सोम, मंसिर ८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

सगरमाथा क्षेत्र छोड्ने पर्यटकको संख्या बढ्याे

धारणा न्यूज by धारणा न्यूज
१६ घण्टा अगाडि
0
हिमाल आरोहणका लागि परमिट जारी

Asia, Nepal, Himalayas, Sagarmatha National Park, Solu Khumbu Everest Region, climbers walking below Nuptse making their way to camp 2 on Mt Everest

2.2k
SHARES
27k
VIEWS
Share on Facebook

सोलुखुम्बु । यस वर्षको हिउँदको चिसो बढ्दै गएसँगै हवाई मार्गबाट सगरमाथा क्षेत्र छोड्ने पर्यटकको संख्या बढेको छ । जिल्ला प्रहरी कार्यालयले उपलब्ध गराएको साप्ताहिक तथ्यांकअनुसार पछिल्लो अवधिमा खुम्बु क्षेत्रमा प्रवेश गर्नेभन्दा बाहिरिने पर्यटकको संख्या दोब्बरभन्दा बढी देखिएको हो ।

प्रहरीको तथ्यांकअनुसार पछिल्लो सात दिनको अवधिमा हवाई मार्गमार्फत सगरमाथा क्षेत्र (खुम्बु)बाट एक हजार १८० पर्यटक बाहिरिएका छन् भने ५२९ पर्यटक प्रवेश गरेका छन् । प्रवेश गर्ने पर्यटकको तुलनामा बाहिरिनेको संख्या ६५१ ले बढी छ । बाहिरिने पर्यटकको संख्या प्रवेश गर्नेको तुलनामा दुई गुणाभन्दा बढी देखिएको तथ्यांकले शरद् पर्यटन ‘सिजन’ क्रमशः सकिँदै गएको संकेत गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक मौसम तामाङका अनुसार उपलब्ध साप्ताहिक विवरणमा बाहिरिने विदेशी पर्यटकको संख्या ८७७ र स्वदेशी पर्यटकको संख्या ३०३ रहेको छ । सोही अवधिमा खुम्बु क्षेत्रमा ३७४ विदेशी र १५५ जना स्वदेशी पर्यटक भित्रिएका छन् ।

विवरणअनुसार खुम्बु क्षेत्रबाट बाहिरिने विदेशी पर्यटकमध्ये ३२७ महिला र ५५० पुरुष छन् । स्वदेशी पर्यटकमध्ये ४६ महिला र २५७ पुरुष बाहिरिएका छन् । यसैगरी, खुम्बु क्षेत्रमा प्रवेश गर्ने विदेशी पर्यटकमध्ये १०२ महिला र २७२ पुरुष छन् भने स्वदेशी पर्यटकमध्ये ५४ महिला र १०१ पुरुष छन् । खुम्बुमा चिसो बढेसँगै पर्यटकहरू फर्किने क्रम बढेको स्थानीय दाली शेर्पाले बताए ।

उनले भने, ‘नाम्चे क्षेत्रमा नै रातको समयमा तापक्रम माइनसमा जान थालेको छ, रात र बिहानको समयमा तापक्रम माइनसमा गएपछि पानी जम्न सुरु भएको छ, त्यसैले चिसो बढेको महसुस भएको हो ।’

सगरमाथा क्षेत्रको मुख्य पर्यटकीय सिजनमध्ये शरद् ऋतुमा असोज र कात्तिक महिनामा पर्यटकको चाप बढी हुने गर्दछ । मनसुन सकिएपछि मौसम खुल्ने, हिमाल स्पष्ट देखिने तथा पदयात्राका लागि अनुकूल वातावरण बन्ने भएकाले यस क्षेत्रमा पर्यटकको आगमन बढ्ने गरेको पाइन्छ । तर, कात्तिकको उत्तरार्धसँगै तापक्रम घट्दै जाने, राति अत्यधिक चिसो हुने तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना बढ्ने भएकाले पर्यटक फर्कने क्रम तीव्र हुने गरेको छ ।

सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी)का अध्यक्ष तथा पर्यटन व्यवसायी लामाकाजी शेर्पाले उच्च हिमाली क्षेत्रमा चिसो बढेसँगै पर्यटकको बसाइ अवधि र गतिविधिमा प्रभाव पर्ने बताए । सिजनको अन्तिमतिर मौसमको अवस्था, तापक्रम, हिमपातको सम्भावना र पदयात्राको अवस्थालाई ध्यानमा राखेर पर्यटकले यात्रा व्यवस्थापन गर्ने भएकाले फर्कने क्रम बढ्ने उनको भनाइ छ ।

खुम्बु क्षेत्रको पर्यटन गतिविधि मौसमसँग प्रत्यक्ष जोडिएको उल्लेख गर्दै शेर्पाले पर्यटकको आवागमनमा मौसमी परिवर्तनको प्रभाव पर्ने बताए । शरद् सिजनमा पर्यटकको चाप बढी हुने भए पनि जाडो सुरु भएपछि उच्च हिमाली क्षेत्रको यात्रा कठिन हुँदै जाने र पर्यटकको संख्या घट्ने पर्यटन व्यवसायी स्पिडकाजी शेर्पाले बताए ।

लुक्लास्थित तारा एयरका स्टेसन इन्चार्ज अमृत मगरका अनुसार पर्यटकको आवागमनमा मौसमी अवस्था र पर्यटन सिजनको प्रभाव देखिने गरेको छ । पर्यटकको चाप बढी हुँदा हवाई आवागमन पनि बढ्ने तथा सिजन कमजोर हुँदै जाँदा पर्यटक बाहिरिने क्रम बढ्ने उनको भनाइ छ ।

‘मौसमको अवस्था हवाई उडानका लागि महत्वपूर्ण हुने भएकाले लुक्ला विमानस्थलबाट हुने उडान गतिविधि पनि मौसमअनुसार प्रभावित हुन्छ,’ इन्चार्ज मगरले भने ।

चिसो बढ्न थालेपछि पर्यटकको आवागमन र स्थानीय पर्यटन व्यवसाय गतिविधिमा परिवर्तन देखिन थालेको लुक्लाका स्थानीय तोयाकुमार श्रेष्ठले बताए । पर्यटकको चाप रहने मुख्य सिजन सकिन लाग्दा होटल, पसल, पदयात्रा सेवा तथा अन्य पर्यटन व्यवसायमा गतिविधि क्रमशः कम हुँदै जाने स्थानीयको अनुभव छ । उच्च क्षेत्रमा चिसो बढ्ने क्रमसँगै पर्यटकले यात्रा छोट्याउने वा तल्लो क्षेत्रतर्फ फर्कने प्रवृत्ति देखिने उनको भनाइ छ ।

प्रहरीको पछिल्लो साप्ताहिक विवरणमा उक्त अवधिमा ६९ वटा प्लेन फ्लाइट र २८ वटा हेलिकप्टर फ्लाइट भएको पनि उल्लेख गरिएको छ । खुम्बु क्षेत्रमा पर्यटकको आवागमनका लागि हवाई सेवा महत्वपूर्ण माध्यम रहेकाले मौसम, पर्यटकको चाप र सिजनको अवस्थाले उडान गतिविधिमा प्रभाव पार्ने गरेको छ ।

सगरमाथा क्षेत्र नेपालको प्रमुख हिमाली पर्यटन गन्तव्य हो । सगरमाथा राष्ट्रिय निकुञ्ज, सगरमाथा आधार शिविर, नाम्चे बजार, खुम्जुङ, गोक्यो, थामे, लुक्लालगायत क्षेत्र पदयात्रा, हिमाल अवलोकन तथा पर्वतारोहणका लागि अन्तर्राष्ट्रिय पर्यटकको आकर्षणका केन्द्र हुन् । वसन्त र शरद् गरी दुई मुख्य पर्यटन सिजनमा यहाँ पर्यटकको आवागमन बढी हुने पर्यटनविद् आङछिरिङ शेर्पा बताउँछन् ।

वसन्त सिजन फागुनदेखि जेठसम्म तथा शरद् सिजन भदौको अन्त्यदेखि मङ्सिरसम्म मुख्य पर्यटन अवधि मानिन्छ । शरद् सिजनमा असोज र कात्तिकमा पर्यटकको चाप बढी रहने भए पनि सिजन सकिँदै जाँदा उच्च हिमाली क्षेत्रको तापक्रम घट्ने र मौसममा परिवर्तन आउने क्रमले पर्यटन गतिविधि प्रभावित हुने खुम्बु पासाङ ल्हामु गाउँपालिका–४ का वडाध्यक्ष लक्ष्मण अधिकारी बताउँछन् ।

प्रहरीको पछिल्लो साप्ताहिक तथ्यांकमा खुम्बु क्षेत्रबाट बाहिरिने पर्यटकको संख्या प्रवेश गर्नेभन्दा उल्लेखनीय रूपमा बढी देखिनुले शरद् सिजनको अन्तिम चरणमा पर्यटक फर्कने क्रम तीव्र भएको संकेत गरेको छ ।

उच्च हिमाली क्षेत्रमा चिसो बढ्दै जाँदा आगामी दिनमा मौसम प्रतिकूल हुन सक्ने अवस्थाले पर्यटकको आवागमनमा मौसमी परिवर्तनको प्रभाव देखिन सक्ने पर्यटन व्यवसायी तेम्बाछिरि शेर्पाको अनुमान छ ।

यो पनि पढ्नुहोस्

मुस्ताङमा पर्यटकीय चहलपहल बढ्याे

मुस्ताङमा पर्यटकीय चहलपहल बढ्याे

४ हप्ता अगाडि
मुस्ताङमा तीन लाख ९६ हजार ९०१ पर्यटक भित्रिए

९१ हजार ३६३ विदेशी पर्यटक भित्रिए

५ महिना अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आइतबार सामुदायिक विद्यालय सञ्चालन गर्न निर्देशन

यूएईविरुद्ध १००औं एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्दै नेपाल

‘सुरताल म्युजिकल टुर–२०८३’ नेपालगन्जमा हुने

प्रधानमन्त्रीलाई भारतीय उद्योगमन्त्रीले विमानस्थलमा स्वागत

घोप्टेभिरमा सवारी रोकेर जोखिमपूर्ण भाग झार्न सुरु

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक