एजेन्सी । क्रिस्टियानो रोनाल्डो र साडियो मानेले साउदी प्रो लिगमा अल नासरका लागि लगातार चौंथो खेलमा गोल गरेका छन्।
दुई स्टारको गोलमा साउदी प्रो लिगमा अल नासरले लगातार चौंथो खेलमा जित निकाल्यो। सुरुवाती दुई खेलमा पराजित भएयता नासरले लगातार जित हासिल गरेको हो।
साडियो मानेले १८ यार्डबाट गरेको प्रहार गोलमा परिणत हुँदा पहिलो हाफको इन्जुरी समयमा अल नासरले अल रेड्स विरुद्ध अग्रता बनाएको थियो।
एन्डरसनले सोउजाले ४९ औं मिनेटमा गोल गर्दै टिमको अग्रता दोब्बर बनाए।
रोनाल्डोले एन्डरसनकै पासमा ७८ औं मिनेटमा तेस्रो गोल गर्दा अल नासरले सहज अग्रता बनाएको थियो।
लिगमा सर्वाधिक गोलकर्ताका रूपमा रोनाल्डो ७ गोलका साथ अग्रता बनाइरहेका छन्। माने उनलाई ६ गोलका साथ पछ्याइरहेका छन्।
लिगमा नासर ६ खेलबाट १२ अंकका साथ छैटौं स्थानमा रहेको छ। अल हिलाल १६ अंकका साथ शीर्ष स्थानमा रहेको छ।