बुध, मंसिर २०, २०८०
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नेपालगञ्ज–गुलरिया हुलाकी सडक विस्तारले गति लिँदै

धारणा न्यूज by धारणा न्यूज
२ महिना अगाडि
0
नेपालगञ्ज–गुलरिया हुलाकी सडक विस्तारले गति लिँदै

बाँके । नेपालगञ्ज–गुलरिया हुलाकी सडक विस्तारले गति लिएपछि बाँके र बर्दिया जिल्लावासीमा उत्साह थपिएको छ । साँघुरो सडक, कालोपत्रे भत्किएर खाल्डैखाल्डा भएका कारण हिउँदमा धुलाम्मे र वर्षादमा हिलाम्मे हुनुपर्ने बाध्यता हटेकाले सर्वसाधारणमा उत्साह छाएको जानकी गाउँपालिकाका अगुवा पदमबहादुर धितालले बताए ।

“पहिला साँघुरो सडक हुँदा धेरै दुःख थियो, ठूला गाडीले सडक च्याँपेर आउँदा मोटरसाइकल चलाउनेलाई धेरै कठिन हुने गर्दथ्यो”, उनले भने, “अहिले चारलेन सडक भएपछि धेरै राम्रो भएको छ ।”

साँघुरो सडकलाई विस्तार गरेर चारलेन बनाउने कार्यले गति लिएपछि बाँकेको जानकी, खजुरा र बर्दियाको बढैयाताल गाउँपालिकामा बजार क्षेत्रको मुहारै परिवर्तन भएको छ । बर्सातको समयमा निर्माणको काम भइरहँदा आवतजावतमा केही समस्या भए पनि सडक निर्माणको काम द्रुत गतिमा भइरहेको खजुरा गाउँपालिकाका पूर्वअध्यक्ष किस्मतकुमार कक्षपतिले बताए ।

उनले नेपालगञ्ज–गुलरिया सडक बाँके र बर्दियावासीको लाइफलाइनका रुपमा रहेकाले यसको विस्तारले दुवै जिल्लाका नागरिकमा खुसीयाली छाएको उल्लेख गरे । नेपालगञ्ज–गुलरिया सडकअन्तर्गत बाँकेको खजुरा र जानकी गाउँपालिकामा बर्सातको समयमा पनि काम भइरहेको छ ।

हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगञ्जका सूचना अधिकारी इञ्जिनियर कृष्ण पाण्डेले नेपालगञ्ज–गुलरिया सडकखण्ड विस्तार योजनाको काम धमाधम भएको उल्लेख गरे।

उनका अनुसार ३२ दशमलव नौ किलोमिटर लम्बाइको रहेको नेपालगन्ज–गुलरिया सडकमध्ये २२ दशमलव सात किलोमिटर चार लेन र १० दशमलव दुई किलोमिटर दुई लेनको निर्माण गरिनेछ । यस सडकमध्ये एक दशमलव आठ किलोमिटर चार लेन सडक निर्माण भइरहेकाले ३१ दशमलव एक किलोमिटर सडक स्तरोन्नति हुनेछ । बस्ती भएको क्षेत्रमा चार लेन र बाँकी क्षेत्रमा दुई लेन सडकको रूपमा स्तरोन्नति हुनेछ ।

सडक स्तरोन्नतिका लागि रु दुई अर्ब ६९ करोडमा खर्च हुने जनाइएको छ । गत भदौ अन्त्यमा बोलपत्र तथा शिलान्यास भएको यो सडक ठेक्कासम्बन्धी कानुनी प्रक्रिया पूरा गरी निर्माणकार्य सुरु भएको हो । यो सडक निर्माणपछि बाँकेको खजुरा क्षेत्रसहित कैलाली र बर्दियाका बासिन्दालाई नेपालगञ्ज पुग्न सहज हुने भएकाले यसलाई गौरवको योजनाका रूपमा लिइएको इञ्जिनियर पाण्डेले बताए ।

सडक निर्माणको जिम्मा पाएको कम्पनीका प्रतिनिधि नवीन शर्माले नेपालगञ्ज–गुलरिया सडकविस्तार सम्झौताको समयावधिभित्रै सम्पन्न गर्ने गरी द्रूत गतिमा काम भइरहेको बताए ।

उनले सडकमा पानी जम्न नदिन खाल्डाखुल्डीमा नियमितरुपमा आवश्यक ग्राभेल गरी आवतजावतमा सहज बनाउन कामदार परिचालन गरिएको जानकारी गराए । “हामीले सोचेभन्दा बढी मात्रामा पानी परेकाले केही समस्या भएको छ”, उनले भने, “सर्वसाधारणलाई आवतजावतमा समस्या हुन नदिन र फसेका मालवाहक सवारीसाधन निकाल्न आवश्यक तयारी गरेका छौँ ।” रासस

यो पनि पढ्नुहोस्

चोभार सुख्खा बन्दरगाह चलाउन ट्रान्स नेपाल फ्रेट सर्भिस जेभी विराटनगर छनौट

चोभार सुख्खा बन्दरगाह चलाउन ट्रान्स नेपाल फ्रेट सर्भिस जेभी विराटनगर छनौट

२ हप्ता अगाडि
३३-११ केभीका दुईवटा विद्युत् वितरण सबस्टेसन उद्घाटन

३३-११ केभीका दुईवटा विद्युत् वितरण सबस्टेसन उद्घाटन

१ महिना अगाडि
ShareSendScan

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्

राप्रपाले जनदबाबका कार्यक्रम गर्ने

राप्रपाले जनदबाबका कार्यक्रम गर्ने

९ घण्टा अगाडि
UPDATE : कवाडी गोदाममा आगलागी परी मृत्यु हुनेको संख्या पुग्याे दुई

UPDATE : कवाडी गोदाममा आगलागी परी मृत्यु हुनेको संख्या पुग्याे दुई

९ घण्टा अगाडि
शेयर प्रकरणबारे एनसेलले प्राधिकरणलाई दियाे यस्तो जवाफ

शेयर प्रकरणबारे एनसेलले प्राधिकरणलाई दियाे यस्तो जवाफ

९ घण्टा अगाडि
अवैध लागूऔषधसहित ६ जना पक्राउ

अवैध लागूऔषध ब्राउनसुगरसहित बर्दियाबाट ४ जना पक्राउ

९ घण्टा अगाडि
सेयर बजारमा दोहोरो अंकको वृद्धि

आज नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

१० घण्टा अगाडि
रास्वपाको सचिवालयको बैठक आज बस्दै

रास्वपाको सचिवालयको बैठक आज बस्दै

१० घण्टा अगाडि

लोकप्रिय

  • चिनी उपलब्ध नभएकाेमा एमाले रित्ताे गाग्री प्रदर्शन गर्दै

    चिनी उपलब्ध नभएकाेमा एमाले रित्ताे गाग्री प्रदर्शन गर्दै

    0 shares
    Share 0 Tweet 0
  • नवराज बिकसहित छजनाको हत्याकाण्डमा २४ जनालाई जन्मकैद फैसला

    0 shares
    Share 0 Tweet 0
  • UPDATE : कवाडी गोदाममा आगलागी परी मृत्यु हुनेको संख्या पुग्याे दुई

    0 shares
    Share 0 Tweet 0
  • आज सुनको मूल्य घट्यो

    0 shares
    Share 0 Tweet 0
  • कथानक चलचित्र ‘दुई कदम’को ट्रेलर सार्वजनिक

    0 shares
    Share 0 Tweet 0
Facebook Youtube TikTok
जनधारणा

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

कोशीका तत्कालिन प्रमुखसहित पाँच जना कागार चलान

चिनी उपलब्ध नभएकाेमा एमाले रित्ताे गाग्री प्रदर्शन गर्दै

सरकारले सुनेन बामदेव गौतमको सुझाव !

भारतीय वायुसेनाको विमान दुर्घटना हुँदा दुई पाइलटको मृत्यु

नवराज बिकसहित छजनाको हत्याकाण्डमा २४ जनालाई जन्मकैद फैसला

दुई दिन बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक

साइट नेविगेशन

  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist