मङ्ल, मंसिर १९, २०८०
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

प्रचण्ड माओवादीको पलायन यात्रा उत्कर्षमा !

धारणा न्यूज by धारणा न्यूज
३ महिना अगाडि
Reading Time: 1 min read
0
जातीय र धार्मिक द्वन्द्व नफैलाउन प्रधानमन्त्री प्रचण्डकाे आग्रह

पार्टीको नाम फेर्ने तयारीमा नेतृत्व सहमत, देउवा कांग्रेससँग एकता होला ?
काठमाडौं / पछिल्ला चुनावहरुमा खराब नतिजा भोगिरहेको नेकपा माओवादी केन्द्रले पार्टीको नाम परिवर्तन गर्ने तयारी गरेको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड हाल अमेरिका भ्रमणमा रहेका क्रममा माओवादी केन्द्रले पार्टीको नामबारे आगामी महाधिवेशनमा छलफल गरेर निर्णय लिन सकिने सर्कुलेसन जारी गरेको हो ।

माओवादी केन्द्रमा जनमत घट्दै गएपछि पार्टीको नाम तथा चुनाव चिह्न पनि फेर्नुपर्ने बहसहरु हुँदै आएका थिए । सोही बहसअनुरुप अहिले औपचारिक रुपमा नै पार्टीले तल्ला तहमा नाम परिवर्तनबारे सर्कुलेसन गरेको हो । पार्टी केन्द्रीय कार्यालयको भदौ २५ गते बसेको बैठकमा भएका निर्णयबारे जानकारी दिँदै तल्ला कमिटिहरुलाई पठाएको जानकारीमा माओवादीले एकताका लागि नाम फेर्न सकिने उल्लेख गरेको हो । पार्टी महासचिव देव गुरुङले जारी गरेको सर्कुलेसनमा पार्टी एकतालाई सफल तुल्याउन नेपाल कम्युनिस्ट पार्टीको पछाडि कोष्टमा रहेको ‘माओवादी केन्द्र’को बारेमा छलफल गर्न सकिने जनाइएको हो ।

सर्कुलरमा उल्लेख गरिएको छ, ‘नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र अन्य कम्युनिष्ट घटकहरुसँग पार्टी एकताको विषयमा गम्भीर ढंगले वार्ता, संवाद र छलफल भइरहेको सन्दर्भमा पार्टी एकतालाई सफल तुल्याउनका लागि नेपाल कम्युनिष्ट पार्टीको पछाडि कोष्टमा रहेको माओवादी केन्द्रको बारेमा आगामी महाधिवेशनमा छलफल गरी आवश्यक निर्णय गर्न सकिने छ ।’ माओवादीले एकीकृत समाजवादी, जसपा र विप्लव नेतृत्वको नेकपासँग पार्टी एकता नै गर्ने उद्देश्यका साथ समाजावादी मोर्चा बनाएको छ । तत्कालका लागि सत्ता गठबन्धन जोगाउने र दीर्घकालीन रुपमा पार्टी एकता गरेर ठूलो शक्ति बन्ने उद्देश्यका साथ चार दलले मार्चा निर्माण गरेर सन्देशसभाहरु गर्दै आएका छन् ।

यसअघि गत माघको १२ देखि २१ गतेसम्म सञ्चालित माओवादीको स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले नाम, चुनाव चिह्न र पार्टीको संरचनामा आमूल परिवर्तन गर्ने प्रस्ताव गरेका थिए, जसलाई स्थायी कमिटीले अनुमोदन गरेको थियो । ‘संरचनागत, विधि र पद्धति, नाम र चिह्न लगायतका विषयलाई आमूल परिवर्तन गर्दै आजको जनमनोविज्ञान, भू–राजनीतिक व्यवस्थालाई एवं प्रतिस्पर्धा समेत ध्यानमा राखी सुदृढ र व्यवस्थित कम्युनिष्ट पार्टी निर्माणमा लाग्नुपर्छ,’ प्रचण्डले प्रस्तावमा भनेका थिए । यसका लागि पार्टीभित्र प्रारम्भिक चरणमा तीन महिनाको लागि कार्यक्रम प्रस्ताव गरेका थिए । त्यतिबेला प्रचण्डले आधारभूत जनता र वर्गसँग सम्बन्ध टाढिँदा माओवादी खुम्चिँदै गएको पनि स्वीकारेका थिए ।

पछिल्लो समय प्रचण्ड नेतृत्वको माओवादी केन्द्रले नेपाली कांग्रेस लगायत दलसँग गठबन्धन गर्दै आएको छ । तर, वामपन्थी दल माओवादी र दक्षिणपन्थी दल कांग्रेसबीचको यो गठबन्धनलाई प्राकृतिक भने देखिँदैन । दुवै दलले आफ्नो गुमिरहेको साख फिर्ता ल्याउन र एमालेलाई चुनावमा जित्न नदिन गठबन्धन गरेको आरोप लाग्ने गरेको छ । त्यसैले अहिले माओवादीको एकताका लागि गरेको पार्टीको नाम फेर्ने प्रयास पनि जनतालाई भ्रमित पार्ने अर्को प्रयास भएको हुनसक्ने केही विश्लेषकहरुको भनाइ छ । माओवादी केन्द्रको पलायन यात्रा यही रुपमा अघि बढेमा भविष्यमा कांग्रेससँग पनि एकता गर्नुपर्ने बाध्यतामा माओवादी आइपुग्ने विश्लेषकहरु जनाउँछन् ।

गत माघको स्थायी कमिटी बैठकमा प्रचण्डले विचार, सिद्धान्त र व्यवहार मिल्नेहरूसँग पार्टी एकता गर्ने र तत्काल एकता सम्भव नभएका वापमन्थी प्रगतिशील शक्तिहरूसँग सहकार्यका लागि मोर्चा निर्माण गर्ने प्रस्ताव अगाडि सारेका थिए । ‘मूलतः वामपन्थी पार्टीहरूसँगको एकतालाई प्राथमिकतामा राखी छलफलहरू गर्ने, पार्टी एकता गर्दा वामपन्थी र गैरवामपन्थीहरू बीचको भेदलाई आत्मसात गर्दै तत् सम्बन्धी नीति र विधिहरू तय गर्ने,’ उनले प्रस्ताव गरेका थिए, ‘तत्काल एकता सम्भव नभएका वामपन्थी प्रगतिशील शक्तिहरूसँग सहकार्यका लागि मोर्चा निर्माण गर्ने ।’

तत्कालीन द्वन्द्वकाल पछि शान्ति प्रक्रियामा आएको माओवादी पहिलो संविधानसभा पार्टीमा पहिलो पार्टी बन्न सफल भएको थियो । जनताले माओवादीलाई नयाँ शक्तिको रुपमा स्वीकार्दै एकपटक मौका दिएको थियो । तर, त्यसलाई माओवादीले सदुपयोग गर्न नसक्दा र माओवादी नेताहरुको नवसामन्तवादी चरित्र सार्वजनिक हुन थालेपछि त्यसको असर भने चुनावमा भोग्नुप¥यो । संसदीय प्रक्रियामा आएपछि निरन्तर सत्ताको नजिक रहे पनि माओवादीले मन जित्ने खासै काम गर्न सकेन, जसका कारण निरन्तरजसो जनमत गुमाउँदै आएको छ । यसबीचमा माओवादी आफैंमा विवादका कारण विभाजनको श्रृंखला चलिरह्यो, एमालेसँगको सहकार्यमा नेकपामा गठन भने पनि त्यो लामो समय टिक्न सकेन । पछिल्लो समय त द्वन्द्वकालीन मुद्दालाई लिएर माओवादी र अध्यक्ष प्रचण्डविरुद्ध द्वन्द्वपीडितहरुले प्रदर्शन तथा अदालतमा मुद्दा दर्ता गरेका छन् । त्यसैले माओवादीको बिग्रँदो छविका कारण पनि प्रचण्ड पार्टीको नाम नै फेर्नुपर्ने बाध्यतामा आइपुगेका छन् ।

कुनै बेला समग्र देशको नै परिवर्तन र जनताको जीवनस्तरमा सुधारको लक्ष्य लिएर अघि बढेका प्रचण्ड र माओवादी पार्टी अहिले आफ्नै नामका कारण अप्ठ्यारोमा परेको हो । यसको मुख्य कारण भने माओवादीका नेतृत्वमा रहेका नेताहरुको अकर्मण्यता, भ्रष्टाचार, अनियमितता र तस्करीमा संलग्नता आदि हुन् । त्यसैले पार्टीको नाम फेर्नुपर्ने भन्दा पनि नेताहरुले आफ्नो नियतामा परिवर्तन गर्नुपर्ने विश्लेषकहरुको सुझाव छ । जनधारणा साप्ताहिक

 

यो पनि पढ्नुहोस्

नेपाल र चीनबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको चिनियाँ प्रधानमन्त्रीको भनाई

नेपालको वैदेशिक सम्बन्ध चौपट !

२ महिना अगाडि
प्रचण्डले घेराबन्दी र अप्ठ्यारो परिस्थिति बीच सरकारलार्इ दाबी

प्रचण्डको अमेरिका र चीन भ्रमणका एजेण्डा !

३ महिना अगाडि
ShareSendScan

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्

नाइजेरियाली सेनाको ड्रोन दुर्घटना हुँदा कम्तिमा ८५ सर्वसाधारणको मृत्यु

नाइजेरियाली सेनाको ड्रोन दुर्घटना हुँदा कम्तिमा ८५ सर्वसाधारणको मृत्यु

९ घण्टा अगाडि
कोशीका तत्कालिन प्रमुखसहित पाँच जना कागार चलान

कोशीका तत्कालिन प्रमुखसहित पाँच जना कागार चलान

९ घण्टा अगाडि
अर्थतन्त्र अझै दबाबमा : प्रधानमन्त्री

राष्ट्र ठग्नेहरूलाई छोड्न नसकिने : प्रम प्रचण्ड 

९ घण्टा अगाडि
सेयर बजार परिसूचक नेप्से सामान्य घटेर बन्द

आज शेयर बजार दोहोरो अंकले घट्यो

१० घण्टा अगाडि
विपिन जोशीको रिहाइका लागि आग्रह

विपिन जोशीको रिहाइका लागि आग्रह

१० घण्टा अगाडि
नेपालले लगाएको पुँजीगत लाभकर सम्बन्धमा मध्यस्थता गरिदिन आईसीएसआईडीमा निवेदन

एनसेल सेयर छानबिन गरी कानुनी दायरामा ल्याउन माग

१० घण्टा अगाडि

लोकप्रिय

  • कोशीका तत्कालिन प्रमुखसहित पाँच जना कागार चलान

    कोशीका तत्कालिन प्रमुखसहित पाँच जना कागार चलान

    0 shares
    Share 0 Tweet 0
  • एम्नेस्टी इन्टरनेसनल नेपालको ३२औँ बार्षिक साधारणसभा सम्पन्न

    0 shares
    Share 0 Tweet 0
  • इमाडोलमा सिटिजन्स बैंककाे १९०औँ शाखा

    0 shares
    Share 0 Tweet 0
  • विप्लवले पक्राउ पुर्जीविरुद्ध आन्दोलन गरे घोषणा

    0 shares
    Share 0 Tweet 0
  • गङ्गा दाहाललाई सेनाले सलामी दिएकोमा सांसद सिहको आपत्ति

    0 shares
    Share 0 Tweet 0
Facebook Youtube TikTok
जनधारणा

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

कोशीका तत्कालिन प्रमुखसहित पाँच जना कागार चलान

दुई दिन बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक

सरकारले सुनेन बामदेव गौतमको सुझाव !

भारतीय वायुसेनाको विमान दुर्घटना हुँदा दुई पाइलटको मृत्यु

इन्टरमोडल र ट्रान्स नेपाल टि आर एस लोजिपार्कबिच सम्झौता

एनआईसी बैंकमा ३ प्रतिशत प्रिमियम कायम

साइट नेविगेशन

  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist