काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसका अवसरमा ‘टीकापुर घटना’का चार आरोपीलाई रिहा गरेका छन्। मन्त्रिपरिषद्को सिफारिसका आधारमा बुधबार राष्ट्रपति पौडेलले कैलाली कारागारमा रहेका प्रदीप कुमार चौधरी, वीर बहादुर चौधरी, हरिनारायण चौधरी र पोखरा सुधार गृहमा रहेका श्रवण चौधरीलाई कारागारमुक्त गरेका हुन्।
२०७२ भदौ ७ गते कैलालीको टीकापुरमा आठ सुरक्षाकर्मी र एक नाबालकसहित नौ जनाको ज्यान जानेगरी भएको ‘टीकापुर घटना’ भएको थियो। उक्त घटनामा जिल्ला र उच्च अदालतले मुख्य आरोपी रेशम चौधरीलाई जेल चलान गरेको थियो।जन्मकैदको सजाय भोगिरहेका टीकापुर घटनाका मुख्य आरोपी चौधरीलाई गत जेठ १५ गते सरकारले गणतन्त्र दिवसका अवसरमा रिहाइ गरिसकेको छ।
संविधान दिवसको अवसरमा बुधबारदेखि लागू हुनेगरी राष्ट्रपति पौडेलले ६७० जनाको माफी मिनाहा गरेका छन्।