्धान गरिरहेको छ ।’

बज्राचार्यका अनुसार, हवाइमार्गबाट आएको सुन र दोलखामा बरामद ११ किलो सुन दुवै एउटै कम्पनीको उत्पादन भएको देखिएको छ । त्यहीकारण प्रहरीले यो प्रकरण ६० किलो सुनसँग पनि जोडिन्छ कि भन्ने आधारमा हेरेको उनी बताउँछिन् ।

‘तर हालसम्म ठ्याक्कै जोडिने अरु कडी भेटिएको छैन, लगानीकर्ता पनि तिब्बती मूलका चिनियाँ नागरिक भएको देखिन्छ’, एआईजी बज्राचार्य भन्छिन्, ‘व्यवस्थापनमा नेपाली नागरिकहरु संलग्न देखिन्छन् ।’

जब बोरामा ल्याएको सुन हरायो…

अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार, यो गिरोहले दोलखाको सीमा क्षेत्रदेखि केही परको चीनको भूभाग फलेकबाट यसअघि पनि ‘केही पटक’ सुन ल्याएको हुनसक्छ ।

प्रहरीका अनुसार, रोङजिया नाकाबाट चीनको फलेकसम्म पुग्न सकिन्छ । त्यहाँबाट एकदिनको पैदलयात्रामा दोलखाको लामाबगरसम्म आइपुगिन्छ ।

‘औपचारिक नाका होइन चोरबाटाहरु छन्, नदीबाट सुनसमेत भएको आलुको बोरा फ्याँकेर वारि ल्याउने गरेको बयानबाट खुलेको छ’, अनुसन्धानमा संलग्न एक अधिकृतले भने, ‘त्यसरी सुनसहितको बोरा भरियालाई बोकाएर लामाबगरसम्म ल्याउने गरेको पाइएको छ ।’

प्रहरीका अनुसार, लामाबगरबाट चरिकोटतर्फ बस समेत चल्छन् । ‘सुन चाहिँ बोलेरोमा हालेर ल्याउने गरेको पाइएको छ, ११ किलो सुन पनि बोलेरोमा हालेर ल्याएको पाइएको छ’, एक अधिकृतले भने । स्रोतका अनुसार, पक्राउ परेकामध्ये पेम्बा तामाङले एक साताअघि उक्त जिपलाई आफ्नो सामान चरिकोटसम्म लगिदिन भनेका थिए ।

तर अधिकृतहरुका अनुसार, बोरामा सुन समेत छ भन्ने चालकलाई थाहा थिएन । ‘तर त्यसरी बोरामा सुन छ भन्ने थाहा पाएका तस्कर समूहकै केहीले बोलेरो पछ्याइरहेका रहेछन्’, अनुसन्धानमा संलग्न अधिकृत भन्छन्, ‘सिंगटी आसपास पुगेपछि ड्राइभरले चिया खान एकठाउँमा गाडी राकेका रहेछन्, त्यतिबेला आलुको बोरा गायब भएको रहेछ ।’

बोरा हरायो भनेर चालकले खबर गरेपछि बल्ल उनलाई त्यसमा सुन रहेको भनिएको थियो । त्यसक्रममा डराएर बोलेरो चालकले इलाका प्रहरी कार्यालय, सिंगटीमा खबर गरेका थिए ।

यसपछि भएको अनुसन्धानका क्रममा ११ किलो सुन बरामद भएको प्रहरी स्रोतले जनाएको छ ।
‘चालक प्रहरी कहाँ नआएको भए थप अरु अपराध हुनसक्ने सम्भावना रहन्थ्यो’, एक अनुसन्धान अधिकृत भन्छन्, ‘प्रहरीले पनि समयमै रियाक्ट गरेका कारण थप अप्रिय घटना हुन पाएन ।’

२०७४ सालमा यसरी नै तस्करीको साढे ३३ किलो सुन बानेश्वर हाइटबाट हराउँदा भरिया सनम शाक्य मारिएका थिए । तस्करी गिरोहका नाइके चुडामणि उप्रेती ‘गोरे’ले सुन हराएपछि भरियाहरुलाई चरम यातना दिएका थिए ।

यो पनि पढ्नुहोस्

मेयर रामपुकार साह एकलाख घुस रकमसहित पक्राउ

मेयर रामपुकार साह एकलाख घुस रकमसहित पक्राउ

५ घण्टा अगाडि
नक्कली नोट र लागुऔषधसहित पक्राउ

नक्कली नोट र लागुऔषधसहित पक्राउ

७ घण्टा अगाडि

त्यसक्रममा शाक्यलाई करेन्ट लागेर यातना दिँदा उनको मृत्यु भएको थियो । त्यसपछि प्रहरीले थालेको अनुसन्धानका क्रममा सुन तस्करीको एउटा ठूलो र्‍याकेटको पर्दाफास भएको थियो, जसले चार वर्षमा ३८ क्वीन्टल सुन तस्करी गरेको खुलेको थियो ।

काठमाडौं ल्याइन्थ्यो सुन

अनुसन्धानमा संलग्न अधिकृतहरुका अनुसार, दोलखाबाट भित्र्याएको सुन काठमाडौंको बौद्ध, स्वयम्भु लगायतको क्षेत्रमा ल्याउने गरेको पाइएको छ । त्यहाँ लगेर चिनियाँ नागरिकले दिएको निर्देशन अनुसार नै विभिन्न व्यक्तिलाई डेलिभरी गर्ने गरेको पाइएको छ ।

‘६० किलो सुन तस्करी प्रकरणमा जस्तै चिनियाँ नागरिकले दिएको नेपाली रुपैयाँको नोटको नम्बरका आधारमा सुनको डेलिभरी हुने गरेको पाइएको छ’, अनुसन्धानमा संलग्न एक अधिकृत भन्छन्, ‘त्यस आधारमा यसमा पनि संगठित गिरोह संलग्न हुनसक्ने देखिएको छ ।’

संगठित अपराध निवारण ऐन, २०७० अनुसार पनि अनुसन्धान गर्ने देखिएपछि जिल्ला प्रहरी कार्यालय, रसुवाले यसमा सीआईबीबाट थप विज्ञ जनशक्तिको माग गरेको छ । यसमा डकुमेन्टेसन र थप अनुसन्धानका लागि काठमाडौंबाट टोली पठाउने तयारी रहेको अधिकृतहरु बताउँछन् ।

काठमाडौंबाट यसको सुपरिवेक्षणका लागि एसपी होविन्द्र बोगटी खटिएका छन् भने थप अनुसन्धानको टोलीलाई मंगलबार त्यसतर्फ पठाउने सीआईबी तयारी छ । ६० किलो सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा ब्यूरोका एसएसपी राजेन्द्र आचार्य हङकङ गएका थिए ।

त्यसक्रममा संकलित विवरण अनुसार, सीआईबीले प्रतिकिलो सुन तस्करीमा झण्डै १५ लाख रुपैयाँ तस्कर समूहलाई फाइदा हुने विवरण निकालेको थियो ।

‘तर सुनमा सिधासिधा हिसाब मात्र हेरेर हुँदैन, यो अन्य विभिन्न कुराको मोड अफ पेमेन्टका रुपमा पनि प्रयोग हुनसक्छ भनेर गम्भीर अनुसन्धान गरिरहेका छौं’, एसएसपी आचार्य भन्छन्, ‘विगतमा ६० किलो सुन होस् वा अरु सुनहरु अधिकांश भारततर्फ नै जाने गरेको देखिन्छ ।’

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

कीर्तिपुर उद्योग वाणिज्य संघको आयोजनामा डिजिटल सशक्तिकरण साक्षरता सम्पन्न

हे ईश्वर! तिमीलाई कसले र किन जन्मायो?

घट्याे सुनचाँदीकाे भाउ

आज दिउँसो देशभर साधारणतया बदली रहने

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

राम्रा कामलाई देख्न नसक्नेहरुले सरकारमाथि भ्रम छर्न खोज्याे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक