काठमाडौं । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनियताको शपथ लिएका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङबाट उनले पद तथा शपथ लिएका हुन् ।
सर्वोच्च अदालतको बिहीबारको परमादेश अनुसार प्रदेश प्रमुख परशुराम खापुङले प्रदेशसभाको सबभन्दा ठूलो दलको नेता कार्कीलाई आजै संविधानको धारा १६८ ९३० अनुसार मुख्यमन्त्री नियुक्त गरेका थिए । नवनियुक्त मुख्यमन्त्री कार्कीसँगै ३ मन्त्री र एक राज्यमन्त्रीले पनि शपथ लिएका छ्न ।
मुख्यमन्त्री कार्कीले आज तिलकुमार मेन्याङ्वो, एकराज कार्की पाँचकर्ण राईलाई मन्त्री नियुक्ति गरेका छन् भने सिर्जना राईलाई राज्यमन्त्री नियुक्त गरेका थिए । नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीले पनि शपथ लिएका छ्न । मेन्याङ्वो ताप्लेजुङ,कार्की झापा र राई खोटाङ्बाट विजयी भएका हुन । भने सिर्जना भोजपुरकी समानुपातिक सांसद हुन् ।
ताप्लेजुङका सांसद तिलकुमार मेन्याङ्बो खानेपानी, सिंचाइ तथा ऊर्जामन्त्री, त्यस्तै खोटाङबाट निर्वाचन सांसद पाँचकर्ण राईले पर्यटन, वन तथा वातावरणमन्त्री र झापाबाट निर्वाचित सांसद एकराज कार्कीले भौतिक पूर्वाधार विकासमन्त्रीको शपथ लिएका छन् । त्यस्तै, भोजपुरबाट समानुपातिक सांसद सृजना राई सामाजिक विकाश राज्यमन्त्रीको शपथ लिएकी छन् ।