शनि, मंसिर १६, २०८०
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

विगतको भविष्यवाणीको वर्तमानमा सान्दर्भिकता र हाम्रो दायित्व !

धारणा न्यूज by धारणा न्यूज
२ महिना अगाडि
Reading Time: 1 min read
0
सांस्कृतिक प्रतिरोध दिवसमा मेरो अपिल !
नारायण शर्मा
“आजसम्मका घटना-परिघटनाहरु हेर्दा मैले पहिलेदेखि नै भन्दै आएको सबैभन्दा पहिले यो राष्ट्रघाती र दलाल संसद र सरकारको तत्काल विघटन गर्ने र गोलमेच सम्मेलन वा राष्ट्रिय राजनीतिक सभाबाट अन्तरिम सानो अस्थायी जनप्रतिनिधि सभाको गठन र त्यसै सभाबाट स्वच्छ र देसभक्त भिजनरी विज्ञहरुको एउटा चुस्त राष्ट्रिय अन्तरिम सरकार गठन गरेर अघि बढ्नुपर्ने औचित्य पूर्णत: पुष्टि भयो ! तर यसो गरिएन र अझै ढिला भयो  भने यो अस्थीरता, अराजकता, अस्तव्यस्तता र गतिहीनतालाई ठिक गर्न भनेर सेना अगाडि आउने देखियो ! राजालाई अगाडि सारेर सेनालाई शासनको मुख्य नेतृत्व दिलाउने काममा त देउवा अभ्यस्त नै थिए ! गर्ने त भए !?”
१८ सेप्टेम्बर २०२२ को मेरो उक्त फेसबुक स्टाटस र वर्तमान सन्दर्भ हेर्दा मैले सुझाए जस्तै तत्कालीन प्रधानमन्त्री देउवाबाट देस, जनता र क्रान्तिको लागि लोकतान्त्रिक प्रकारले राम्रो, सकारात्मक र अग्रगामी कामको नेतृत्व होला नै भन्ने त थिएन तैपनि जनता र प्रतिपक्षीहरुको दवावले गर्दा त्यसो गर्न बाध्य भैहाल्छन् कि भन्ने झिनो आशा मात्र थियो । बरु, उनले गर्ने भनेको त प्रतिगमनको नेतृत्व पो हो जसमा उनी अभ्यस्त छन् । देउवाका ससुराली राणा र राणाका जुवाइँ राजा वा राजाका जुवाइँ राणाको यो नातासम्बन्धको चक्र अनि उनीहरुको शिक्षादीक्षा, संस्कार्संस्कृति र हिमपिममा हुर्केको नेपाली सेना एवं उसको अमेरिकी र भारतीय सेनासँगको सहकार्य, संयुक्त अभ्यास, आउजाउ र खाउपिउले गर्दा देसमा चरम नकारात्मक घटना-दुर्घटना हुने निश्चितप्राय: थियो । विदेसीहरुको गुरुयोजनामा आफ्नै संरक्षक परमाधिपतिको ( एक देसभक्त र स्वाभिमानी राजा वीरेन्द्रको ) वंश नै नास गराउनसक्ने “हैसियत” बोकेको नेतृत्वमा वर्तमान नेपाली सेना रहेसम्म देउवालाई फेरिपनि प्रतिगमन/प्रतिक्रान्ति गरेर घरेलु र वैदेसिक प्रतिकृयावादीहरुको चुत्थो नोकर ( भरपर्दो दलाल ) बनिरहने लालसा थियो । उन्लाई साम्राज्यवादी र विस्तारवादीहरुको निर्देशनमा चल्ने र आफ्नै परमाधिपतिको वंशै नास गर्न सक्ने विगतका र वर्तमानका केही दलाल र गद्दार सैन्य कमान्डरहरुको साथ सहयोग सबै मिल्ने हुनाले यस काममा देउवाले नेपाली सेनालाई अगाडि सार्ने सम्भावना थियो र माथिको स्टाटस उल्लेख गरिएको हो  ।
गतसाल तत्कालीन प्रधानमन्त्री देउवाले यो काम गर्न-गराउन सकेनन् किनकि गरेको भए सामान्यतया आम वामपन्थी र  सच्चा लोकतन्त्रवादीहरुद्वारा र विशेषत: सिङ्गो एमाले, आधाउधी काङ्ग्रेस र आधाउधी माओवादीलगायत अधिकतम जनताबाट व्यापक जनविरोध, अवरोध र प्रतिरोध भै विशाल विष्फोट र विद्रोह नै हुनेथियो । त्यो विद्रोहलाई दवाउन जनपथ प्रहरी वा सशस्त्र प्रहरीले सक्ने कुरै हुँदैनथ्यो । त्यो स्थितिमा सेनाको परमाधिपति बनेकी तत्कालीन राष्ट्रपति एमाले नेत्री विद्या भन्डारी र उनको अधीनमा रहेको नेपाली सेनाले पनि साथ नदिनसक्ने सम्भावना थियो । त्यो अवस्थामा प्रतिगमनको सम्पूर्ण अपजस नेकालाई लाग्थ्यो । फलस्वरुप देउवाका कारण काङ्ग्रेस वल्लो घाट न पल्लो तिरको भै डाइनोसर हुने प्रबल सम्भावना थियो । त्यसैले उन्ले सो प्रतिगमन गर्ने दोस्रो दुस्साहस गर्न सकेनन् । तथापि यो प्रतिगमनको गुरुयोजना सार र सार्थकता नेपालको औपनिवेशीकरणसँग गाँसिएकोले साम्राज्यवादी-विस्तारवादीहरुले एकातिर प्रतिगमन र औपनिवेशीकरणको लागि दलाल व्यवस्था र दलाल संसद यथावतै भएकोले अब जरुरी त  जेलेन्स्की जस्तो आफ्नो सच्चा र सक्षम दलाल नेतृत्वको थियो र छ ।
साम्राज्यवादी-विस्तारवादीहरुले त्यसको अद्यापि खोजिरहेका छन भने अर्कातिर सैनिक शासनपश्चात्  हुने जनविरोध र प्रतिरोधलाई निर्ममतापूर्वक दमन गर्न सक्ने जङ्गबहादुर जस्तो क्रूर शासकको पनि खोजी गरिनैरहेका थिए र अझै पनि छन् ! त्यसैक्रममा त्यस्तो शासकको हैसियतमा खडा हुनसक्ने व्यक्ति दसबर्षे भीषण र भयावह जनयुद्धको नेतृत्व गरेर आएका प्रचण्ड हुनसक्ने ठहराएर नै उनलाई नेका र एमालेभन्दा धेरै सानो तेस्रो दल माकेको नेता भएर पनि कहिले एमाले त कहिले नेकाजस्ता सबैभन्दा ठुला संसदीय दलहरुबाट समर्थन दिलाएर प्रधानमन्त्री बनाइएको छ । त्यसैले अब सम्भावित राजाले नेपाल र नेपाली जनताको तात्कालिक वा दीर्घकालीन हकहितका विरुद्ध उनीहरुबाट हुने-गरिने सबै प्रकारका  चलखेल र षड्यन्त्रहरुलाई हुबहु स्वीकार्ने सुनिश्चित भएमा पुनः राजतन्त्र फर्काएर वा त्यस्तो सुनिश्चितता नभएमा पनि सेनालाई मात्र अघि सारेर यहाँ साम्राज्यवादी र विस्तारवादीहरुका रणनीतिक र सामरिक योजनाहरु लागू गराउने कुरा अलि पहिलेदेखि नै उनीहरुले सोंच्दै र धेरथोर प्रयास गर्दै आएका हुन् । यसो गर्न-गराउन अरु कसैलाई भन्दा प्रचण्डलाई सहज हुन्छ र सफलता मिल्छ भन्ने विश्वासको आधार प्रचण्डमा भएको `जसो गर्न पनि सक्ने´ क्षमता, जनयुद्धको कमान्डिङको अनुभव, नेपाली सेनामा समायोजित माओवादी सेना आदि कारणले गर्दा उनलाई नेपाली सेनाको परिचालन गर्न सहज भएको ठहर गर्नु जस्ता कारणहरु रहेका छन् । केही समययता प्रचण्डले विस्तारवादी र साम्राज्यवादीहरुसँग गरेको आत्मसमर्पण र त्यसको फलस्वरूप भए-गरेका देसको हित विपरीतका सन्धि-सम्झौता र सहमतिहरुबाट प्रचण्ड नयाँ, उदीयमान र भरपर्दो दलाल भएको र यस्तो नयाँ जोगीले अझै बढी खरानी घस्न सक्ने सम्भावना देखेर नै उनी मार्फत सैनिक शासन लगाउने क्याबिनेटबाट निर्णय गराइएमा त्यसलाई अनुमोदन गर्ने र सके देसलाई सिक्किमको स्तरमा पुराउने नसके पनि औपनिवेशीकरणको पराकाष्ठामा पुराउने वर्तमान राष्ट्रपति रामचन्द्र पनि अनुकूल भएकोले यो प्रतिक्रान्तिलाई थेग्न-थेगाउन सकिने निष्कर्षमा उनीहरु पुगेको देखिन्छ । यसरी अहिले त्यो जिम्मेवारी मुख्यतः  प्रचण्डको काँधमा आएको छ । सम्भवत: अहिलेको उनको अमेरिका भ्रमणका क्रममा साम्राज्यवादी-विस्तारवादीहरुले यसबारे निर्णय सुनाउलान् र यसो गर्न-गराउन निर्देशन देलान् ! यदि त्यस्तो गर्नभन्दा अझ राम्रो विकल्पमा यही नीतिविधि, व्यवस्था अवस्था, सदन, सरकार र नेतृत्व बिचबाटै प्रचण्डद्वारा विदेसी प्रतिक्रियावादीहरुका अधिकतम  स्वार्थ पूरा हुने दृढ निश्चय भएमा राजा र सेना अगाडि सार्ने काम नगर्न पनि सक्छन् । मुख्य कुरा साम्राज्यवाद र विस्तारवादका नीति, निर्णय, नियत र निर्देशन अनुसार नेपालमा कामहरु हुन्छन् कि हुन्नन् भन्ने हो ।
 प्रचण्डको प्रयासमै प्रतिक्रियावादीहरुका एलर्जी बनेका कम्युनिस्ट नामको आफ्नै र अर्को पार्टी पनि टुटाउने-फुटाउने  अनि MCC, नागरिकता विधेयक  जस्ता उनीहरुका स्वार्थका योजनाहरु पूरा गराउने कामहरु भएको हुनाले थप यस्ता कामहरु पनि उनीबाटै हुन सक्ने ठहर गरेमा यसपटक पनि राजा वा सेनालाई अघि सार्ने काम नहुन सक्ने सम्भावना छँदैछ । आखिर नेपाललाई उदारीकरण र औपनिवेशीकरणको बन्धनले कस्ने, युक्रेन वा सिक्किम बनाउने र  युद्धमैदान वा लुटमैदान बनाउने  कुरा कसरी र कोबाट हुनसक्छ भन्ने कुरा मुख्य हो ।  प्रचण्डबाटै यो काम हुनसकेमा उनीहरुका निम्ति यो भन्दा राम्रो कुरा के हुन सक्ला र ?  जनयुद्धको कमान्डिङ गरेर आएका सुपृम नेतृत्वमार्फत नेपाल र छिमेकी राष्ट्र अनि यहाँका कम्युनिस्टहरु दुवै र सबैलाई एकैसाथ एउटा मटेङ्ग्रोले दुइटा ढुकुर मारेझैं मारेर समाप्त पार्ने काम गर्न-गराउन पाए अरु के चाहियो र साम्राज्यवादी-विस्तारवादीहरुलाई ? तसर्थ आन्दोलन र क्रान्तिका सिमित उपलब्धिहरुलाई अनि देसको स्वत्व र अस्तित्वलाई बचाउने हो र निरन्तर क्रान्ति गर्दै राष्ट्रिय स्वाधीनता र सार्वभौमिकताको पूर्ण रक्षा गर्ने हो भने सम्पूर्ण सच्चा लोकतन्त्रवादी, सच्चा कम्युनिस्ट, सच्चा अग्रगामी- क्रान्तिकारी र सच्चा देसभक्तहरु एकताबद्ध र मोर्चाबद्ध भएर  प्रतिगमन र प्रतिक्रान्ति अनि साम्राज्यवादी-विस्तारवादी हस्तक्षेप र राष्ट्रिय आत्मसमर्पणका विरुद्धमा अन्तिम र निर्णायक संयुक्त आन्दोलन गर्नु ढिला भैसकेको छ ।  सम्बन्धित  हामी सबैको चेतना र साहस भया !?

यो पनि पढ्नुहोस्

टिकटकबाहेकका अरु सामाजिक सञ्जाल बन्द नगर्ने : उपप्रधानमन्त्री श्रेष्ठ

टिकटकबाहेकका अरु सामाजिक सञ्जाल बन्द नगर्ने : उपप्रधानमन्त्री श्रेष्ठ

४ घण्टा अगाडि
जंगली बँदेल कृषि हानिकारक वन्यजन्तु घोषणा

जंगली बँदेल कृषि हानिकारक वन्यजन्तु घोषणा

६ घण्टा अगाडि
ShareSendScan

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्

टिकटकबाहेकका अरु सामाजिक सञ्जाल बन्द नगर्ने : उपप्रधानमन्त्री श्रेष्ठ

टिकटकबाहेकका अरु सामाजिक सञ्जाल बन्द नगर्ने : उपप्रधानमन्त्री श्रेष्ठ

४ घण्टा अगाडि
जंगली बँदेल कृषि हानिकारक वन्यजन्तु घोषणा

जंगली बँदेल कृषि हानिकारक वन्यजन्तु घोषणा

६ घण्टा अगाडि
पेट्रोल पम्पमा आगो लाग्दा २७ जनाको मृत्यु

 विद्युत् सर्ट भएर घरमा आगलागी

७ घण्टा अगाडि
चुनावका बेला गरेको बाचा बिर्सिएको छैन : गृहमन्त्री

आज रास्वपाका सभापति रवि लामिछाने मलेसिया प्रस्थान गर्दै

७ घण्टा अगाडि
विप्लव नेतृत्वको पार्टीसँग एकताका लागि छलफल

विप्लव नेतृत्वको पार्टीसँग एकताका लागि छलफल

७ घण्टा अगाडि
कर्तिके पूर्णिमा मेलाबाट साढे अठार लाखभन्दा बढी भेटी संकलन

कर्तिके पूर्णिमा मेलाबाट साढे अठार लाखभन्दा बढी भेटी संकलन

७ घण्टा अगाडि

लोकप्रिय

  • न्यायालयलाई निकम्मा बनाएर दलका नेताहरुलाई केही लाभ होला ?

    बादीप्रथा, टिकटक र यौनिकता चित्रकला

    0 shares
    Share 0 Tweet 0
  • दुई दिन बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक

    0 shares
    Share 0 Tweet 0
  • जंगली बँदेल कृषि हानिकारक वन्यजन्तु घोषणा

    0 shares
    Share 0 Tweet 0
  • ७५ वर्षकाे उमेरमा पूर्व प्रशिक्षक भीम थापाको निधन

    0 shares
    Share 0 Tweet 0
  • नारायणगढ–मुग्लिन सडकका दुई पुल दसैँअघि सञ्चालनको तयारी

    0 shares
    Share 0 Tweet 0
Facebook Youtube TikTok
जनधारणा

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

नेवाः मिसा दबूको सातौँ बार्षिकोत्सव सम्पन्न

शान्ति पुनर्स्थापना गृहद्वारा सात चेलीको उद्धार

सरकारले सुनेन बामदेव गौतमको सुझाव !

मनिराज डंगोलद्वारा लिखित “बुद्धको कर्मवाद तथा चौथो “स”नामक पुस्तक बिमाेचन

दुई दिन बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक

टेकुमा सिटिजन्स बैंककाे १ सय ८९औँ शाखा

साइट नेविगेशन

  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist