सुर्खेत । दैलेखमा सर्पको टोकाइबाट एक किशोरीको मृत्यु दैलेखमा सर्पको टोकाइबाट एक किशोरीको मृत्यु भएको छ ।
ठाटीकाँध गाउँपालिका-१, नुवावनकी १८ वर्षीय कल्पना शाहीको सर्पको टोकाइबाट मृत्यु भएको हो ।
आइबार बेलुका ६ बजेतिर घरमा सुतिरहेको अवस्थामा कल्पनालाई सर्पले टोकेको थियो । झारफुक गर्दा पनि सन्चो नभएपछि अस्पताल लैजाँदै गर्दा उनको मृत्यु भएको कल्पनाका दाजु निराजन शाहीले जानकारी दिए ।
निराजनका अनुसार कल्पना कक्षा ९ मा अध्ययनरत थिइन् । घरमा कल्पना आमासँग बस्दै आएकी थिइन् । कल्पनाका बुवा भारतमा छन् भने दाइ निराजन काठमाडौंमा बस्छन् ।