मङ्ल, जेष्ठ ७, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार राजनीति

गणतन्त्र र सङ्घीयतामाथिको प्रहार स्वीकार्य छैन : मुख्यमन्त्री पाण्डे

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
गणतन्त्र र सङ्घीयतामाथिको प्रहार स्वीकार्य छैन : मुख्यमन्त्री पाण्डे
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

म्याग्दी । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गणतन्त्र र सङ्घीयतामाथिको प्रहार स्वीकार्य नहुने बताएका छन् । म्याग्दीको बेनीमा आजदेखि शुरु भएको नेपाल जेसीजको क्षेत्र ९ख० सम्मेलनको उद्घाटनका क्रममा मुख्यमन्त्री पाण्डेले संविधान र अहिलेको व्यवस्थाप्रति भ्रम फैलाउने गतिविधि स्वीकार्य नभएको बताए ।

“आफूलाई मन नपरेको र चित्त बुझेको विषयमा स्वच्छ आलोचना गर्ने अधिकार यही व्यवस्थाले नागरिकलाई दिएको छ, गणतन्त्र र सङ्घीयतालाई अझै सुदृढ बनाउन सकेमा मात्र नागरिकको अधिकार सुरक्षित हुन्छ”, मुख्यमन्त्री पाण्डेले भने, “गल्ती गर्ने जोकोहीले पनि सजाय भोग्नुपर्ने अवस्था अहिलेको व्यवस्थाले ल्याएको सुन्दर पक्ष हो ।”

दुई सय ४० वर्षको राजतन्त्र, ३० वर्षे पञ्चायती व्यवस्था र एक सय चार वर्षे राणा शासनको इतिहास अध्ययन गर्न अनुरोध गर्दै मुख्यमन्त्री पाण्डेले संविधान र सङ्घीयता कार्यान्वयनका क्रममा देखिएका कमजोरीबाट पाठ सिकेर सबैले आफ्नो ठाउँबाट जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने बताए ।

प्रदेश सरकारले म्याग्दी, मनाङ, मुस्ताङलगायत विकासमा पछाडि परेका जिल्लाको पूर्वाधार निर्माणमा चालु आर्थिक वर्षमा प्राथमिकताका साथ बजेट बिनियोजन गरेको बताउदै उनले सङ्घीयताका कारण पहुँच नभएका र पछाडि परेका क्षेत्र, समुदाय र भूगोलका नागरिकले विकासको लाभ लिन थालेको बताए ।

बेनी नगरपालिकाका प्रमुख सुरत केसीले प्रदेश सरकार मातहतको बेनी अस्पताल नगरपालिकालाई हस्तान्तरणका लागि गर्नुभएको प्रस्तावका विषयमा मुख्यमन्त्री पाण्डेले अस्पताल सञ्चालन गर्ने बजेटको स्रोत सुनिश्चितता गरेर आउन आग्रह गरे ।

“तीनवटै तहका सरकारले समन्वय र सहकार्य गरेर आफ्नो अधिकार क्षेत्रमा रहेर जिम्मेवार भएर काम गर्न आवश्यक छ”, उनले भने, “एकले अर्कालाई दोषारोपण गर्ने र जिम्मेवारीबाट पन्छने छुट कसैलाई छैन ।” मुख्यमन्त्री पाण्डेले म्याग्दीको ‘लाइफलाइन’ मानिएको बेनी–दरवाङ सडकको प्रमुख समस्या बनेको बेनी नगरपालिका र मङ्गला गाउँपालिकाको सिमानामा रहेको फापरखेतको पहिरोको विकल्पमा वैकल्पिक सडक र म्याग्दी नदीमा बेलिब्रिज निर्माण गर्ने घोषणा गरे ।

गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीले म्याग्दीका मुख्य सडकलाई कालोपत्र र सहायक सडकलाई ग्राभेल गर्ने लक्ष्यसहित योजनाका लागि बजेट बिनियोजन गरेको जानकारी दिए । अलपत्र अवस्थामा रहेको बेनी अस्पतालको ५० शय्या क्षमताको भवनलाई पूर्णता दिन सङ्घीय सरकार र निर्माण व्यवसायीलाई सहजिकरण गरेर काममा फर्काउने प्रयास गरिरहेको उनको भनाइ छ ।

“बेनी अस्पतालको भवन निर्माण गर्ने ठेक्का लिएको निर्माण कम्पनीलाई निरन्तर ताकेता गरेर काममा फर्काउने र कामलाई तीव्रता नदिए ठेक्का तोड्नुपर्ने दुई वटा मात्रै विकल्पमा केन्द्रित भएका छौ,” उनले भने ।

म्याग्दी जेसीज स्थापना भएको २५ वर्ष पूरा भएको अवसरमा आयोजना गरिएको सम्मेलनको उद्घाटन समारोहमा म्याग्दीका भेडापालक कृषक हिमबहादुर छन्त्याल, अल्लो उद्यमी किरण थापा, पहिरोग्रस्त क्षेत्रमा उद्धारमा योगदान पुर्याउने इन्द्रसिंह शेरचन र गायक प्रकाश दुतराजलाई सम्मान गरिएको थियो । निर्वाचन क्षेत्र ९२० अन्तर्गतका ४१ शाखासहित देशभरका १७८ वटै जेसीजका प्रतिनिधि पर्यवेक्षकहरुको सहभागिता रहेको सम्मेलन दुई दिनसम्म चल्ने म्याग्दी जेसीजका शाखा अध्यक्ष सुमन बानियाले बताए ।

“सम्मेलनमा म्याग्दीको पहिचान र चिनारी गराउने कोसीस गरेका छौँ”, उनले भने, “यो सम्मेलनले थलिएको बेनीको पर्यटन क्षेत्रलाई चलायमान बनाउन सहयोग पुग्ने अपेक्षा गरेका छौ ।” नेपाल जेसीजका कार्यक्रमका साथै जिल्लाको पर्यटन विकास, प्रवरद्धन, उत्पादित वस्तु तथा उपजको प्रचारप्रसारका साथै कला, संस्कृतिको संरक्षणसंग जोडिएको उनले बताए ।

उद्घाटन समारोह सुरु हुनु अघि विभिन्न जातजातीको झाँकीसहितको र्‍यालीले बेनी बजार परिक्रमा गरेको थियो । म्याग्दीका विभिन्न समुदायले चोक चोकमा झाँकी देखाएर अतिथिलाई स्वागत गरेका थिए । अतिथिहरुलाई अल्लोको धागोबाट बुनेका झोला, बेनीको बजारको गीत लेखिएको रुमाल, पवित्र कालीगण्डकी नदीमा पाइने शालिग्राम मायाको चिनोको रुपमा प्रदान गरिने सम्मेलनका निर्देशक सुविन श्रेष्ठले बताए ।

प्रतिनिधिहरुलाई म्याग्दीका पर्यटकीय र धार्मिक स्थलहरु लभ्लीहिल, गलेश्वरधाम, सिङ्गा तातोपानीलगायतका क्षेत्रमा भ्रमण गराउने कार्यक्रम छ । सम्मेलन स्थल बेनीको खुल्ला मञ्च परिसरमा म्याग्दी प्रवासी नेपाली सङ्घ ९मोना० अष्ट्रेलियासँगको सहकार्यमा नदेखिएको म्याग्दी शीर्षकको तस्बिर प्रदर्शनी गरिएको छ । म्याग्दीको मौलिक कला र संस्कृति सहितको मनोरञ्जन दिन उद्घाटन हुने दिनको साँझमा ‘म्याग्दी नाइट’ साँस्कृतिक प्रस्तुति आयोजना गरिएको छ । RSS

यो पनि पढ्नुहोस्

Light rain and snowfall likely at some places of Sudurpaschim and Karnali provinces

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने

४ घण्टा अगाडि
प्रधानमन्त्री ओलीमाथि भ्रष्टाचारीको नाइके भएको आरोप

प्रधानमन्त्री ओलीमाथि भ्रष्टाचारीको नाइके भएको आरोप

४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

मृतात्माले लखेटिरहेको कम्युनिष्ट !

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

नियन्त्रित लागूऔषध सहित दुई जना पक्राउ

गिनिज बुकधारी सजन डंगोलको सफल सगरमाथा आरोहण

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने

प्रधानमन्त्री ओलीमाथि भ्रष्टाचारीको नाइके भएको आरोप

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक