काठमाडौं / काठमाडौं महानगरपालिका-१६ माछापोखरी कुमारीस्थानको मूल सडकबाट दिनदहाडै ५ लाख रुपैयाँ नगद चोरी भएको छ ।
रोकिराखेको गाडीमा राखिएको कालो झोला चोरी भएको हो। उक्त ५ लाख रुपैयाँ नगद रहेको र चोरी भएको छ। झोलामा दिनेशकुमार श्रेष्ठको नगद, चेक र कागजपत्रसमेत रहेको प्रहरीले जनाएको छ।
बालाजुका प्रहरी प्रमुख मनोजित कुवँरका अनुसार मंगलबार बिहान करिब ९ बजेको समयमा उक्त झोला चोरी भएको हो।
श्रेष्ठ खुद्रा व्यापारी हुन्। उनले बैंकमा रकम जग्मा गर्न जान लाग्दै गर्दा रकम चोरी भएको श्रेष्ठले दाबी गरेको प्रहरीले जनाएको छ।
झोला चोरी भएको नजिकैको सीसीटिभीमा कैद भएको पाइएको छ। सीसीटिभीको आधारमा उक्त व्यक्तिको खोजी भइरहेको कुवँरले बताएका छन्।


