मङ्ल, जेष्ठ ७, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

रियलमीकाे ११ फाइभजी र ११ एक्स फाइभजी सार्वजनिक

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
रियलमीकाे ११ फाइभजी र ११ एक्स फाइभजी सार्वजनिक
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । चिनियाँ स्मार्टफोन ब्रान्ड रियलमीका दुई नयाँ स्मार्टफोन नेपाली बजारमा सार्वजनिक भएका छन् । कम्पनीले शुक्रवार राजधानीमा एक आयोजना गरेको फ्यान फेस्टका क्रममा रियलमी ११ एक्स फाइभजी र रियलमी ११ फाइभजी गरी दुई ओटा स्मार्टफोन सार्वजनिक गरेको हो ।

दुवै मोडेलका फोनमा कनेक्टिभिटी, पर्फर्मेन्स र स्टाइललाई प्राथमिकता दिइएको कम्पनीले जनाएको छ । रियलमी ११ फाइभजीमा मिडियाटेकको उच्च स्तरीय ६ एनएम डाइमेन्सिटी ६१०० प्लस एसओसी पावरफुल चिप सेट राखिएको छ ।

डाइनामिक र्‍याम एक्स्पान्सन प्रविधि प्रयोग गरेर यसको मेमोरी १६ जीबीसम्म बढाउन मिल्छ । फाइभजी कनेक्टिभिटीसहित आउने यो सेटमा ३३ वाटको सुपरभोक चार्जिङ प्रविधि राखिएको छ । जसले २९ मिनेटमै ५० प्रतिशतसम्म ब्याट्री चार्ज गर्न सक्छ ।

क्यामेराको कुरा गर्नुपर्दा फोनमा यो सेगमेन्टकै सबैभन्दा धेरै ६४ एमपी एआई क्यामरा राखिएको रियलमीको दाबी छ । जसले क्लियर, शार्प, र डिटेल तस्बिर लिन सक्छ ।

दुई गुणा इन–सेन्सर जुम भएको हुँदा यो क्यामराको जुम गुणस्तर पनि राम्रो रहेको बताइएको छ । त्यस्तै यसको नाइट–स्केप मोडमा रियलमीको फ्ल्यागशिप लेबल प्रो– लाइट इमेजिङ सफ्टवेयर प्रयोग गरिएको छ । जसले गर्दा यो फोनबाट रातको समयमा पनि उत्कृष्ट तस्बिर खिच्न सकिन्छ ।

५००० एमएएचको ब्याट्री राखिएको रियलमी ११ एक्समा एक पटक फुलचार्ज गरेपछि दिनभर ढुक्कसँग भिडियो हेर्न वा गेम खेल्न सकिन्छ । एन्ड्रोइड १३ सपोर्ट गर्ने यो फोनमा रियलमीको ४।० यूआई रहेको छ ।

६।७२ इन्चको अल्ट्रा स्मुथ फुल एचडी प्लस आईपीएस स्क्रिन र १२० हर्जको रिफ्रेश रेट भएको यो फोनले उच्च स्तरीय डिस्प्ले अनुभव गराउँछ । यसको ब्राइटनेस ६८० निट्ससम्मको रहेको छ।

अन्य फिचरको कुरा गर्दा यो फोनमा साइड माउन्टेड फिंगर प्रिन्ट, एक्सिलेरोमिटर, प्रोक्सिमिटी, कम्पास जस्ता सुविधा पनि रहेका छन् ।

त्यस्तै रियलमी ११ फाइभजीमा मिडियाटेक डाइमेनसिटी ६ एनएम ६१०० प्लस चिपसेट राखिएको छ । यसमा भएको आठ जीबी र्‍यामलाई डाइनामिक र्‍याम एक्स्पान्सन प्रविधि प्रयोग गरी १६ जीबीसम्म बढाउन मिल्छ ।

५००० एमएएचको शक्तिशाली ब्याट्री रहेको यो सेटमा ६७ वाटको सुपरभोक चार्जिङ प्रविधि समावेश छ । जसले १७ मिनेटमै ५० प्रतिशतसम्म ब्याट्री चार्ज हुने दाबी गरिएको छ ।

१०८ मेगापिक्सेलको सामसँग आईसोसेल एचएम ६ प्राइमरी क्यामेरा र दुई एमपीको सेकेन्डरी क्यामेरा सहितको डुअल क्यामेरा सेटअपमा आउने रियलमी ११ फाइभजीमा सेल्फी र भिडियो कलको लागि १६ एमपीको फ्रन्ट क्यामरा राखिएको छ ।

६।७२ इन्चको फुल एचडी प्लस आईपिएस स्क्रिन र १२० हर्जको रिफ्रेश रेट भएको यो फोनले उच्चस्तरीय डिस्प्ले अनुभव दिन्छ । यो डिस्प्लेमा २४० हर्जको टच स्याम्प्लिङ रेट रहेको छ । यसको ब्राइटनेस ६८० निट्ससम्म छ ।

अन्य फिचरको कुरा गर्नु पर्दा यो फोनमा साइड माउन्टेड फिंगर प्रिन्ट, जाइरो सेन्सर, एक्सिलेरोमिटर, प्रोक्सिमिटी, कम्पास जस्ता सुविधा समावेश छन् । एन्ड्रोइड १३ सपोर्ट गर्ने यो सेटमा रियलमीको ४।० यूआई रहेको छ ।

८ जीबी र्‍याम तथा १२८ जीबी स्टोरेज क्षमता भएको रियलमी एक्स फाइभजीको मूल्य २९ हजार ९९९ र ८ जीबी र्‍याम तथा २५६ जीबी स्टोरेज क्षमताको रियलमी ११ फाइभजीको मूल्य ३९ हजार ९९९ रहेको छ ।

यो फोन ग्लोरी ब्ल्याक र ग्लोरी गोल्ड गरी दुई ओटा कलर भेरियन्टमा उपलब्ध भएको छ ।

यसैगरी रियलमी ११ एक्स फाइभजी भने मिड नाइट ब्ल्याक र पर्पल डाउनमा उपलब्ध छ । दुवै स्मार्टफोन देशभरका अनलाइन र आधिकारिक बिक्रेता मार्फत उपलब्ध हुने छन् ।

 

यो पनि पढ्नुहोस्

सेयर बजार परिसूचक नेप्से सामान्य घटेर बन्द

नेप्से करिब साढे ८ अंककले घट्याे

५ दिन अगाडि
सेयर बजार परिसूचक नेप्से सामान्य घटेर बन्द

नेप्से १४ अंकले घट्याे

६ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

मृतात्माले लखेटिरहेको कम्युनिष्ट !

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

नियन्त्रित लागूऔषध सहित दुई जना पक्राउ

गिनिज बुकधारी सजन डंगोलको सफल सगरमाथा आरोहण

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने

प्रधानमन्त्री ओलीमाथि भ्रष्टाचारीको नाइके भएको आरोप

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक