मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिमण्डल विस्तार गरेका छन्। यससँगै प्रदेशमा ६ मन्त्री र ३ राज्यमन्त्रीसहित ९ सदस्यीय मन्त्रिमण्डल बनेको छ।
सोमबार प्रदेश प्रमुख परशुराम खापुङले आन्तरिक मामिला तथा कानून मन्त्रीमा लिलाबल्लभ अघिकारी र खानेपानी सिंचाइ तथा उर्जा मन्त्रीमा बुद्धीकुमार राजभण्डारीलाई नियुक्त गरेका हुन्।
त्यसैगरि, मुख्यमन्त्री कार्कीले आर्थिक मामिला तथा योजना राज्यमन्त्रीमा निरन राई र उद्योग कृषि तथा सहकारी राज्यमन्त्रीमा रामप्रसाद महतोलाई नियुक्त गरेका छन्।
मुख्यमन्त्री कार्कीले असोज २० भित्र विश्वासको मत लिनुपर्ने छ। विश्वासको मत लिन १२ दिन बाँकी रहँदा मुख्यमन्त्री कार्कीले मन्त्रिमण्डल विस्तार गरेका हुन्।
मुख्यमन्त्री कार्कीले यसअघि तिलकुमार मेन्याङबो, पाँचकर्ण राई, एकराज कार्कीलाई मन्त्री र सृजना राईलाई राज्यमन्त्रीमा नियुक्त गरेका थिए।