शुक्र, अशोज ५, २०८०
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

माओवादी अभियानमा शहीद परिवारलाई सम्मान

धारणा न्यूज by धारणा न्यूज
३ हप्ता अगाडि
0
माओवादी अभियानमा शहीद परिवारलाई सम्मान

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता–कार्यकर्ताहरुले श्रमदान, शहीद परिवारलाई सम्मान र सार्वजनिक स्थल सरसफाइ गरेर विशेष रुपान्तरण अभियान सुरु गरेका छन् । शनिबार माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पार्टी कार्यालय पेरिसडाँडाबाट उदघाटन गरेपछि देशैभर एकसाथ सुरु भएको ‘जनतासँग माओवादी : विषेश रुपान्तरण अभियान’तीन महिनासम्म चल्ने छ ।

पार्टीको केन्द्रीय अध्यक्षदेखि साधारण सदस्यसम्म वडा तहसम्मै परिचालन हुने र झन्डै २५ लाख जनतासँग प्रत्यक्ष संवाद गर्ने लक्ष्यका साथ सत्तारुढ माओवादी केन्द्रले रुपान्तरण अभियान थालेको छ । यही योजना अनुसार माओवादी अध्यक्ष प्रचण्ड शनिबार काठमाडौंको चन्द्रागिरि नगरपालिका वडा नम्बर २ घट्टेडाँडाको कार्यक्रममा सहभागी भएका थिए । त्यहाँका स्थानीयले नागढुंगा सुरुङमार्ग निर्माणको क्रममा भोग्नुपरेका समस्याबारे जानकारी गराएपछि प्रधानमन्त्री प्रचण्डले कार्यक्रमस्थलबाटै आयोजना प्रमुखलाई फोन गरेर एक हप्ताभित्र समस्या समाधान सम्बन्धी प्रतिवेदन पेस गर्न निर्देशन दिएका थिए । अभियानको उदघाटनको दिन मकवानपुर, काभ्रे लगायतका विभिन्न जिल्लाहरुमा श्रमदान, शहीद परिवारलाई सम्मान र विकास निर्माणका काममा माओवादी नेता कार्यकर्ताहरु सहभागी भएका छन् ।

माओवादी केन्द्र मकवानपुरका अनुसार पार्टीको तीनमहिने अभियानको उदघाटन गर्ने क्रममा बागमती गाउँपालिका वडा नम्बर ७ कमिटीले चौरा आधारभूत विद्यालयका लागि खानेपानी इनार निर्माण तथा पाइप पुर्ने कार्य गरेको छ । साथै तीर्थकुमारी श्रेष्ठको खेतमा धान पनि गोडेको पार्टीका मकवानपुर संयोजक एवं बागमती गाउँपालिका अध्यक्ष सर्केश घलानले जानकारी दिए । यसका साथै अन्य वडामा कोदो रोप्ने, धान गोड्ने, मन्दिर र अन्य क्षेत्र सरसफाइ गरिएको उनले बताए ।

यसैगरी बागमती गाउँपालिका वडा नम्बर ६ मा जनहित आधारभूत विद्यालयमा अध्ययनरत उत्कृष्ट विद्यार्थीहरू, व्यवस्थापन समितिका पूर्व अध्यक्षहरू, स्कुलका प्रधानाध्यापक, वर्तमान व्यवस्थापन समितिका अध्यक्ष, स्नातकोत्तरसम्म अध्ययन गरेका त्यही स्कुलका पूर्व विद्यार्थीहरू, पूर्वशिक्षिका, शिक्षक र खेलकुदमा योगदान पुर्याएका विभिन्न व्यक्तिलाई पनि सम्मान गरेर अभियान सुरु गरिएको केन्द्रीय सदस्य विष्णु सापकोटा (जुगल)ले जानकारी दिए ।

भीमफेदी गाउँपालिकामा भने त्रिभुवन राजमार्गको पहिरो पन्छाउने काममा माओवादी नेता कार्यकर्ताहरु खटिएका थिए । थाहा नगरपालिकामा माओवादी केन्द्रले वृद्धवृद्धालाई न्यानो कपडा वितरण गर्ने, अन्तरक्रिया गर्ने, जनताले चाहेको माओवादी रुपान्तरणका विषयमा जनतालाई सोध्ने लगायत काम गरेको माओवादी केन्द्र थाहा नगर अध्यक्ष विनोद लामाले जानकारी दिए । त्यसैगरी राक्सिराङ गाउँपालिकाले कमिटीले वडा ५ स्थित विर्षे खोलामा आवतजावतमा बाधा पुगेका कारण ह्युमपाइप हालेको पार्टीका पालिका इञ्चार्ज एवं गाउँपालिका उपाध्यक्ष वनस्थम थिङले जानकारी दिए । माओवादी केन्द्रले जिल्लाभर श्रमदान गर्ने र श्रमदान नगरिएको स्थानमा अभियानको कार्यतालिका बनाउने, जनताको गुनासो सुन्नेलगायत काम गरेको पार्टीका जिल्ला संयोजक घलानले जानकारी दिए ।

यसैगरी काभ्रेको मण्डनदेउपुर नगरपालिकाका वडाहरुमा पनि शहीद परिवारका सदस्यलाई सम्मान गर्ने, पहिरो पन्छाउने र मन्दिर सरसफाइ गरेर अभियान उदघाटन गरिएको छ । सो नगरपालिकामा खटिएका नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य सन्तोष पौडेलका अनुसार अभियानको पहिलो दिन गुम्बा सिंह, बहादुरसिंह तामाङ लगायतका शहीद परिवारका सदस्यहरुलाई सम्मान गरिएको छ । यसैगरी वडा नं ३ मा पार्टीको वडा कार्यालय उदघाटन, वडा नम्बर ४ मा पहिरो पन्छाउने काममा श्रमदान र महाकाली मन्दिर परिसर सरसफाइ तथा वृक्षारोपण गरिएको छ ।

नेता पौडेलका अनुसार अभियान अवधिभर प्रत्येक हप्ता श्रमदान गर्ने र शहीद परिवार, बेपत्ता परिवार, घाइते, अपांग र पूर्व जनमुक्ति सेनाका सदस्यलाई अभियानमा सम्मान गर्ने कार्यक्रम छ । साथै कार्यक्रम गर्दा मञ्च नबनाउने, अतिथिलाई खादा माला नलगाइदिने, महिला वक्तालाई समय दिने, अरूको आलोचना नगरी पार्टीका एजेण्डा र उपलब्धिबारे छलफल तथा अन्तरक्रिया गर्ने विधि निर्माण गरिएको उनले बताए ।

यो पनि पढ्नुहोस्

विश्वकप खेल्न पाकिस्तान क्रिकेट टिम घोषणा

विश्वकप खेल्न पाकिस्तान क्रिकेट टिम घोषणा

१६ मिनेट अगाडि
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले जेरियाट्रिक मेडिसिनमा एक वर्षे पोष्ट डक्टरल फेलोसिप सञ्चालन गर्ने

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले जेरियाट्रिक मेडिसिनमा एक वर्षे पोष्ट डक्टरल फेलोसिप सञ्चालन गर्ने

१ घण्टा अगाडि
ShareSendScan

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्

विश्वकप खेल्न पाकिस्तान क्रिकेट टिम घोषणा

विश्वकप खेल्न पाकिस्तान क्रिकेट टिम घोषणा

१६ मिनेट अगाडि
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले जेरियाट्रिक मेडिसिनमा एक वर्षे पोष्ट डक्टरल फेलोसिप सञ्चालन गर्ने

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले जेरियाट्रिक मेडिसिनमा एक वर्षे पोष्ट डक्टरल फेलोसिप सञ्चालन गर्ने

१ घण्टा अगाडि
यस्ताे रहेकाे छ शिक्षकका १८ बुँदे माग

यस्ताे रहेकाे छ शिक्षकका १८ बुँदे माग

१ घण्टा अगाडि
ग्लोबल आइएमई बैङ्कको कल्याणपुरमा ६५औँ एक्सटेन्सन काउन्टर सञ्चालनमा

ग्लोबल आइएमई बैङ्कको कल्याणपुरमा ६५औँ एक्सटेन्सन काउन्टर सञ्चालनमा

२ घण्टा अगाडि
प्रधानमन्त्री  प्रचण्ड न्युयोर्कबाट सिधै चीन प्रस्थान गर्ने

प्रधानमन्त्री प्रचण्ड न्युयोर्कबाट सिधै चीन प्रस्थान गर्ने

२ घण्टा अगाडि
धुलिखेल नगरपालिका दक्षिण एशियाली ‘हेल्दी सिटी’ को सदस्य बन्दै

धुलिखेल नगरपालिका दक्षिण एशियाली ‘हेल्दी सिटी’ को सदस्य बन्दै

२ घण्टा अगाडि

लोकप्रिय

  • अमेरिकाको “बेस्ट द् याम् ब्लुज महाेउत्वसमा” अशेषकाे उत्कृष्ट प्रर्दशन

    अमेरिकाको “बेस्ट द् याम् ब्लुज महाेउत्वसमा” अशेषकाे उत्कृष्ट प्रर्दशन

    0 shares
    Share 0 Tweet 0
  • शिक्षा विधेयकप्रति असहमति जनाउँदै बालेनले शिक्षकहरुलाई भने- पठनपाठनमा अवरोध चाहिँ नपुर्‍याउनुहोला

    0 shares
    Share 0 Tweet 0
  • किर्ते कागजमा सयभन्दा बढी कामदार जापान पुगेको खुलासा

    0 shares
    Share 0 Tweet 0
  • प्रधान सेनापति महारथी प्रभुराम शर्मा नयाँ दिल्ली जाँदै

    0 shares
    Share 0 Tweet 0
  • यस्ताे रहेकाे छ शिक्षकका १८ बुँदे माग

    0 shares
    Share 0 Tweet 0
Facebook Youtube TikTok
जनधारणा

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

अमेरिकाको “बेस्ट द् याम् ब्लुज महाेउत्वसमा” अशेषकाे उत्कृष्ट प्रर्दशन

अन्तर्राष्ट्रिय बिमानस्थल नजिकै चारजनाको हत्या गरी प्रहरीमा आत्मसमर्पण !

डलरको भाउमा नयाँ रेकर्ड कायम

गैह्रीगाउँ हत्याकाण्डको नयाँ तथ्य !

शिक्षा विधेयकको विरोधमा प्रदर्शन

फ्रान्सले लगायाे आईफोन १२ माथि प्रतिबन्ध

साइट नेविगेशन

  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist