भक्तपुर । पाँच दीपंकर बुद्धलाई भक्तपुर नगर परिक्रमा गराई बुधबार भक्तपुरमा पञ्चदान पर्व भव्य रूपमा मनाइएको छ।
बौद्ध संस्कृतिअनुसार प्रत्येक वर्ष भाद्रकृष्ण त्रयोदशीका दिन यो पर्व मनाउने गरिन्छ।
काठमाडौं उपत्यका र आसपासका केही जिल्लामा मनाइने पञ्चदान पर्वमध्ये भक्तपुरमा मनाइने पर्वको छुट्टै विशेषता छ। पर्वका क्रममा भक्तपुर नगरपालिका वडा नं ९ सूर्यमढीमा पाँच वटा दीपंकर बुद्धलाई बिहान भेला गराइएको थियो। त्यहाँबाट दिनभर तीनलाई नगर परिक्रमा गराउने परम्परा छ।
यसअघि नगरका पाँच छुट्टाछुटै स्थामा राखिएका दीपंकर बुद्धलाई सूर्यमढी ल्याई पुर्याउने परम्परा छ।