काठमाडाैं । काठमाडाैं महानगरपालिका वडा १५ नमुना बस्ती स्वयम्भुमा गत भाद्र ८ र ९ गते काठमाडौं महानगरपालिकाले बस्ती हटाउनु भनी माईकिङ्गबाट दिएको सूचनालाई आधारमानी स्वयम्भुको ४६ घर नमुना बस्तीको अवस्थालाई अवलोकन गरेकाे छ ।
संयुक्त राष्ट्रिय सुकुमबासी मोर्चा नेपाल, विभिन्न पार्टिका जनसंगठनहरु , समाजिक संघसंस्थाहरु, नेकपा एमालेका जनसंगठन भुमिअधिकार तथा श्रमिक संगठन नेपाल लगातका संलग्नतामा काठमाडौं महानगरपालिका १५ वडाका सचिव, जनप्रतिनिधिहरु महानगरका एस.एस.पि राजुनाथ पाण्डेको विशेष उपस्थितिमा भएकाे छलफलमा नमुना बस्ती अगाडिका रोडको लेवल भन्दामाथि बनेका १४ वटा घर टहराको तल्ला हटाउनु पर्ने सहमति भएको छ।
नेपाल सरकारले ब्यवस्थापन नगरुन्जेल यथास्थानमा नै बस्ती रहने गरि दुबै पक्ष सहमति भएको जानकारी प्राप्त भएकाे छ । साे सहमतिको लागि संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चका सह अध्यक्ष नारायण परिश्रमी उपाध्यक्षहरु राजु तामाङ, बिना बुद्दचार्य, राजकुमार पाण्डे , लिला मोक्तान र प्रकाश खरेल लगायत अन्य पदाधिकारीहरुको अहम् भुमिका रहेको थियो।
व्यापक जनसहभगिताको लागि भुमिअधिकार तथा श्रमिक संगठन , अखिल नेपाल सुकुम्बासी संघ, नेपाल बसोबास बस्ती संरक्षण समाज, र नेपाल महिल एकताको अहम् भुमिका रह्यो । साथै सुकुम्बासी व्यवस्थापन गर्न काठमाडौं महानगरपालिका , राष्ट्रिय भुमी आयोग र संयुक्त राष्ट्रिय सुकुमवासी मोर्चा नेपालको सहकार्य भएमा सुकुम्बासीलाई ब्यवस्थापन गरी निकट भविश्यमै सुकुम्बासी मुक्त महानगर बनाउन सकिने धारणा व्यक्ताहरूले राखेकाे थियाे ।
कार्यक्रममा नेकपा (एमाले) पोलितब्यूरो सदस्य तथा महानगर पार्टी इन्चार्ज रामेश्वर फुयालले भुमी अधिकारका लागि अब्यवस्थित बसोबास गरि रहेका गरिब शहरीया मानिसहरुले संघर्ष गर्नुपर्ने अवस्था भएको जनाए। स्वयम्भू क्षत्रमा बर्षाैदेखि अब्यवस्थित रूपमा बसोबास गरिरहेकाहरूलाई उचित विकल्प नदिइकन राज्यले लखेट्ने नपाइने धारणा राखे ।