न्युयोर्क – संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा भाग लिनका लागि न्यूयोर्क आएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग श्रीलंकाका राष्ट्रपति रनिल विक्रमसिङ्घेबीच मंगलबार न्युयोर्कमा भेट भएको छ।
भेटका अवसरमा प्रधानमन्त्री दाहाल र राष्ट्रपति विक्रमसिङ्घेबीच नेपाल र श्रीलङ्काको द्विपक्षीय सम्बन्ध विस्तार तथा बहुपक्षीय सहकार्यका बारेमा छलफल भएको न्युयोर्कस्थित नेपाली नियोगले जनाएको छ।