काठमाडौँ / प्रहरी हिरासतमै अस्वस्थ भएपछि अभिनेता अनमोल केसीलाई शुक्रबार राति नर्भिक अस्पताल भर्ना गरिएको छ।
आपराधिक विश्वासघातको आरोपमा शुक्रबार दिउँसो साँगाबाट समातिएका केसीलाई सिंहदरबार प्रहरीको हिरासतमा राखिएको थियो
उनको स्वास्थ्यमा अचानक समस्या आएपछि उनलाई राति नै अस्पताल लगिएको प्रहरी स्रोतले जानकारी दियो।
निर्मात्रा सुप्रिया कटुवालले १० लाख रुपैयाँ एड्भान्स लिएर केसीले आफ्नो फिल्म ‘रावायण’मा नखेलेको आरोप लगाएपछि प्रहरीले उनलाई आपराधिक विश्वासघातको अभियोगमा शुक्रबार पक्राउ गरेको हो।