काठमाडौं । पूर्व विजेता नेपाल घरेलु मैदानमा जारी साफ यू-१९ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा पुगेको छ । समूहगत चरणको दोस्रो तथा अन्तिम खेलमा सोमबार मालदिभ्सलाई ४-१ गोलले पराजित गर्दै नेपालले अन्तिम चारको यात्रा तय गरेको हो ।
खेलमा २-० गोलले पछाडि परेको अवस्थामा ५८ औँ मिनेटमा मालदिभ्सले गोल गर्दै पुनरागमनको प्रयाश गरेको थियो । त्यसअघि नेपालले १८ औँ मिनेटमा प्रशान्त लक्समको गोलमा अग्रता लिएको थियो । समिर तामाङले ३० औँ मिनेटमा घरेलु टोलीको अग्रता दोब्बर बनाए ।
३५ औँ मिनेटमा नेपालका सुजन डंगोल र मालदिभ्सका कप्तान मोहम्मद इयान हसनले रातो कार्ड पाएका थिए । ८६ औँ मिनेटमा नेपालले तेस्रो गोल गरेको थियो। निराजन धामीले उक्त गोल गरेका थिए। इन्जुरी समयमा नेपालले अर्को गोल थपेको थियो । यसअघि पहिलो खेलमा पाकिस्तानसँग १–० गोलले पराजित भएपछि नेपाल दबाबमा आएको थियो ।
नेपालले फाइनल पुग्ने भारत वा भुटानमध्ये एकसँग खेल्ने छ । सोमबार साँझ भारत र भुटानबीच हुने खेलबाट नेपालको सेमिफाइनल प्रतिद्वन्द्वी तय हुनेछ ।