शनि, जेष्ठ २३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार अदालत

मुस्लिम सम्प्रदायको ‘तीन तलाक’ लाई कानुनी मान्यता नदिने

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
कानुनी जटिलताले प्रधानन्यायाधीश नियुक्ति अन्योल
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

यो पनि पढ्नुहोस्

मन्त्रालय र बिभागलाई जेष्ठ २८ मा अदालत उपस्थीत हुन आदेश

२० घण्टा अगाडि

अदालत आंशिक रूपमा खुला

१ हप्ता अगाडि

काठमाडौं । सर्वोच्च अदालतले मुस्लिम सम्प्रदायमा सरिया कानुन अन्तर्गत प्रचलनमा रहेको ‘तीन तलाक’ लाई कानुनी मान्यता दिन नसकिने फैसला गरेको छ । सविया हसनको जाहेरीले मनौवर हसन र मिना हसन प्रतिवादी रहेको बहुविवाह मुद्दामा सर्वोच्चले यस्तो फैसला गरेको हो ।

 

मनौवर सवियासँग तलाकमार्फत सम्बन्धविच्छेद गरेर मिनासँग विवाह गरेका थिए । त्यसपछि जिल्ला अदालत काठमाडौंमा परेको बहुविवाह मुद्दामा मनौवर र मिनाले २०६७ सालमा सफाई पाएका थिए ।

त्यसपछि उक्त मुद्दामा पुनरावेदन अदालत पाटनले जिल्ला अदालतको फैसलामा भएको त्रुटि सच्याउँदै मिनालाई उन्मुक्ति दिएर मनौवरलाई एक वर्ष कैद र पाँच हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो ।

सर्वोच्चका न्यायाधीशद्वय टंकप्रसाद मोक्तान र हरिप्रसाद फुँयालको संयुक्त इजलासले उक्त मुद्दामा बहुविवाह भएको देखिन आएको ठहर गरेको छ । प्रतिवादी मनौवरलाई एक वर्ष कैद र पाँच हजार रुपैयाँ जरिवाना हुनेगरी पुनरावेदन अदालत पाटनबाट भएको फैसला मिलेको सर्वोच्चको फैसलामा उल्लेख छ ।

सर्वोच्चले भारतको सर्वोच्च अदालतले समेत तीन तलाकलाई स्वैच्छाचारी भनी अवैधानिक घोषणा गरेको नजीरलाई उल्लेख गर्दै स्वैच्छाचारी प्रकृतिको सम्बन्धविच्छेद कसुरजन्य कार्य भएको उल्लेख गरेको छ ।

‘इस्लाम सम्प्रदायमा रहेको सम्बन्ध विच्छेदको सम्बन्धमा प्रचलित नेपाल कानुनले मान्यता प्रदान नगरी सबै समुदाय र सम्प्रदायलाई लागू हुने गरी एकीकृत कानुन प्रचलनमा रहेकाले तथा स्वैच्छाचारी प्रकृतिको सम्बन्धविच्छेद जस्तै तीन तलाकलाई अन्य देशहरुका कसुरजन्य कार्य बनाइँदै आएको अवस्थामा छरछिमेक वा समाजमा इस्लाम परम्परा र संस्कृति अनुसार गरेको तलाक वा सम्बन्धविच्छेदलाई कानुनले मान्यता नगरेको अवस्थामा दोस्रो विवाह गर्न छुट भएको भन्न मिल्ने देखिएन,’– सर्वोच्चको फैसलामा भनिएको छ ।

तलाकलाई मुस्लिम सम्प्रदायमा श्रीमानको विशेषाधिकारका रुपमा लिईन्छ ।

यस्तो छ, सर्वोच्चको फैसलाको पूर्णपाठः

पाठः

 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

उपत्यकाकाे झण्डै एक सय स्थानमा चार घण्टासम्म विद्युत् आपूर्ति अवरुद्ध हुने

Urban Dabali Highlights the Medieval Urbanism and Architectural Heritage of Mithila/Tirhut

तातो हावाको कारण कम्तिमा २० जिल्ला प्रभावित हुने पूर्वानुमान

ट्रेड यूनियन अधिकर कुण्ठित गर्ने कदम विरुद्ध जेनेभामा विषय उठाउँछौंः जेटियुसिसि अध्यक्ष श्रेष्ठ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक