शुक्र, जेष्ठ ३, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home कृषि

धानबालीमा ग्वारोको समस्या बढ्दो, किसान चिन्तित

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
धानबालीमा ग्वारोको समस्या बढ्दो, किसान चिन्तित
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

वीरगञ्ज । धानबालीमा ग्वारो रोग किराको समस्या फैलिएपछि पर्साका किसान चिन्तित बनेका छन् । पर्साको जगरनाथपुर, धोबिनी, ठोरी, जिराभवानीलगायत विभिन्न स्थानमा ग्वारो किराको समस्या फैलिएपछि किसान चिन्तित बनेका हुन् ।

गत भदौको दोस्रो साता यता धानबालीमा देखिएको ग्वारो किराको समस्याले धानबालीमा क्षति पु¥याइरहेको स्थानीय किसान बताएका छन् । ग्वारो किराले आफूहरुको करिब ५० प्रतिशतभन्दा बढी धानबालीमा क्षति पु¥याएको धोविनी गाउँपालिका–५ का स्थानीय शिवनाथ यादवले बताए । वर्षाको अभावमा धानबाली सुक्दै गएको बेला धानबालीमा देखिएको ग्वारोको समस्याले आफू थप समस्यामा परेको उनको कथन छ ।

“ग्वारो किराले धानबालीको पात खाइदिने, उम्रिदै गएको धानको बोटमा क्षति पुर्याइरहेको छ”, जगरनाथपुर गाउँपालिकाका किसान हरिशङ्कर कुर्मीले भने, “सुरुमा वर्षा नभएर ठूलो रकम खर्चिएर वैकल्पिक सिँचाइबाट जेनतेन धान रोपाइँ गरे, अहिले आएर ग्वारो किराले बाली नै सखाप गर्न थालेपछि हामी चिन्तामा डुबेका छौँ ।” धानबालीमा लागेको ग्वारोको रोकथाम र नियन्त्रणका लागि आवश्यक सहयोग गरिदिन स्थानीय, प्रदेश र सङ्घीय सरकारसँग उनले आग्रह गरे ।

धानबालीमा ग्वारो किराको प्रकोपले खेतमै धान सुक्न थालेको पीडित किसानको भनाइ छ । खेतमा असन्तुलन, गुणस्तरीय रसायनिक मलको अभाव तथा प्रतिकूल वातावरणका कारण धानबालीमा ग्वारो किराको प्रकोप बढेको कृषि ज्ञान केन्द्र पर्साका प्रमुख मुनिलाल कुशवाहाले बताए ।

पुतली जातको ग्वारो धानको ढाड नै काट्ने गर्दा सुक्ने गरेको पाइएको उनको भनाइ छ । खेतमा प्रयोग गरिने रसायनिक मल, डिपिए, युरिया, पोटास लगायतको मात्रा नमिल्दा पनि बालीको जरो कमजोर भई किराको आक्रमण बढेको र यसको रोकथाम र नियन्त्रणका लागि सो क्षेत्रमा प्राविधिक खटाइएको प्रमुख कुशवाहाले बताए ।

समयमा बर्षा पर्याप्त नभए पनि पानी तान्ने मोटर तथा अन्य वैकल्पिक सिँचाइको व्यवस्था मिलाएर भए पनि किसानले पर्सामा ९५ प्रतिशत जग्गामा धान रोपाइँ गरेको प्रमुख कुशवाहाको भनाइ छ । पर्सा जिल्लामा ५४ हजार सात सय ३२ हेक्टर क्षेत्रफल खेतीयोग्य जग्गामध्ये ४७ हजार एक सय ३० हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने गरेको छ । यसवर्ष ९५ प्रतिशत अर्थात ४५ हजार चार सय ३० हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको प्रमुख कुशवाहाले जानकारी दिए । पर्सामा भदैया, चैते र वर्षे गरी तीन किसिमका धान उत्पादन हुँदै आएको छ ।

‘‘जिल्लाको दक्षिणी भेगका किसान गण्डक सिँचाइ आयोजनाको सिँचाइ प्रणालीबाट सिँचाइ गरेर धान रोपाइँ गरेका छन्”, प्रमुख कुशवाहाले भने, ‘‘अन्य भेगका किसान पानी तान्ने मोटर, पम्पसेट जडान गरेर धान रोपाइँ गरेका छन् ।” तुलनात्मक रुपमा अन्य ठाउँभन्दा पर्साको ठोरी, पर्सागढी, बहुदरमाई र जगरनाथपुर गाउँपालिका क्षेत्रमा बढी धान रोपाइँ भएको उनको भनाइ छ । RSS

यो पनि पढ्नुहोस्

फलफूलको अधिकतम थोक मूल्य निर्धारण

फलफूलको अधिकतम थोक मूल्य निर्धारण

४ हप्ता अगाडि
बजारमा सुनको मूल्य तोलाको रु एक लाख ७० हजार

सुनको मूल्य आज केही ओरालो

१ महिना अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रसारण लाइन सञ्जाल बढ्न नसक्दा विद्युत् आपूर्तिं प्रभावित

रवि जोडिएको सुनुवाइ उच्च हेर्दाहेर्दैमा

गोर्खाको पर्यटन र पूर्वाधार विकासमा बजेट सुनिश्चित गर्न सांसद ढकालको माग

संघीय संसदका दुवै सदनबाट बैंकिङ कसुर सम्बन्धी विधेयक प्रमाणीकरण

पेट्रोलियम पदार्थको मूल्य घट्याे

कारोबारकाे अन्तिम दिन सुनको भाउ बढ्याे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक