बिहि, असार २५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

चितवन मेडिकल कलेजमा १० वर्षमा सात हजार बढी मुटुको शल्यक्रिया

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
चितवन मेडिकल कलेजमा १० वर्षमा सात हजार बढी मुटुको शल्यक्रिया
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

चितवन । चितवन मेडिकल कलेज (सिएमसी) ले विगत १० वर्षमा सात हजार एक सय ९० जनाको मुटुको शल्यक्रिया गरेको छ । प्रा.डा श्यामराज रेग्मी र प्रा. डा विष्णुमणि धितालको टोलीले सो शल्यक्रिया गरेको हो ।

दश वर्षसम्म काठमाडौंको गङ्गालाल हृदयरोग केन्द्रमा पाइएको अनुभव लिएर चितवन आउनुभएका प्रा डा रेग्मीले सिएमसी क्याथल्याब सुरु गर्नुभएपछि यस क्षेत्रका बिरामी बाहिर जानु परेको छैन भने काठमाडौंलगायत अन्यसहरबाट समेत मुटुको उपचारका लागि यहाँ आउने गरेको पाइएको छ ।

क्याथल्याब इञ्चार्ज अमृत काफ्लेका अनुसार विसं २०७० भदौ ११ गतेदेखि हालसम्म अस्थायी पेसमेकर तीन सय २० जनामा, स्थायी पेसमेकर तीन सय जनामा, क्रोनरी एन्जीयोग्राफी तीन हजार पाँच सय जनामा, क्रोनरी एन्जीयोप्लास्टीक दुई हजार पाँच सय पाँच जनामा गरिएको थियो । मुटुको सानो भल्व बेलुनले फुलाउने (बिपीभी) १५ जनामा, मुटुमा जमेको पानी तान्ने एक सय ५० जनामा, मुटुको आसपासका नसाको एन्जीयोग्राफी १५० जनामा र मुटुको बाथरोगको बेलुनद्वारा फुलाउन दुई सय ५० जनामा शल्यक्रिया गरिएको उहाँले जानकारी दिनुभयो ।

डा. रेग्मीका अनुसार सात वर्षदेखि ९६ वर्षसम्मका बिरामीको मुटुको शल्यक्रिया गरिएको छ । नेपालमा मुटु रोगको उपचार हुने सरकारी अस्पताल गङ्गालालसरहको शल्यक्रिया शुल्क लिँदै आइएको अस्पतालले जनाएको छ । अस्पतालमा नेपाल सरकारले उपलब्ध गराउँदै आएको रु एक लाखको छुटसमेत बिरामीले पाउने गरेका छन् ।

चितवनसहित देशैभरका बिरामीले अस्पतालबाट सेवा लिइरहेको उहाँले जानकारी दिनुभयो । डा. रेग्मीले आफूले गरेका शल्यक्रियामा ३० प्रतिशत ७५ वर्षमाथिका वृद्धवृद्धा रहेको बताउनुभयो ।

उहाँले नचिरिकन शल्यक्रियासमेत गरिने भएकाले राजधानी काठमाडौंबाट समेत बिरामी आउने गरेको बताउनुभयो । राजधानी काठमाडौंमा रहेका निजी तथा सरकारी मुटु अस्पताल सरहको उपकरण, प्रविधि र जनशक्ति यहाँ रहेको जिकिर गर्दै उहाँले थप्नुभयो, “हामी उपकरण, प्रविधि र जनशक्तिमा कमजोर छैनौँ । अस्पतालमा अत्याधुनिक उपकरणसहितको क्याथल्याब पनि छ ।”

हिँड्दा छाती दुख्ने, छाती भारी हुने, स्वाँ–स्वाँ हुनेजस्ता लक्षण देखिएमा मुटुरोग लागेको हुनसक्ने भन्दै डा. रेग्मीले यस्ता लक्षण देखिए तुरुन्त परीक्षण गराउन सुझाव दिनुभयो ।

मेडिकल कलेजका अध्यक्ष एवम् प्रबन्ध निर्देशक प्रा. डा हरिश्चन्द्र न्यौपानेले काठमाडौंसहित देशैभरबाट मुटुको उपचारका लागि बिरामी आउने गरेको बताउनुभयो । मुटुको शल्यक्रिया धेरै गर्ने चिकित्सक डा. रेग्मी परिचित भएकाले यसअघि उपचार पाएकाको सुझावकै कारण धेरै बिरामी आउने गरेको उहाँको भनाइ थियो । विगत दस वर्षमा मुटुको शल्यक्रियाको सङ्ख्या धेरै भएको र  पछिल्लो तीन वर्षमा यो सङ्ख्या अत्याधिक बढेको थियो । प्रवन्ध निर्देशक न्यौपानेले भन्नुभयो, “विदेश जाने बिरामीलाई सोही स्तरको सेवा हामीले दिन सकेका छौँ ।” रासस

यो पनि पढ्नुहोस्

प्रधानमन्त्री बनेपछि पहिलोपटक निजी क्षेत्रका प्रतिनिधिसँग भेट्ने

विशेषज्ञ स्वास्थ्य सेवा प्रवाह सुदृढ बनाउन सरकार ध्यानाकर्षण

२ घण्टा अगाडि
नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट देखिएको छैन

नेपालमा हाल हान्टाभाइरसको कुनै स्वास्थ्य जोखिम नरहेको स्पष्ट

३ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

‘नेपाली रूट्स समिट-२०२६’ जर्मनीको म्युनिखमा सम्पन्न

टोरन्टो विश्वविद्यालयद्वारा सञ्चालित यस वर्षको नेपालभाषा समर स्कूल कार्यक्रम सम्पन्न

पाँचथरमा लागुऔषधको प्रयोग गर्नेको संख्या बढ्याे

उठिबास पीडित सुकुम्बासीहरूलाई ती होल्डिङ्ग सेन्टरबाट हट्न अल्टिमेटम दिने

प्रदेशमा प्रहरी अधिकार, उत्तरदायित्व र राष्ट्रिय सुरक्षाको प्रश्न

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक