काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले सरकारले क्रिकेट खेलाडीहरुलाई घोषणा गरेको पुरस्कार रकम अहिलेसम्म पनि आइनसकेको जनाएका छन्।
एसियाड गेममा भाग लिन चीन उड्नुअघि आइतबार काठमाडौंमा बिदाई कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै कप्तान पौडेलले सरकारले घोषणा गरेको रकम बारम्बार भनिसकिएको र आउँछ भन्नेमा आशावादी रहेको जनाएका हुन्।
उनले एसियाड गेमका लागि नेपाली क्रिकेट टोलीले राम्रो तयारी गरिरहेको जनाए । उनले एशियन गेम्सलाई लिएर सबैजना एक्साइटेड रहेको जनाउँदै आफूहरुको लक्ष्य मेडल जित्ने रहेको जनाए।
उनले कमजोर वा बलियो दुवै टिमलाई कमजोर नठानी खेल्ने प्रतिवद्धता जनाए। उनले यस गेमले टि २० विश्वकप छनोटका लागि पनि सहयोगी भूमिका खेल्ने जनाए । टि २० गेममा जुन टिमले डेथ ओभरमा बेटर बलिङ गर्छ त्यही टिमले खेल जित्ने भएकाले त्यसका लागि मेहनत गरिरहेको जनाए ।