बुध, असार १०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

घान्द्रुकमा होटल व्यवसायको जग बसाउने ‘शङ्करमान’

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
घान्द्रुकमा होटल व्यवसायको जग बसाउने ‘शङ्करमान’
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

कास्की । विसं २०२० को दशकमा पोखरा–बागलुङ राजमार्ग खुलेकै थिएन । पर्यटक अन्नपूर्ण बेसक्याम्प पुग्न पोखराबाटै हिँड्थे । उनीहरूको एक रातको बसाइ कास्कीको अन्नपूर्ण गाउँपालिका–१० र ११ को पर्यटकीय गाउँ घान्द्रुकमा हुन्थ्यो । ढुङ्गेनी गाउँले परिचित गाउँमा पर्यटकको नजर जान्थ्यो र उनीहरूलाई एक रात त्यहीँ बस्न मन चाहन्थे । तर, घान्द्रुकमा त्यो समय होटल, रेष्टुरेण्ट थिएन ।

गाउँमा अङ्ग्रेजी भाषा जानेको मानिस भेटिन गाह्रो थियो । सोही समय पर्यटकको सारथि बने, घान्द्रुकका शङ्करमान गुरुङ । विसं २०२६ मा उनले घान्द्रुककै मेश्रम वराह विद्यालयमा भर्खर–भर्खर पढाउन थालेका थिए । अङ्ग्रेजी विषय पढाउने उनलाई भाषा नआउने कुरै भएन ।

विद्यालय बिदापछि घर पुग्दासम्म पर्यटकलाई बाटो देखाइदिने र बास बस्ने ठाउँ देखाउने काम उनले नै गरे। त्यसबेला घान्द्रुकमा ‘फिस्टेल’ नामको होटलमात्र थियो । फिस्टेललाई पाहुना राख्न भ्याइनभ्याइ हुन्थ्यो । केहीलाई बास पाउनै मुस्किल । अन्ततः शङ्करमान आफैँले घरमा पाहुना राख्ने निधो गरे ।

समयक्रमैसँगै जन्मिएको थियो, उनको होटल मिलन । “चार बजे छुट्टी भएर घर फर्किँदा विदेशी पर्यटन बाटोमा भेटिन्थ्यो”, शङ्करमान २०२६ सालतिको कुरा सम्झिए, “उनीहरूले यहाँ लजिङ फुडिङबारे सोध्थे । त्यो बेला यहाँ फिस्टेलबाहेक अरु होटल थिएनन् । त्यहाँ प्याक भएपछि मेरै घरमा लगेर पाहुना सुताउँथे ।”

घरमै सेवा दिँदा सुरुमा त आफूले सित्तैमा राखेको उनी सम्झन्छन् । “हामीले त पाहुनालाई जसरी पनि सम्मान गर्ने हो भन्ने हुन्थ्यो । त्यो बेला पैसा लिने चलन थिएन”, उनले भने, “बिहान टे«किङ जाने बेला कति हो, के हो भनेर सोध्थे । हामीलाई त कहिल्यै व्यवसाय गरे पो थाहा हुनु, ‘पर्दैन’ भन्थेँ । उहाँहरू आफैँले अलि–अलि पैसा छाडेर जान्थे । अनि मलाई पनि व्यवसाय गर्न मन लाग्यो ।”

होटल गर्दा गाउँलेले नराम्रो नजरले हेरेको तीतो यथार्थ पनि उनले सम्झिए । “कूल घरानाका मान्छेले बाटोमा बसेर अर्काको जुठो भाँडा माझ्ने भन्थे”, शङ्करमानले भने, “मैले वास्ता गरिनँ । होटल सञ्चालन थाले । अहिलेचाहिँ सबैले मेरो कपी गरेका छन् ।”

त्यो समय एक सुका कप चिया । साढे ३ रुपैयाँमा खाना । बास सित्तैमा थियो । घान्द्रुकका होटल व्यवसायी शङ्करमान गुरुङले पनि यो ‘रेट’ लिने गर्थे । सुका र मोहोरको त्यो जमाना अहिले फेरिएको छ । तर शङ्करमान र होटल मिलनको सम्बन्ध ५३ वर्षदेखि अनवरत चलिरहेकै छ ।

सन् १९५० जुन ३ अर्थात् २००७ जेठ २१ मा फ्रान्सेली नागरिक मौरिस हर्जोगले अन्नपूर्ण प्रथम आरोहण गरेपछि त अन्नपूर्ण पदमार्गले चर्चा पायो । पर्यटकीय गाउँ घान्द्रुक पुनः आकर्षणको केन्द्र बन्न थाल्यो । “गोराहरूको टार्गेट भनेकै अन्नपूर्ण बेस क्याम्प थियो । तर एक रात घान्द्रुक बसेर उकालो चढ्थे”, शङ्करमानले भने, “त्यो बेला पोखरा–बागलुङ सडक खुलेकै थिएन । पोखराबाट नै टुरिस्ट आउँथे । उनीहरूलाई होटल मिलनबाट सेवा दिन पाउँदा निकै खुसी लाग्थ्यो ।”

घान्द्रुकको पहिलो होटल फिस्टेल बीचैमा बन्द भयो । तर शङ्करमानले होटल मिलनबाट पाहुनाको सेवा गरिरहे । उनले पाहुनालाई साथीको व्यवहार गरे । सोही कारण पनि उनको पर्यटकसँग पुरानो सम्बन्ध छ । एकपटक आएका पाहुना फर्की–फर्की आउने गरेको शङ्करमान बताउँछन् । उनले भने, “होटलका कारण विदेशी पर्यटक साथी बने । मेरा सबैभन्दा मिल्ने साथी अमेरिकाका स्कट ब्राउन हुन् । सिङ्गापुर, जापान सबैतिरका साथीहरू भेट्न हरेक वर्षजसो आउँछन् ।”

अठहत्तर वर्षीय शङ्करमान उमेर ढल्किँदै गएपछि विस्तारै व्यवसायबाट टाढा हुने सोचमा छन् । “काम गर्ने भनेर मात्र नहुने रहेछ । अब नसक्ने अवस्थामा पुगेको छु”, उनले भने, “अब छोराबुहारीलाई गर भनेर छाड्ने सोचमा छु ।” सुरुमा हेयको भावले हेर्ने घान्द्रुकका स्थानीय अधिकांशले होटल स्थापना गरी पाहुनाको सेवा गरेको देख्दा उनलाई अहिले खुसी लाग्छ ।

“सुरुमा मैले नै सबैलाई यसो गर्नुपर्छ भनेर सिकाएको हुँ । अहिले सबैलाई राम्रो भएको छ”, शङ्करमानले भने, “मैले एक सुका कप चियाबाट सुरु गरेको व्यवसाय १४ कोठाबाट ३५ जनालाई सेवा दिन्छु । अहिले कोठाको रु एक हजार दुई सय, खानाको दालभातको पाँच सय ५० चियाको रु ७० भएको छ ।” घान्द्रुकमा होटलका पायोनियर शङ्करमान गुरुङलाई घान्द्रुक पर्यटन व्यावसायी समिति आफ्नो पहिलो साधारणसभामा सम्मानसमेत गरेको छ ।

शङ्करमानको सिको गर्दै विस्तारै घान्द्रुकमा होटल रेस्टुरेन्ट खुल्दै गएको घान्द्रुक पर्यटन व्यवसायी समिति अध्यक्ष विक्रम गुरुङले बताए । विक्रमका अनुसार घान्द्रुकका करिब तीन सय घरधुरीमध्ये एक सय पाँचमा विभिन्न व्यवसाय सञ्चालित छ । जसमा ५५ होटल, १८ होमस्टे (घरबास) र बाँकी रेस्टुरेन्ट, चिया कफी पसल छन् । घान्द्रुकमा होटल तथा होमस्टे गरी सात सय २० कोठामा एकै दिन दुई हजारसम्म पाहुना राख्न सकिने अध्यक्ष विक्रम गुरुङले बताए । रासस

यो पनि पढ्नुहोस्

पर्वतारोहण रकम विभाज्य कोषमा जम्मा गर्न आग्रह

पर्वतारोहण रकम विभाज्य कोषमा जम्मा गर्न आग्रह

१ महिना अगाडि
विश्वको चौथो अग्लो हिमाल ल्होत्से आरोहण गर्ने तयारीमा

विश्वको चौथो अग्लो हिमाल ल्होत्से आरोहण गर्ने तयारीमा

२ महिना अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

बुद्धका आँखाहरू: बौद्ध स्तूपको जीवन्तता

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नर्वे विश्वकपको नकाउट चरणमा प्रवेश

प्रथम उपमेयर कप खो खो प्रतियोगिता

चारवटा अध्यादेश अलपत्र

फ्रान्स विश्वकपको अन्तिम ३२ मा प्रवेश

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक