काठमाडौं । विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० का प्रावधानको विरोध गर्दै नेपाल शिक्षक महासंघले बुधबार काठमाडौंमा विरोध प्रदर्शन गरेको छ।
संसदमा पेस भएको सोही विधेयक हुबहु पारित नगर्न माग गर्दै महासंघ आज काठमाडौंको माइतीघर मण्डलामा आन्दोलन गरेको हो। सरकारले वार्ताका लागि गरेको आग्रह अस्वीकार गरेर शिक्षकहरू आन्दोलनमा उत्रिएका थिए ।
शिक्षा मन्त्रालयले वार्ताका लागि गरेको आग्रह आफूहरूलाई अमान्य रहेको महासंघको धारणा छ।
आन्दोलनका लागि ७७ वटै जिल्लाबाट स्थायी, राहत, करार, बाल विकास, स्थायी लगायतका शिक्षक कर्मचारी काठमाडौं आएका छन्।
विधेयकका प्रावधानमा महासंघले विभिन्न १८ बुँदे असहमति राखेको छ। जसमा सरुवा बढुवा, दरबन्दी, स्थानीय पालिकाअन्तर्गत नबस्नेसहितका माग छन्।