शनि, जेष्ठ ९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

तीज पर्व: कसैलाई रमाइलो, कसैलाई कष्टप्रद

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
न्यायालयलाई निकम्मा बनाएर दलका नेताहरुलाई केही लाभ होला ?
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

प्रीति रमण
नेपाली महिलाहरुको ठूलो पर्व तीज यसै साता सकिएको छ । विशेषगरी हिन्दू समुदायका महिलाले मनाउने यो पर्व हिमाल, पहाड, तराई सबैतिर फैलिसकेको छ । हिन्दू समुदाय भने पनि यो पर्वमा अन्य समुदायका महिला पनि सहभागी हुने क्रम बढ्दै गएको छ । यसलाई हाम्रो धार्मिक सहिष्णुताको अर्को उदाहरण मान्न सकिन्छ । भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म चार दिन मनाइने यो चाडमा भगवान् शिवको आराधना गरिन्छ । तृतीयाको दिन महिलाहरू रातो पहिरनमा सजिएर वर्ष दिनसम्म आफूले भोगेका भोगाइहरू गीत मार्फत अभिव्यक्त गर्छन् ।

समाजको आधुनिकीकरण सँगै तीजमा गाइने गीतका प्रकृति फेरिएका छन् । समाज पूर्ण रूपमा कृषिमा निर्भर रहँदा हिजो विवाहित चेलीहरू माइती जान नपाएको, वर्षदिनसम्म खेतीपातीको काममा व्यस्त हुँदा माइती भेट्न, मिठो खान नपाएको जस्ता गुनासाहरू तीज गीतमा हुन्थे । तर, अहिले समाज वाणिज्य व्यापार र अन्य पेसागत जीवनमा पनि प्रवेश गरेको छ । समाजको व्यावसायिक रूप बदलिँदा तीजका गीतहरू पनि फेरिएका छन् । यद्यपि समयसँगै संस्कार र संस्कृतिमा निकै परिवर्तन आएको छ । तर, तीजको महत्वमा कुनै कमी देखिँदैन । हिजोआज सहरी क्षेत्रको तीज भड्किलो हुँदै छ भने तीजको रमझममा पनि पश्चिमेली शैली मिसिन थालेको देखिन्छ । फलस्वरूप तीज केही उत्ताउलो हुन थालेको र यसको मौलिकता हराउन थालेको गुनासो पनि हुन थालेको छ । अर्कोतर्फ, हामीले तीजलाई यति भड्किलो बनाउँदै आएका छौं कि विपन्न महिलालाई यसमा जोडिनै समस्या हुन थालेको छ । यसको एउटा उदाहरणको रुपमा हालै एक सञ्चारमाध्यमा छापिएको समाचारलाई लिन सकिन्छ ।

गाउँघरमा तीजको रौनक सुरु भए पनि अछामकी मंगलसेन नगरपालिका–५ की ५० वर्षकी सेतु विक भने यसबाट पर नै थिइन् । कारण हो, आर्थिक विपन्नता । दाउरा र दूध बेचेर गुजारा चलाउँदै आएकी उनी गाउँको बचत समूहमा पनि आबद्ध छिन् । तर उनी समूहले आयोजना गर्ने कुनै पनि कार्यक्रममा सहभागी भएकी छैनन् । समूहमा एक जनाबाट कम्तीमा एक हजार उठाउने र दर खाने कार्यक्रम राख्ने भन्ने सल्लाह भएको उनले जनाइन् । तर, त्यति पैसा तिरेर रमाइलो गर्नलाई १५ दिन दाउरा बेच्नुपर्ने उनको भनाइ छ । उनीजस्तै अवस्था मंगलसेन–५ की ३८ वर्षीया बिन्द्रा भाटको पनि छ । मजदुरी गरेर गुजारा चलाउने उनले तीजको चहलपहल र तडकभडकमा आफू मिसिन नसकेको समाचारमा जनाएकी छन् । खर्च गर्न सक्ने, गरगहना लगाउन सक्नेका लागि तीज ठिकै भए पनि आफू जस्तो विपन्नका लागि यस्तो खर्चिलो चाडपर्व कहिल्यै न आए पनि हुन्थ्यो भन्ने लाग्ने उनको भनाइ छ । यी केही उदाहरण हुन्, जसले तीज विपन्न महिलाका लागि कष्टप्रद बन्दै गएको स्पष्ट पार्छ । बढ्दो महँगीको मारमा पनि महिला परेका छन् । पछिल्लो समय नेपालमा हरेक उपभोग्य सामग्रीको मूल्यवृद्धि अकाशिएको छ । चाडपर्वमा त झन् मूल्यवृद्धिले उपभोक्ताको ढाड सेक्ने गरेको छ । तर, सरकारले बजार नियमन भने झारा टराइमा गर्ने गरेको छ । तीजमा पनि त्यही अवस्था छ ।

त्यसकारण पनि सामान्य आयआर्जन भएका महिलाले पनि तीजमा खर्च गर्न सोच्नुपर्ने अवस्था आएको छ । तीजलाई हामीले परम्परागत मान्यता र विधि नमर्ने गरी परिस्कृत गर्दै लानुपर्छ । शिक्षित र सभ्य समाजमा हुर्किएका आधुनिक महिलाहरूले अन्धविश्वासलाई चिर्दै तीजलाई उल्लासमय एवं संस्कारयुक्त बनाउन पहल गर्नुपर्छ । तीजलाई आधुनिकीकरण गर्ने नाममा भड्किलो र असभ्य बनाउनु भने हुँदैन । आफूलाई आधुनिक र सहरिया मान्ने महिलाहरू होटलमा भेला भएर पार्टी आयोजित गर्छन् र लठ्ठिने गरी मदिरामा डुब्छन् । तीजका नाममा भित्रिएको यो सबैभन्दा दुर्गन्धित पक्ष हो । इज्जत र सभ्यता अनि सुन्दर देखिन नभई अरुको देखासिकी र प्रतिस्पर्धाका लागि गहना लगाउने चलन पनि भित्रिएको छ । त्यसले आर्थिक भार पनि बढिरहेको हुन्छ । यस्तो व्यवहारले मौलिक संस्कृतिलाई पनि ओझेलमा पार्छ । यो पर्वको सांस्कृतिक महत्वको जगेर्ना गर्न विकृतिहरू हटाउँदै जानु आवश्यक छ । यद्यपि, सबैपक्ष नकारात्मक मात्र छ भन्नु उपयुक्त हुँदैन । पछिल्ला वर्षहरुमा तीजमा केही सकारात्मक पक्षहरु प्नि देखिएका छन् ।

आजभोलि तीजपर्ब हिन्दु नारीहरूमा मात्र सीमित रहेको छैन, जुनसुकै धर्म मान्ने समुदायले पनि रमाइलो मान्दै तीज पर्व मनाउन थालेको पाइन्छ । पुरु षहरू पनि तीजका कार्यक्रममा सहभागिता जनाउन थालेका छन् । आजभोलि तीज दुःख बिसाउने चौतारी मात्र नभएर खुसी साट्ने चौतारी पनि बन्न पुगेको छ । जन्मघर कर्म घर हुँदै व्यावसायिक जीवनको विकास तथा देश विदेशका कुना कुनासम्म महिला दिदीबहिनी पुगिरहेको अवस्थामा तीजको शैलीमा परिवर्तन हुनु नौलो कुरा होइन । माइतीघर जान नसकेका सबै महिला दिदी बहिनीहरूलाई समेटिने गरी उचित स्थानमा जमघट भई दुःख सुखका भावहरू व्यक्त गर्ने माध्यम बन्न थालेको छ अहिले तीज पर्व । साथीभाइ रमाइलो गर्दै परिवर्तित समयका पीडा र वेदना, महिला अधिकार माया, प्रेमका रमाइला पक्षहरू पनि अचेल तीज गीतमा समेटिएका छन् । जसले महिलालाई अझ चेतनशील, ऊर्जाशील र सशक्त बनाउन सहयोग पुगेको छ ।

यो पनि पढ्नुहोस्

गणतन्त्रका शासकहरुलाई लज्जाबोध हुनैपर्ने विषय !

गणतन्त्रका शासकहरुलाई लज्जाबोध हुनैपर्ने विषय !

१ वर्ष अगाडि

संसद्लाई जनताको थलो बनाउन नसकिने पुष्टि

१ वर्ष अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

गान्तोकमा डा. कायस्थको पुस्तक विमोचन

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

कोइला खानीमा ग्यास विस्फोट हुँदा कम्तीमा आठ जनाको मृत्यु

भारतमा इन्धनको मूल्यमा वृद्धि हुने क्रम जारी

आन्दोलित बार एसोसिएसन शपथपछि संयमित

हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्न गृहकार्य

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक