बिहि, असार २६, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

यस वर्षको मदन पुरस्कार ‘ऐँठन’ ले पाउने

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
यस वर्षको  मदन पुरस्कार ‘ऐँठन’ ले पाउने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । मदन पुरस्कार गुठीले हरेक वर्ष प्रदान गर्ने मदन पुरस्कार अन्तर्गत यस वर्षको पुरस्कार विवेक ओझाको ‘ऐँठन’ कृतिले पाउने भएको छ । मदन पुरस्कार गुठीको आइतबार बसेको साधारण सभाले सो निर्णय गरेको अध्यक्ष कुन्द दीक्षितले जानकारी दिनुभयो । त्यस्तै, यस वर्षको टेकवीर मुखियालाई २०७८ सालको जगदम्बाश्री पुरस्कार प्रदान गर्ने निर्णय पनि गुठीले गरेको छ ।

२०७९ मा प्रकाशित पुस्तकहरूमध्येबाट ओझाद्वारा लिखित उपन्यास ऐँठन पुस्तकले विगतमा नेपाल राष्ट्र एवम् नेपाली समाजले बेहोरेको द्वन्द्वको दुःस्वप्न लेखनको प्रविधि पनि मिसाई उत्कृष्ट औपन्यासिक कलाको उपयोग गरेको भन्दै सो कृतिलाई पुरस्कृत गर्ने निर्णय भएको गुठीले जनाएको छ ।

यस प्रयोजनका लागि गुठीमा ३१३ पुस्तकमध्येबाट पाँच पुस्तक श्रेष्ठ सूचीमा परेका थिए । त्यसमा परेका पुस्तकमा इजोरिया (सुविन भट्टराई), ऐँठन (विवेक ओझा), चक्रव्यूहमा नेपालको जलस्रोत (द्वारिकानाथ ढुङ्गेल), थाङ्ग्रा (प्रगति राई) र माटाको घर (सञ्जय विष्ट) रहेका थिए ।

वि.सं. २०१२ सालमा स्थापित मदन पुरस्कार पहिलो पल्ट वि.स. २०१३ मा गद्य विधामा श्री सत्यमोहन जोशीको हाम्रो लोकसंस्कृति, सामाजिक शास्त्रमा श्री चित्तरञ्‍जन नेपालीको जनरल भीमसेन थापा र तत्कालीन नेपाल तथा विज्ञान विधामा श्री बलराम जोशीको अधिकविभव स्थिर विद्युत उत्पादक  पुस्तकलाई मदन पुरस्कार अर्पण गरिएको थियो।

२०४५ सालमा रानी जगदम्बाको निधनपछि उहाँको सम्झनास्वरूप जगदम्बाश्री पुरस्कारको स्थापना गरिएको हो। यो सम्मान पहिलो पटक श्री नारायणगोपाललाई अर्पण गरिएको गुठीले जनाएको छ । अध्यक्ष दीक्षितका अनुसार नेपाल तथा नेपालबाहिरबाट नेपाली भाषामा प्रकाशित पुस्तकमध्येबाट एक पुस्तकलाई मदन पुरस्कार तथा विभिन्न माध्यमबाट नेपाली भाषा, वाङ्मय र संस्कृतिको श्रीवृद्धिमा योगदान गर्ने व्यक्ति र संस्थालाई जगदम्बाश्री अर्पण गरिन्छ ।

यो पनि पढ्नुहोस्

कमल रिजालको पाँचौं उपन्यास ‘शकुन्तला’ प्रकाशित

कमल रिजालको पाँचौं उपन्यास ‘शकुन्तला’ प्रकाशित

२ दिन अगाडि
‘सुनेको शासन: भोगेको प्रशासन’लोकार्पण

‘सुनेको शासन: भोगेको प्रशासन’लोकार्पण

३ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

नृसिंह जात्राको निमन्त्रणा दिने कार्य हुँदै

नेपाली महिला फुटबल भएकाे विवाद बारे पर्दा फास

जापानले दियाे नेपाललाई जेडिएस ५३७ मिलियन बराबरको अनुदान

त्रिविको रिक्त उपकुलपतिमा प्राडा दीपक अर्याल नियुक्त

अफगान नागरिक इरानबाट स्वदेश फर्किए

अमेरिका पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई पक्राउ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक