सोम, असार १, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

भेरी करिडोरको तल्लु–दुनै सडक निर्माण अलपत्र

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
भेरी करिडोरको तल्लु–दुनै सडक निर्माण अलपत्र
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

जाजरकोट । भेरी करिडोरअन्तर्गत जाजरकोटको तल्लुदेखि डोल्पाको सदरमुकाम दुनैसम्म अस्थायी ट्र्याक खोलिएको सडक निर्माण रोकिएको छ। भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयअन्तर्गत ६२ किलोमिटर सडक कालोपत्रका लागि स्रोत सुनिश्चित गर्न माग गरिए पनि अर्थ मन्त्रालयले सहमति नदिँदा काम रोकिएको भेरी करिडोर सडक आयोजना कार्यालयले जनाएको छ।

गत आर्थिक वर्ष नै कालोपत्रका लागि रकम माग गरिए पनि अर्थ मन्त्रालयले हालसम्म सहमति नदिएकाले निर्माण अलपत्र परेको आयोजनाका प्रमुख सुजन अधिकारीले बताए। उनका अनुसार एक सय १८ किलोमिटर सडकमध्ये ५६ किलोमिटरमा ठेक्का भई कालोपत्रको काम जारी रहेको छ। जाजरकोटको पासागाडदेखि तल्लुसम्म कालोपत्रको काम यति विल्ड्रस प्रालिले गरिरहेको जनाउँदै उनले बाँकी ६२ किमी सडकको काम रोकिएको बताए।

‘चालु आवमा पनि माग गरी पठाएका छौँ। यदि अर्थले सहमति दिएर रकम निकासा भए गत आवमा विनियोजन गरिएको बजेटभन्दा चार गुणा बढी बजेट पाउने सम्भावना देखिएको छ,’ प्रमुख अधिकारीले भने। उनका अनुसार गत आवमा सरकारले भेरी करिडोरका लागि रू ५० करोड विनियोजन गरेको थियो।

उक्त बजेटले जाजरकोट खलङ्गाको पासागाडदेखि तल्लुअन्तर्गत काम भइरहेको बताउँदै रकम अभावका कारण निर्माण प्रभावित भएको प्रमुख अधिकारीले बताए। तल्लुबाट त्रिपुराकोटसम्म काम सम्पन्न भए मात्रै यस सडकखण्डले पूर्णता पाउने उनको भनाइ थियो। आव २०७९/८० मा स्रोत सुनिश्चित गरेर काम सुरु गर्ने भनिए पनि अर्थ मन्त्रालयले सहमति नदिँदा काम रोकिएको प्रमुख अधिकारीले बताए।

यस आवमा पनि स्रोत सुनिश्चित गर्न ढिलाइ गरी काममा अवरोध गर्नु भनेको यस क्षेत्रको विकासमा बाधा पुर्‍याउने काम भइरहेको डोल्पा त्रिपुराकोटका रामचन्द्र न्यौपाने बताए। कच्ची सडक र पुल नहुँदा अहिले यस सडकखण्डमा दैनिक यात्रा गर्न सास्ती भइरहेको उनको भनाइ थियो।

भारतको रोपैडियाँ, लुम्बिनी प्रदेशको नेपालगञ्ज, कर्णालीको सुर्खेत–छिन्चु, सल्यानको सल्लीबजार, जाजरकोट, रुकुम पश्चिम, डोल्पा तथा चीनको सिमाना क्याटो, मरिम्ला यस सडकले जोड्ने उनले बताए। सरकारले यसलाई प्राथमिकता राखी त्रिदेशीय सडकका रुपमा विकास गरे चीनसँगको व्यापारमा समेत सहजता आउने डोल्पालीले माग गर्दै आएका छन्।

यो सडक भेरी नदीको किनारै किनारमा पर्दछ। दुनैसम्म अहिले कच्ची सडक भए पनि सोभन्दा माथि उपल्लो डोल्पामा भने सडक सञ्जाल पुगेको छैन। पालिकाले आफ्नै पहलमा केही कच्ची  सडक निर्माण गरेपछि साना तथा दुई पाङ्ग्रे सावारी सञ्चालन हुने गरेका स्थानीय बताउँछन्।

पुल निर्माणमा ढिलाइ

पुल निर्माण गर्नसमेत अर्थ मन्त्रालयले स्रोत सुनिश्चित नगर्दा भेरी करिडोरमा बाँकी पुलको काम हुन नसकेको आयोजनाका प्रमुख अधिकारीले बताए। ठेक्का सम्झौता भई निर्माण सुरु हुनुपर्ने बेलासम्म पनि पुल विभागले डिजाइन स्वीकृत नगर्दा काममा विलम्ब हुँदै आएको उनले बताए।

उनका अनुसार भेरी करिडोरको चुँगाड, रिजिगाड, उसुमखोला, करवगाड, खदाङ, मैदे खोला पक्की पुलका लागि स्रोत सुनिश्चित हुन ढिला भएको छ।

त्यस्तै, तल्लु, छलगाड, झिम्रिखोला, ताँसुगाडको ठेक्का सम्झौता भइसकेको छ भने पिपेको डिजाइन स्वीकृत भएको अधिकारीले जानकारी दिए। उनका अनुसार झिमिखोला, नलगाड, करवगाड, खदाङ, त्रिपुराकोटमा अस्थायी बेलिब्रिज निर्माण गरी यातायातका साधन सञ्चालनमा भइरहेका छन्।

यो पनि पढ्नुहोस्

धार्के बजार क्षेत्रमा कालोपत्रे गर्ने कार्य पुनः सुरु

धार्के बजार क्षेत्रमा कालोपत्रे गर्ने कार्य पुनः सुरु

१ दिन अगाडि
३२ केभी प्रशारण लाइनको पुरानो लाइनबाट कर्णालीमा विद्युत् सेवा सञ्चालन

३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य

१ महिना अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

संस्कृति बन्न सकेन रक्तदान

कामपाले विद्युतीय भवन अनुमति प्रणालीको उपयोग गर्ने प्रबन्ध मिलाउने

अजय र विर्जनलाई तत्काल रिहा गर्न राष्ट्रिय जेनजी–नागरिक अभियानको माग

स्वीडेनले ट्युनिसियालाई ५-१ गाेलले हरायाे

स्नातक प्रवेश तयारी अब अनलाइनमै

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक