काठमाडौं । रोल्पा, गंगादेव गाउँपालिका-५ डाँडागाउँ बस्ने कृते कामीको घरमा विद्युत सर्ट भई सोमबार साँझ आगलागी हुँदा लत्ताकपडा, भाँडावर्तन, अन्नपात र नगद समेत गरी करिब ११ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
झापा, भद्रपुर नगरपालिका-५ झिम्की चोक बस्ने रोहित कामतीको घरमा सोमबार दिउँसो आगलागी हुँदा भाँडावर्तन, लत्ताकपडा, फ्रिज लगायतका सामान जलेर करिब ४ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । साथै उक्त आगो फैलिएर सोही ठाउँ बस्ने अजय रसाईलीको घरमा समेत आगलागी हुँदा करिब १ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।