काठमाडौं । आन्दोलनरत शिक्षक र सरकारबीच सहमति भएसँगै भोलिबाट शिक्षकहरुको आन्दोलन फिर्ता हुने भएको छ ।
शुक्रबार गृहमन्त्रालयमा बसेको सरकार र शिक्षकहरुबीचको छलफलमा शिक्षकहरुका माग सम्बोधन गर्न सरकार सहमत भएपछि शिक्षकहरुले आन्दोलनका कार्यक्रम फिर्ता गर्ने भएका हुन् ।
‘शिक्षक महासंघका प्रतिनिधि र हाम्रो बीचमा छलफल भयो । संसदीय सर्वोच्चता र मागमा छलफल हुँदा शिक्षा विधेयकलाई परिमार्जन गर्दै अघि बढ्ने र संसदमा सहजीकरण गर्ने प्रतिवद्धता सरकारका तर्फबाट व्यक्त भयो’, सरकार प्रवक्ता एवम् सुचना तथा संचार मन्त्री रेखा शर्माले जनाएकि छिन् । उनले सहमति भएकाले शिक्षकहरुको आन्दोलन भोलिबाटै फिर्ता हुने दाबी गरिन्