काठमाडौं । यस आर्थिक वर्षका पहिला दुई महिना साउन र भदौमा ६७ अर्ब ९५ करोड रूपैयाँ भन्सार राजस्व उठेको भन्सार विभागले जानकारी दिएको छ।
विभागको तथ्यांक अनुसार गत आर्थिक वर्ष यी दुई महिनामा ६७ अर्ब १६ करोड रुपैयाँ भन्सार राजस्व उठेको थियो।
भन्सार विभागको लागि भदौ मसान्तसम्म ८९ अर्ब १० करोड रूपैयाँ राजस्वको लक्ष्य दिइएकोमा करिब २२ अर्ब कम राजस्व उठेको छ। भन्सार विभागका निर्देशक पुण्यविक्रम खड्काका अनुसार लक्ष्यका तुलनामा ७६ प्रतिशत राजस्व उठेको छ।