शनि, जेष्ठ ९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

स्तालिनमाथिको प्रहार र उनको पछिल्लो दुर्लभ पुस्तक 

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
प्रकृतिलाई जोगाउने कि भयावह संकटको भुँवरीमा पर्ने ?
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
–लोकनारायण सुबेदी
हुन पनि कुनै पनि यथार्थ इतिहासले कसैको बचाउ गर्दैन । बैज्ञानिक समाजबादका निर्माता तथा महान लेनिनका सह–योध्दा जोसेफ स्तालिन कसैले यस्तो बचाउ गर्देओस् भन्ने पनि चाहँदैनथे । स्तालिनको निधन १९५३ को ५मार्चमा र त्यसको घोषणा ६ मार्चमा  भएपछि सोभियत संघका त्यसयताका शासकहरुले निरन्तर स्तालिनमाथि प्रहार गर्दै रहे । बास्तवमा स्तालिनले जति दिन सोभियत संघको सत्ता सम्हाले त्योभन्दा बढी दिन त उनको मृत्यु भएकै भइसक्यो तर आज पनि स्तालिन बिश्व समाजमा ज्यूँदै छन् । किनभने स्तालिनका कृतिहरु जीवन्त छन्। बैज्ञानिक समाजबादको धेय अमर छ र त्यसका लागिस्तालिनले दिएको योगदान अत्यन्तै महत्वपूर्ण र अतुलनीय पनि छ ।

बास्तवमा स्तालिनले जुन समाजबादी अर्थतन्त्रको जग बसाले त्यसलाई ख्रुश्चेभले अघि बढाउन र अझ उन्नत तुल्याउन सकेनन्, ब्रेज्नेभले दबाउन सकेनन्, त्यससँग टकराउन खोज्दा गोर्भाचेभको ‘ग्लास्नोस्त’ र ‘पेरेस्त्रोइका’नामको कथित ‘अनौठो क्रान्ति’ आफैं ध्वस्त भएर गयो भने बोरिस यल्तसिन पनि फास्स न फुस्स भएर सकिए ।
त्यसयता बिश्व पूँजीवादी दुनियाँका दिग्गज शासकहरु थेचरियन अर्थशास्त्र शुरु गर्ने मार्गरेट थेचर र जर्ज बुश पनि खारेज भए । जोन मेजर, हेल्मुटकोल, फ्राँस्वा मित्तेरा, बिल क्लिण्टन लगायत अहिलेसम्मका सबै पश्चिमा साशकहरुले पूँजीवादलाई कसरी टिकाउने  भनेर टाउको कन्याइरहेको र माथापच्ची गर्दै आएको देखिएको हो र अद्यापि देखिदैछ । अर्थात उनीहरुका योजनाहरुले कुनै बाञ्छित र सकारात्मक परिणाम ल्याउन सकेनन् ।अमेरिकी अर्थ–क्रान्तिहरुका जुन उपायहरु अघि सारिएका थिए तिनले पनि कुनै काम गरेनन् । ‘पाँच सय दिनमा पूँजीवाद स्थापना गर्ने’ कथित ‘शक थेरापी’को हालत पनि हल न चल भएर गयो । अनि त्यसपछि समाजबादलाई स्तालिन मोडल भनेर उडाउने गरेको प्रचार प्रसार पनि मन्द र अन्ततः बन्द भयो ।
हुन पनि यस प्रश्नको के उत्तर त्यतिबेला र अहिले पनि के हुन्छ कि सामुहीक फर्म तोड्दा अन्नको उत्पादन चौपट्ट भएर गएन ? राजकीय उद्योगहरुको शेयर नीजी हातमा दिइदा उत्पादन रसातलमा पुगेन ? साझा बजार र स्टक एक्सेञ्ज खोलिदा सट्टेबाजहरुका लागि चाँदी कटाई कमाइ भएन ? स्वतन्त्र बजारको नियम लागु गरिदा कालाबजारिया र मुनाफाखोरहरु स्वतन्त्र अर्थात मालामाल भएनन् ? । समाजमा अपराध र यौन अपराध ब्याप्त भएर अट्टहास गरिरहेका छन्, चोरी,डकैती, लुटपाटका घटनाहरु सर्बत्र बेरोकटक चलिहरेका छन् यी सबैकुराले स्पष्ट पार्दछन् कि तथाकथित कम्युनिष्ट तानाशाहीको स्थानमा खुँनी नब सामन्ती तथा पूँजीवादी गुण्डाशाही कायम भएको छ । बस बास्तबिकता यस्तै हो ।
आखिर सत्य के हो त उसो भए ?
आफ्ना प्रारम्भिक रचनाहरु र पछिका कतिपय रचनाहरुमा बिरोधाभाषका बारेमा सोधिदा कार्ल मार्क्सले भनेका थिए कि उनका पछिका अर्थात पछिल्ला रचनाहरु बढी प्रामाणिक छन् । यही कुरा स्तालिनमा पनि लागु हुन्छ नै । स्तालिनले पनि कयौ आफ्ना पूर्ब प्रस्थापनाहरुलाई छोडिदिएका छन् । स्तालिनले आफ्नो जीवनका अन्तिम कालमा एउटा महत्वपूर्ण पुस्तिका लेखेका छन् । त्यो हो – ‘सोभियत संघमा समाजबादका आर्थिक समस्याहरु’ । एक सय चार पानाको त्यो पुस्तिका सोभियत संघमा समाजबादी प्रयोगका अनुभव र उपलब्धीहरुको सैद्धान्तिक बिबेचना तथा भावी कार्यक्रमको रुपरेखा हो । सोभियत कम्युनिष्ट पार्टीको १९औं महाधिवेशनमा आफ्नो कमजोर स्वास्थ्यका कारण उनले कुनै अन्य दस्ताबेजहरु प्रस्तुत गर्नसकेनन् । तर यस पुस्तिकालाई भने उनले आफ्नो मन्तब्यकोरुपमा अबिधेशनमा प्रस्तुत गरे ।यसबाट नै प्रष्ट हुन्छ कि उनले समाजबादी अर्थतन्त्रलाई सही दिशा दिन र त्यसका बाधा ब्यवधानहरु पहिल्याउन कति ठूलो महत्व दिएका थिए । यस कारणले पनि त्यो उनको अन्तिम कृति कति महत्वपूर्ण रहेको छ भनेर औंल्याउन सकिन्छ ।
लेनिनको निधनपछि स्तालिन उनको मृत्यपर्यन्त सम्पूर्ण बिश्वको राजनीतिक ध्रुब र धूरी बनेर रहे । उनको मृत्युपछि बिरोधीहरुले उनलाई जतिसकुै सानो देखाउन र होच्याउन खोजे पनि उनी त्यत्तिकै ठूलो हुँदै गए ।‘‘सामुहीक फर्म’’ र ‘‘औद्योगीकरण’’ जस्ता बिषयलाई लिएर र अनि दोश्रो बिश्व युद्ध कालमा उनका नीतिहरुलाई लिएर जे जति गल्ती देखाउन र लेख्न खोजियो ती कुरा हेर्दा आजसम्म संसारका कुनै एक राजनेताका बारेमा शायदै कतै यत्तिको लेखिएको पाइएला  । तर पनि यो उनको अन्तिम र पछिल्लो कृतिका बारेमा उनका बिरोधीहरुले किन मशानघाटको जस्तो मौनता साधेर बसे ? यस बारेमा न त ख्रुश्चेभले न मिखाइल गोर्बाचोभले बिश्वको प्रथम समाजबादी अर्थतन्त्रका रचनाकारको यस अन्तिम कृतिका अबधारणाहरुका बारेमा न कहिल्यै मुख खोले न कतै एक शब्द नै लेखे । त्यो शायद यसकारणले होला कि उनीहरु जे जे गर्दै थिए त्यो उक्त पुस्तकमा दिइएका चेतावनीहरुका बिरुद्ध थियो र त्यस बिपरीत आफ्ना बिफलताहरुको जिम्मेवारी स्तालिनको टाउकोमा थोपर्न उनीहरु खोजिरहेका थिए । यो पहिलो ठूलो बेइमानी थियो । मिखाइल गोर्बाचेभले जब ‘ग्लास्नोस्त’ र ‘पेरेस्त्रोइका’अर्थात सुधार र खुल्लापनको घोषण गरे त्यतिबेला कतिपय मानिसहरुले स्तालिनका रचनाहरु प्रकाशित गराउन र तिनलाई सोभियत पुस्तकालयहरुमा सूचनाहरु उपलब्ध गराउन माग समेत गरेका थिए । तर त्यसो गर्नु त कता हो कता गोर्बाचेभको खुल्लापन र सुधारका बेला स्तालिनका रचना र कृतिहरुमाथि उल्टै प्रतिबन्ध लगाइयो ।
दोश्रो बिश्व युद्धको समाप्ति पछि पश्चिमा अर्थशास्त्रीरुले घोषणा नै गरिदिएका थिए कि सोभियत संघलाई आफ्नो खुट्टामा खडा हुन पच्चास बर्ष लाग्नेछ । तर युद्धले जर्जर भएको सोभियत संघ केवल ६ बर्षभित्र पुनर्निर्मित भएर सशक्त किसिमले खडा मात्र भएन साम्राज्यबादको एकक्षत्र चपेटामा परेको बिश्व बजारलाई तोडेर समानान्तर एक नयाँ समाजबादी बिश्व बजार समेत खडा गरिदियो । सन् १९५१ मा ती उपलब्धीहरुको मूल्यांकन तथा तिनको सैद्धान्तिक पक्षको बिवेचना एबं उच्च समाजबादी अबस्थाको भावी रुपरेखा तयार गर्नका लागि देशका अर्थ शास्त्रीहरु, प्राज्ञहरु र सामुहीक फर्महरु र राजकीय उद्योगहरुका निर्देशकहरुका बीच बहस र बिचार बिमर्श चलाईयो । त्यस बहसको समापन गर्दै स्तालिनले एक मन्तब्य दिएका थिए । १९औं पार्टी काग्रेसमा त्यस मन्तब्यको सम्पुष्टी गरियो । पछि त्यही मन्तब्य पुस्तिकाकारुपमा प्रकाशित भयो जसको चर्चा यो लेखको शुरुवातमा गरिएको छ ।त्यो पुस्तिका बिदेशी भाषा प्रकाशन गृह मास्कोद्वारा १९५२ मा प्रकाशित गरिएको थियो । तर पछिबाट यसको पुनर्मुद्रण भएन । सोभियत संघको बिघटन पछि यो पुस्तिका पुन चर्चामा आयो । खोजी गर्दा अँग्रेजीमा केही प्रति पाइएको कुरा प्रकाशमा आएको थियो तर अरु भाषामा भने अहिलेसम्म अप्राप्य नै रहेको बताइएको छ ।
सन् १९५१ को त्यस आर्थिक बहसमा केही प्रमुख अर्थशास्त्रीको मान्यता के थियो भने सोभियत संघ साम्यबादमा प्रवेश गर्ने स्थितिमा पुगिसकेको छ । ती बिद्वानहरुले त्यतिबेला ‘उत्पादक शक्तिहरुको मुक्तियुक्त समन्वय’’ र ‘‘प्रचुर उत्पादन’’को सिद्धान्त प्रस्तुत गरेका थिए ।स्पष्ट छ, उनीहरुको यस भनाइले ती बिद्वानहरु सोभियत संघको तत्कालीन चौतर्फी सफलताहरुबाट अति उत्साहित रहेको देखिन्छ ।
तर स्तालिन उनीहरुका त्यस्ता बिचारसँग सहमत थिएनन् । उनले के मान्दथे भने एक देशमा समाजबाद त सम्भव छ तर एक देशमा साम्यबाद असंभव छ । उनले यस्ता मानिसहरुकालाई ‘‘आर्थिक दुस्साहसिकता’’को शिकार बताएका थिए र के चेतावनी दिएका थिए भने उनीहरुको बिचारलाई कार्यान्वयन गरियो भने त्यसको बिनाशकारी परिणाम आउने छ । स्तालिनले के पनि प्रष्ट बताएका थिए भने समाजबादी उत्पादनको उदेश्य ‘‘प्रचुर उत्पादन’’ होइन, बरु ‘‘समाजको भौतिक तथा साँस्कृतिक आवश्यकताहरुको अधिकतम् सन्तुष्टी हो।’’ मानिसहरुको जीवन दशा सुधार्नुको साथसाथै तिनको साँस्कृतिक उन्नयन र नयाँ मानब निर्माणको उनी पक्षधर थिए । उनले भनेका छन् – साम्यबाद केवल ‘घोषणाहरु’बाट आउँदैन । यसका लागि त सोभियत समाजले अनेक ‘शिक्षण’ र ‘पुनर्शिक्षण’को लामो कालखण्डबाट गुज्रिनुपर्ने हुन्छ ।
त्यस पुस्तिकामा हामीले के के गर्नु पर्दछ र के के गर्नु हुँदैन भन्ने कुरा एक एक गरेर गनाइएको छ र भनिन्छ त्यो पुस्तक पढिसके पछि के स्पष्ट ज्ञात हुन्छ भने ख्रुश्चोभ र त्यसपछिका सोभियत शासकहरुले त्यही गर्ने गरे जुन त्यस पुस्तिकामा नगर्नु पर्ने बताइएको थियो अनि त्यही गरेनन् जुन अबश्य  गर्नु पर्ने बताइएको थियो । यसको ज्वलन्त प्रमाण सोभियत कम्युनिष्ट पार्टीको बीसौं महाधिवेशन पछिको सोभियत संघमा ‘साम्यबाद’ स्थापित गर्ने ‘२० बर्षे योजना’कोे खुल्ला घोषणा गरिनुलाई औंल्याइएको छ ।
यस कारण यो किन उचित लाग्छ भने सोभियत कम्युनिष्ट पार्टीको २०औं महाधिवेशनदेखि लिएर २८औ महाधिवेशनसम्मका कार्यकलापहरुको  समुचित छानबिन गरिनु पदर्छ । आफ्नो जीवनको अन्तिम कालमा समाजबादका प्रथम रचनाकारले लेखेका कुराहरुलाई देखेको नदेखेझैं गरिनु हुन्न र गर्न सकिदैन । यसको अभावमा समाजको मूल्यांकन एकांगी र अधूरै रहन जाने कुरा निश्चित छ भन्ने बस्तुगत र बैज्ञानिक बिश्लेषकहरूको प्रष्ट मान्यता छ ।
समाजबादका आर्थिक नियमहरुको चरित्र मालको उत्पादन, मूल्यको नियमन र मालको परिचालन, राजकीय उद्योग, सामुहीक फर्महरु, सम्पत्तिको सामाजिक स्वामित्व र त्यसको स्वरुप नगर तथा गाउँका बीचको बिभेदको अन्त्य, मानसिक तथा शारिरिक श्रमको अन्तरबिरोध र त्यसको बिलोपन, समाजबादबाट उच्च समाजबाद र पुनः साम्यबादमा संक्रमणकासमस्याहरु इत्यादि गहन बिषयहरुका बारेमा त्यो पुस्तकले प्रष्टरुपमा चित्रण गर्नुका साथै सटीक परिभाषाहरु दिन्छ भनेर त्यसका गम्भीर अध्येताहरुले उल्लेख गरेका छन् । पुस्तकमा बिश्व पूँजीवादको आम संकट र पूँजीवादी देशहरुका बीच युद्धको अनिवार्यताको  सिद्धान्त प्रस्तुत गरिएको मात्रै होइन, त्यसमा स्तालिनले बिश्वासपूर्बक भबिष्यबाणी पनि गरेका थिए कि पश्चिम जर्मनी र जापान(जो त्यतिबेला पददलित रहेका थिए) फेरि अमेरिकालाई चुनौति दिनका लागि उठेर खडा हुन्छन् । खाडी युद्ध र त्यसपछिका पनि अन्तर्राष्ट्रिय घटनाक्रमहरु स्तालिनको भबिष्यबाणीकै अनुरुप भएका कतिपयले औंल्याएका छन् ।
चीनमा पनि आजभोली जे जे कुराहरु भइरहेका छन् तिनलाई बुझ्न र केलाउनका निम्ति पनि यो पुस्तक पढ्नु निकै उपयोगी हुने बताइन्छ । यो अकारण होइन कि माओ त्सेतुङ्ग पछाडि तेङ्ग सियाओपिङ्गले स्तालिनका रचनाहरु प्रकाशन गर्ने काम जारी राखे । आज त के बिश्वास गर्न सकिन्छ भनिदैछ भने सोभियत संघ बिखण्डन भइसके पछि उत्पन्न सैद्धान्तिक शून्यतालाई भर्न र नयाँ बिश्वासकासाथ समाजबादी कार्य दिशाको मैदानमा उत्रिनका लागि त्यो पुस्तक एक महत्वपूर्ण उत्प्रेरक सावित भएको छ र भइरहनेछ । अनि यसबाट शायद स्तालिनको सम्मानपूर्ण, उच्च र सही मूल्यांकन पनि स्वभावतः हुनेछ ।

यो पनि पढ्नुहोस्

हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्न गृहकार्य

हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्न गृहकार्य

१ घण्टा अगाडि
कोइला खानीमा ग्यास विस्फोट हुँदा कम्तीमा आठ जनाको मृत्यु

कोइला खानीमा ग्यास विस्फोट हुँदा कम्तीमा आठ जनाको मृत्यु

५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

गान्तोकमा डा. कायस्थको पुस्तक विमोचन

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

कोइला खानीमा ग्यास विस्फोट हुँदा कम्तीमा आठ जनाको मृत्यु

भारतमा इन्धनको मूल्यमा वृद्धि हुने क्रम जारी

आन्दोलित बार एसोसिएसन शपथपछि संयमित

हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्न गृहकार्य

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक