काठमाडाैं । १९औं एसियाली खेलकुदमा सहभागी हुने नेपाली क्रिकेट टोलीको बिदाइ गरिएको छ । नेपाल क्रिकेट संघ क्यानका नवनिर्वाचित पदाधिकारीहरूले आइतबार टोलीको बिदाइ गरेका हुन् ।
बिदाइ समारोहमा क्यान अध्यक्ष चतुरबहादुर चन्द र सचिव पारस खड्का उपस्थित थिए । क्यानको नयाँ कार्यसमिति शनिबार मात्रै चयन भएको थियो ।
नेपाली क्रिकेट टोलीका महत्वपूर्ण सदस्य सन्दीप लामिछाने भने बिदाइ समारोहमा उपस्थित भएनन् । उनको मुद्दाको पेसी आज तोकिएका कारण उनी टिमसँगै नगएका हुन् । तर, उनीविरुद्धको मुद्दाको सुनुवाइ भने आज स्थगित भएको छ ।
नेपाली टोली आजै हाङ्जाउ प्रस्थान गर्नेछन् । नेपालले यही असोज १० गते आफ्नो पहिलो खेल मङ्गोलियासँग खेल्ने छ ।