काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको दस्तावेज तयार गर्नका लागि १९ नेतालाई १९ जिल्लाका गाउँ पठाउने भएको छ ।
सभापति रवि लामिछाने सहित केन्द्रीय सदस्य र सांसदहरुलाई ‘जन आवाज सुन्ने कार्यक्रम’ को पहिलो चरणमा १९ जिल्लामा पठाउन लागिएको छ । महामन्त्री मुकुल ढकालका अनुसार १९ जना नेता तोकिएको जिल्लाका गाउँमा पुगेर जनआवाज सुन्नेछन् । दस्तावेजमा नागरिका सुझाव गाउँ पुग्ने नेताहरुले सुन्नेछन् ।
सांसदहरुमा तनहुँमा डा. स्वर्णिम वाग्ले, कपिलवस्तुमा सन्तोष परियार, रसुवामा शिशिर खनाल, पर्वतमा मनिष झा, वैतडीमा विराजभक्त श्रेष्ठ, कैलालीमा सुमना श्रेष्ठ, डोटीमा डा. तोसिमा कार्की, ओखलढुङ्गामा गणेश पराजुली, सोलुखुम्बुमा हरि ढकाल जाने भएका छन् ।