शुक्र, अशोज १२, २०८०
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

यो वा त्यो बहानामा संसद् अवरुद्ध गर्ने परम्परा राम्रो होइन : सांसद कुँवर

धारणा न्यूज by धारणा न्यूज
२ हप्ता अगाडि
Reading Time: 1 min read
0
यो वा त्यो बहानामा संसद् अवरुद्ध गर्ने परम्परा राम्रो होइन : सांसद कुँवर

काठमाडौँ । गत मङ्सिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित सांसदहरूले संसद्मा निर्वाह गर्नुभएको भूमिका आलोचनामुक्त छैन । संसद् सुरु भएको लामो समयसम्म पनि दुई विधेयकमात्रै पारित भएका छन् । जनआकाङ्क्षाका आवाज  आफ्ना प्रतिनिधि मार्फत संसद्मा बुलन्द हुन नसक्दा  जनतामा निरासा पनि छाउन थालेको देखिन्छ । स्वयं सांसदहरू नै संसद्मा आफ्नो भूमिकाप्रति सन्तुष्ट छैनन् ।

संसदीय राजनीतिमा लामो अनुभव र शालीन नेताको छवि बनाउनुभएका नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सांसद शेरबहादुर कुँवर नागरिक आकाङ्क्षाअनुसार संसद् अघि बढ्न नसकेको स्वीकार्नुहुन्छ । ‘सांसदसँग रासस’ संवादका क्रममा उहाँ भन्नुहुन्छ “संसद्मा जनताका विषयवस्तु गम्भीररूपमा उठ्न सकेनन् । जनतासँग सरोकार राख्ने कानुनहरू बन्दैनन् भने हामीमाथि यसै प्रश्न उठ्ने नै भयो । प्रश्न उठ्नु पनि पर्छ । किनभने जनताको समस्या समाधानका गर्नका लागि सहजीकरण गर्न हामीलाई चुनिएको हो ।”

विधि,विधान बनाउने सर्वोच्च निकाय संसद अर्थात् व्यवस्थापिका संसद  हो ।  संसद्मा सांसदले निर्वाह गर्नुहुने भूमिका अति महत्वपूर्ण हुन्छ ।  कानुन बनाउने र नागरिकका गुनासो सुन्ने मुख्य दुईवटा भूमिकामा सांसदहरू रहनुपर्ने र संसद्ले सोहीअनुरुप काम गर्नुपर्ने उहाँको बुझाइ छ ।

“सांसदका मुख्य दुई जिम्मेवारी हुन्छन् । एउटा विधायकका रूपमा कानुन बनाउने र अर्को भनेको जनताका सरोकारका विषय संसद्मा राख्ने हो । विधायकले कानुनमात्रै बनाउने तर जनताका समस्या र सरोकारका विषयमा बेखबर भएर बस्ने भन्ने हुँदैन । जनताका दैनिक जीवनसँग जोडिएका र सरोकारका विषयमा चनाखो भएरै बसेको हुन्छ”, उहाँ भन्नुहुन्छ, “नागरिकका समस्यालाई सम्बोधन गर्न सम्बन्धित ठाउँमा पुर्याउने काम विधायककै हो । म काठमाडौँमा रहँदा मेरो जिल्लामा कुनै घटना घट्यो भने मैले गृह मन्त्रालय वा अरु तालुकवाला मन्त्रालय र निकायमा गएर सो विषयमा सोधखोज, समन्वय गर्नुपर्ने हुन्छ ।”

जनताका समस्या समाधान गर्ने दायित्व बहन गरेरै चुनिएर आउने भएकाले सांसदलाई विधायिकी भूमिकामा मात्रै सीमित गर्न नसकिने उहाँको बुझाइ छ । विधायिकी अधिकारमात्र दिने र सरकारमा पनि सहभागी नहुने ढङ्गले निर्वाचित गर्ने हो भने संविधानमै त्यस किसिमको व्यवस्था गरिनुपर्ने उहाँको तर्क छ । संसद्का कामप्रति लक्षित गरेर उठिरहेका प्रश्नलाई पनि स्वभाविक ठान्नु भन्ने कुँवरको भनाइ छ ।

“जनताका प्रतिनिधिलाई टिप्पणी गर्न पाइन्छ । हामी खुला किताब भएरै हिँडिरहेका हुन्छौँ । सामाजिकरूपमा आउने प्रश्नबारे हामीले अप्ठ्यारो मान्न पनि हुँदैन”, सांसद कुँवर भन्नुहुन्छ । नागरिकले गर्ने प्रश्नको मुख्य कारक भने राजनीतिक दलले देखाइरहेको कार्यशैली रहेको उहाँको बुझाइ छ । सरकारले ‘बिजनेस’ दिन नसक्ने र प्रतिपक्ष दलहरूले संसद् अवरुद्ध पार्ने खराब प्रवृत्तिका कारण संसद्प्रति नागरिक तहमा निराशा छाएको धारणा उहाँको छ ।

“यो वा त्यो बहानामा संसद् अवरुद्ध गर्ने परम्परा राम्रो होइन । जनताका सरोकारका विषय आउन नदिने, सांसदले नै आफ्नो कुरा नै राख्न नपाउने, अधिकार प्रयोग गर्न नपाउने, बोल्न नपाउने, जहिल्यै संसद् अवरुद्ध भइरहनु राम्रो होइन । यो गलत संस्कारलाई अन्त्य गरिनुपर्छ”, उहाँको भनाइ छ ।

संसद्को प्रभावकारिता देखिनका लागि सरकारले पनि त्यसमा भूमिका खेल्नुपर्नेमा उहाँ जोड दिनुहुन्छ । “संसद्लाई सरकारले बिजनेस दिने हो । सरकारले बिजनेस दिइसकेपछि विधेयक संसद्मा आउँछन् । संसद्बाट समितिमा जान्छन्”, उहाँ भन्नुहुन्छ, “अब संसद् यही भदौ २७ गते बस्दैछ । यो बीचमा कुनै बिजनेस नै छैन । बिजनेसबिनाको संसद् हुँदैन । सरकारले बिजनेस दिएन भने संसद् चलाएरमात्र के गर्ने रु त्यत्तिकै संसद् बस्ने कुरा पनि आएन  ।”

हाल एक सय १२ कानुन आउन बाँकी रहेको र मौलिक अधिकारसँग सम्बन्धितमात्रै ७८ वटा कानुन बन्न नसकेको उहाँको भनाइ छ । बन्न बाँकी कानुनलाई सरकार गम्भीर भएर धमाधम विधेयकका मस्यौदा बनाएर संसद्मा ल्याउनुपर्ने कुँवर बताउनुहुन्छ । त्यस्तै संसद् अवरुद्ध हुन नदिने वातावरण सिर्जना गर्ने दायित्व पनि सरकारकै रहेको उहाँको बुझाइ छ । “सरकारले आफ्नो जिम्मेवारी निभाउनुपर्यो । संसद् अवरुद्ध हुने, विभिन्न व्यवधान आउने कुरालाई सबैले मिलेर सहजीकरण गर्नुपर्यो”, उहाँ भन्नुहुन्छ, “देश बनाउने हो भने सबैले सामूहिक ढङ्गले जान सक्नुपर्छ । राजनीतिमात्रै गर्ने हो भने जनताले हेरिरहेकै छन् । मूल्याङ्कन गरिरहेकै छन् ।”

बिजनेस नभएका बेला सांसदहरू आफ्नो निर्वाचन क्षेत्रमा जाने र जनताका गुनासो, पीरमर्का सुन्ने समय पनि हो । सांसद जनताको बीचमा पनि जानुपर्ने हुन्छ । एक महिनासम्म आफ्नो सांसदलाई जिल्लामा नदेख्दा नागरिकस्तरमा प्रश्न उठ्ने उहाँ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ “एक महिना जिल्ला गएन भने सामाजिक सञ्जालमा गाली गर्छन् । सांसद काठमाडौँमा मात्रै बस्ने र आफ्नो विधायिकी भूमिकामात्रै हो भनेर बस्ने हो भने हामी जनताबाट टाढा हुन्छौँ । भोलि फेरि जनताका बीचमा जानुपर्ने हुन्छ । त्यसकारण दुवै खालका भूमिका निर्वाह सांसदले निभाउनुपर्छ ।”

जिल्लामा गएको बेला, आकस्मिक समस्या पर्दाको अवस्थाबाहेक सांसदहरू सदन र समितिमा जाने गरेको सांसद कुँवर बताउनुहुन्छ । सबै सांसद आफू रहेको समितिमा रहेर कानुन निर्माणमा लागिरहेको उहाँको भनाइ छ । प्रक्रियागत काम नागरिक तहमा कम जानकारीमा आउने भएका कारण पनि सांसदले केही काम नै गरेनन् भन्ने बुझाइ पर्न सक्ने उहाँको तर्क छ ।

उहाँ केही दिनअघिमात्र मन्त्रिपरिषद्बाट स्वीकृत भएको निजामती सेवा विधेयक सदनमा जतिसक्दो चाँडो प्रस्तुत गर्नुपर्ने बताउनुहुन्छ ।  त्यस्तै संसद्मा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८०, बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक (टिआरसी), सम्पत्ति शुद्धीकरण ९मनि लाउन्डरिङ० निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०७० लगायत विधेयक छलफलका क्रममा छन् । संसद् र संसदीय समितिमा औपचारिक एवं अनौपचारिक दुवै तरिकाले ती विधेयकमाथि छलफल भइरहेको छ । सबै पक्षको विचार एकीकृत होेउन् भनेर समितिमा विधेयकमाथिको छलफललाई तीव्रता दिएको सांसदकुँवर बताउनुहुन्छ ।

शान्ति प्रक्रिया सुरु भएको डेढ दशकभन्दा बढी समय भइसक्दा पनि बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपणको विषय टुङ्गिन नसक्नु दुःखद् रहेको उहाँको बुझाइ छ । उहाँ भन्नुहुन्छ, “शान्ति प्रक्रिया सुरु हुँदा जन्मेको बच्चा अहिले किरोशावस्था कट्न थालिसक्दा पनि यो विषय टुङ्गिन सकेको छैन । यसमा गम्भीर हुन जरुरी छ । हामी त गम्भीर छौँ नै, नेतृत्व पनि गम्भीर हुनुपर्छ ।” रासस

यो पनि पढ्नुहोस्

पूर्व प्रम माधवकुमार नेपालले सरकारको काम कारबाहीप्रति असन्तुष्टि

मूल्यवृद्धि नियन्त्रणमा सरकारको प्रयत्न देखिएन : अध्यक्ष नेपाल

२८ मिनेट अगाडि
पशुपति आएका भारतीय नागरिकलाई डान्स बार लगी ठग्ने ६ जना पक्राउ

पृथ्वी राजमार्ग स्तरोन्नतिमा प्रयोग हुने रोलरबाट डिजल चोरी

३० मिनेट अगाडि
ShareSendScan

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्

पूर्व प्रम माधवकुमार नेपालले सरकारको काम कारबाहीप्रति असन्तुष्टि

मूल्यवृद्धि नियन्त्रणमा सरकारको प्रयत्न देखिएन : अध्यक्ष नेपाल

२८ मिनेट अगाडि
पशुपति आएका भारतीय नागरिकलाई डान्स बार लगी ठग्ने ६ जना पक्राउ

पृथ्वी राजमार्ग स्तरोन्नतिमा प्रयोग हुने रोलरबाट डिजल चोरी

३० मिनेट अगाडि
स्क्रब टाइफस देखिएपछि विद्यालय बन्द

स्क्रब टाइफस देखिएपछि विद्यालय बन्द

३३ मिनेट अगाडि
प्राधिकरणद्वारा श्री र फिष्टेलका तीन हेलिकोप्टरको उडानमा प्रतिबन्ध

प्राधिकरणद्वारा श्री र फिष्टेलका तीन हेलिकोप्टरको उडानमा प्रतिबन्ध

३३ मिनेट अगाडि
खोइ महानगरका खाद्य निरीक्षक ?

खोइ महानगरका खाद्य निरीक्षक ?

९ घण्टा अगाडि
४६ देशका पर्यटक रामारोशनमा

४६ देशका पर्यटक रामारोशनमा

१३ घण्टा अगाडि

लोकप्रिय

  • वामदेव गौतमका दाजू तुलसी गौतमको निधन

    वामदेव गौतमका दाजू तुलसी गौतमको निधन

    0 shares
    Share 0 Tweet 0
  • पीएसओकी पत्नीमाथि गोली प्रहार

    0 shares
    Share 0 Tweet 0
  • इन्द्रजात्रा अवलोकन गर्न भीभीआईपीहरू हिँडेरै वसन्तपुर पुगे

    0 shares
    Share 0 Tweet 0
  • पैसा र गलत मान्छेको प्रभावमा कान्तिपुरले चरित्र हत्या गर्योः ख्रीष्टियन महासंघ ‘अध्यक्ष हटाएको हल्ला निराधार’

    0 shares
    Share 0 Tweet 0
  • राजनीति विद्यालयमै हुन्छ र हुनुपर्छ भन्ने मान्यता स्थापित गरौं !

    0 shares
    Share 0 Tweet 0
Facebook Youtube TikTok
जनधारणा

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

पैसा र गलत मान्छेको प्रभावमा कान्तिपुरले चरित्र हत्या गर्योः ख्रीष्टियन महासंघ ‘अध्यक्ष हटाएको हल्ला निराधार’

वामदेव गौतमका दाजू तुलसी गौतमको निधन

ललितपुर उद्योग वाणिज्य संघमा विश्वराज बज्राचार्य प्यानलको जित निश्चित

विनोद चौधरीको भारतीय कम्पनीमा आयकर विभागको छापा

पीएसओकी पत्नीमाथि गोली प्रहार

इन्द्रजात्रा अवलोकन गर्न भीभीआईपीहरू हिँडेरै वसन्तपुर पुगे

साइट नेविगेशन

  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist