काठमाडाैं । एसियाली खेलकुदअन्तर्गत पुरुष भलिबलमा इरानसँग पराजित हुँदै नेपाल प्रतियाेगिताबाटै बाहिरिएकाे छ ।
चीनको हाङझाउमा आज बुधवार भएकाे खेलमा नेपाल इरानसँग ३–० काे साेझाे सेटमा पराजित भयाे । नेपाल इरानसँग २५–९, २५–१५ र २५–१३ ले पराजित भयाे ।
हिजाे मङ्गलवार भएकाे पहिलाे खेलमा नेपाल बहराइनसँग ३–१ ले पराजित भएको थियो । आजकाे हारसँगै नेपाल जितविहीन बन्दै प्रतियाेगिताबाट बाहिरिएकाे हाे ।