काठमाडौं । प्रस्तावित शिक्षा विधेयकको विरोधमा आन्दोलनमा उत्रिएका शिक्षकहरू र सरकारबीच बिहीबार बेलुका भएको बैठक ढिला गरी सकिएको छ।
गृह मन्त्रालयमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, शिक्षामन्त्री अशोक राई, अर्थमन्त्री प्रकाशशरण महत र कानुनमन्त्री धनराज गुरुङसमेतको उपस्थितिमा बैठक भएको हो।
नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष विष्णुप्रसाद भण्डारीका अनुसार शुक्रबार बिहान ९ बजे शिक्षकहरुका मागका विषयमा औपचारिक छलफल गर्ने गरी बिहीबारको बैठक सकिएको छ।
प्रस्तावित शिक्षा विधेयकको विरोध गर्दै शिक्षकहरुले गरेको आन्दोलनका कारण २ दिनदेखि राजधानीको जनजीवन अस्तव्यस्त बनेको छ।