आइत, असार २९, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

गगन थापाको प्रस्ताव : कांग्रेसका मन्त्री फिर्ता बोलाऊँ, सरकार समाजवादी मोर्चाले चलाउँछ

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
खाँणलाई निलम्बन गर्न माग राख्दै गगन थापाको ‘नोट अफ डिसेन्ट’
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं /  नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसका सबै मन्त्रीहरु फिर्ता बोलाउन प्रस्ताव गरेका छन्। कांग्रेस रुपान्तरण अभियानले आइतबार काठमाडौंमा गरेको कार्यक्रममा थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’नेतृत्वमा रहेका कांग्रेसका सबै मन्त्रीहरु फिर्ता बोलाएर समाजवादी मोर्चालाई सरकार चलाउन दिन प्रस्ताव गरेका हुन्।

उनले गठबन्धनभित्र नयाँ बहस चलाउनुपर्ने धारणा राखे। थापाले गठबन्धनमा सहमति भए अनुरुप प्रचण्ड पछि बन्ने माधवकुमार नेपाल नेतृत्वको सरकारलाई समर्थन गर्ने तर कांग्रेस उक्त सरकारमा नजाने प्रस्ताव गरेका छन्। थापाले नेपालपछि कांग्रेसले नेतृत्व गर्ने अढाई वर्षको समयमा कांग्रेस एक्लैले सरकार चलाउन पाउनुपर्ने सर्त राखे।

‘यो दुई अढाई वर्ष उहाँहरुले सरकार चलाउने भन्ने सहमति भएको छ। पहिला प्रचण्ड जी, त्यसपछि माधव नेपाल प्रधानमन्त्री बन्ने भन्ने छ। उहाँहरु एउटै मोर्चा पार्टी पनि एउटै बनाउने भन्नुभएको छ। पार्टी एउटै बनाउने भन्ने छ। मलाई लाग्छ कांग्रेसको सबै मन्त्रीहरु फिर्ता बोलाऔं। दुई अढाई वर्ष उहाँहरुलाई एक्लै चलाउन दिऔं। हामी बाहिर बसेर समर्थन गरौं।’ थापाले भने,‘प्रधानमन्त्री को कति समय बन्ने प्रधानमन्त्री प्रचण्डजी र माधवजीहरु आफैँ तय गर्नुहुन्छ।’

थापाले राष्ट्रपतिले आममाफी कानुनको दुरुपयोग भइरहेको भन्दै आपत्ति जनाए। उनले सबै पार्टीको सरकार हुँदा जस–अपजसको भागीदार कोही नहुने अवस्था आएको दाबी गरे।‘साढे दुई वर्ष कांग्रेस एक्लैले सरकार चलाउँछ। त्यसपछि मात्र जसअपजसको कुरा आउँछ। नयाँ संस्कार बसाऔं। बाहिरबाट असहमति जनाउने ठाउँमा अहसमति र सहमतिको ठाउँमा सहमति जनाउँ तर सरकार एक्ला–एक्लै चलाउँ।’

थापाले अहिलेको तरिकाले कसैले पनि सरकारले गरेका गलत कदम र निर्णयको जिम्मा सरकारमा सहभागी अर्को दलले बोकेर हिड्न नसक्ने बताए। प्रदेशमा पनि यहि ढंगले सरकार चलाउँदा राम्रो हुने थापाको तर्क थियो। समाजवादी मोर्चामा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपा समावेश छन्।

८४ सालको चुनावमा गठबन्धन नहुने बताउँदै थापाले कसैले गठबन्धन गर्छु भन्यो भनेर बहस गर्नु नपर्ने धारणा राखे।

यो पनि पढ्नुहोस्

जबजको गहन अध्ययन हुनु जरुरी

जबजको गहन अध्ययन हुनु जरुरी

२ घण्टा अगाडि
अनुशासन समितिको अध्यक्षबाट नवराज सुवेदीलाई हटाएपछि राप्रपामा असन्तुष्टि

अनुशासन समितिको अध्यक्षबाट नवराज सुवेदीलाई हटाएपछि राप्रपामा असन्तुष्टि

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

हे ईश्वर! तिमीलाई कसले र किन जन्मायो?

बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

कांग्रेसद्वारा केन्द्रीय समितिको बैठक बोलाउन माग

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा क्रिकेट रङ्गशाला बनाउन सुरू

ज्यान मुद्दामा सफाइ दिनेलाई कालोमोसो छ्याप्ने सम्मानित

महिला सशक्तिकरणमा इनर ह्विलको प्रयास

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक