शनि, भदौ १३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

राष्ट्रपति पौडेलद्वारा नारायणी नदीमा बनेको झोलुङ्गे पुल उद्घाटन

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
राष्ट्रपति पौडेलद्वारा नारायणी नदीमा बनेको झोलुङ्गे पुल उद्घाटन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

नवलपरासी। राष्ट्रपति रामचन्द्र पौडेलले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सुस्तामा निर्माण भएको झोलुङ्गे पुलको आज एक कार्यक्रबीच उद्घाटन गरेका छन् । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) स्थित सुस्ता गाउँपालिका–५ नारायणी नदीमा मल्टिस्पान झोलुङ्गे पुल निर्माण गरिएको हो ।

पुल उद्घाटन गर्न आएका राष्ट्रपति पौडेललाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वागत गर्नु भयाे । राष्ट्रपति पौडेलले नारायणी नदीमा बनेको झोलुङ्गे पुल उद्घाटनका साथै सुस्ता क्षेत्रमा एकीकृत राष्ट्रिय विद्युत् प्रणालीबाट विद्युत् आपूर्तिसमेत शुभारम्भ गर्ने कार्यक्रम रहेको नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले जानकारी गराए । नेपाल सरकार, सहरी विकास मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सो कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा कार्यवाहक प्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंह, लुम्बिनी प्रदेशका प्रमुख कृष्णबहादुर घर्ती मगर, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगर, प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य, स्थानीय तहका जनप्रतिनिधिलगायतको सहभागिता रहेको थियो । भारतीय भूमिले तीनतर्फबाट र एकतर्फ नारायणी नदीले घेरिएको सुस्ता क्षेत्रमा तीन सय ५० परिवारको बसोबास छ ।

पुल बन्नुअघि स्थानीयवासी भारतीय भूमि भएर तथा डुङ्गाबाट जोखिमपूर्ण यात्रा गर्न बाध्य थिए । डुङ्गा दुर्घटना हुँदा मानवीय क्षतिसमेत ब्यहोर्नुपरेको थियो । एक हजार पाँच सय ७१ मिटर लामो उक्त झोलुङ्गे पुल २० करोड ९३ लाखमा निर्माण गरिएको हो । सो पुल तत्कालीन राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको पहलमा २०७२ सालमा निर्माण सम्झौता भएर निर्माण सुरु भएको हो । सम्झौता भएको आठ वर्षपछि पुल निर्माण कार्य सम्पन्न भएको हो । झोलुङ्गे पुल बनेसँगै नवलपरासीको सुस्ताबस्तीमा विद्युत् पनि पुगेको छ ।

यसअघि नारायणी नदीका कारण बिजुलीका खम्बा राख्ने समस्याका कारण त्यहाँ विद्युत् पुग्न सकेको थिएन । सुस्ता गाउँपालिका–५ नारायणी नदीपारिको सुस्ताबस्तीमा तीन सय ५० परिवारको बसोबास छ । उनीहरुमध्ये २५ प्रतिशतभन्दा बढीसँग नागरिकता र लालपुर्जा नभएको सुस्ता–५ का सदस्य आदम खाँले जनाए। वर्षौंदेखि बसोबास गर्दै आएपनि उनीहरुसँग नागरिकता र लालपुर्जा नहुँदा विद्युत् उपभोगबाट वञ्चित रहँदै आएका वडा सदस्य खाँले जनाए ।

यो पनि पढ्नुहोस्

भेडेटारमा ‘स्काइवाक’ नयाँ पर्यटकीय आकर्षणका रूपमा स्थापित

भेडेटारमा ‘स्काइवाक’ नयाँ पर्यटकीय आकर्षणका रूपमा स्थापित

२ हप्ता अगाडि

दुर्गम बस्तीहरूमा विद्युत् पहुँच विस्तार तीव्रता

३ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षा स्थगित

‘केसामी नाम्सामी’ अब दुई दिन मात्रै हेर्न पाउने, नाटक हरेपछि प्रतिकृया (भिडियाे सहित)

जनैपूर्णिमा पर्व देशभर मनाउँदै

अलपत्र ११७ पर्यटकको उद्धार

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

ल्हेन्दे खोलामा हिमपहिरोको कारण ठूलो ताल बन्याे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक