बिहि, असार २५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

आठौँ दक्षिण एसियाली न्यूरोसर्जरी सम्बन्धी तीन दिने शिखर सम्मेलन हुने

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
आठौँ दक्षिण एसियाली न्यूरोसर्जरी सम्बन्धी तीन दिने शिखर सम्मेलन हुने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । दक्षिण एसियाको न्यूरोसर्जरी अर्थात स्नायू शल्यचिकित्सा सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा हुने भएको छ। नेपाल न्यूरोसर्जन समाजका अध्यक्ष डा प्रबीण श्रेष्ठका अनुसार सेप्टेम्बर ७ देखी ९ सम्म आठौँ दक्षिण एसियाली न्यूरोसर्जरी सम्बन्धी तीन दिने शिखर सम्मेलन ललितपुरको कुपन्डोलस्थित हिमालय होटेलमा हुन लागेको हो ।

दक्षिण एसियाली सम्मेलन सन १९९९ मा पहिलो पल्ट नेपालबाट नै सुरु भएको थियो भने नेपालमा हालसम्म यस सम्मेलन दुई चोटि भइसकेको छ, सन् २०१२ सहित। कोरोनाकालसहित बिगत करीब ६ वर्षदेखि यस सम्मेलन हुन नसकिरहेको बेलामा नेपाल न्युरोसर्जन समाजले आठौँ शिखर सम्मेलन नेपालको आयोजना गर्न लागेको हो।

तीन दिनसम्म चल्ने उक्त सम्मेलनको पहिलो दिनमा न्यूरोसर्जरी रेजिडेन्ट चिकित्सक (तालिमरत चिकित्सक) लाई न्यूरोसर्जरी सम्बन्धि बिबिध विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरुद्वारा तालिम दिइने छ भने दोस्रो र तेस्रो दिनमा दक्षिण एसियाका आठै देश लगायत अमेरिका, युरोप, जापान, चीन, क्यानाडा, इजरायल आदि देशहरुबाट न्यूरोसर्जरी समबन्धि विज्ञहरुको सहभागिता रहने छ र १५० वटाभन्दा धेरै कार्यपत्रहरु प्रस्तुत हुनेछन्। यस सम्मेलनलाई दक्षिण एसियाको न्यूरोसर्जरी सम्बन्धि सबैभन्दा ठूलो सम्मेलन मानिन्छ।

डा प्रबीण श्रेष्ठका अनुसार नेपालमा हाल ११२ जना सक्रिय न्यूरोसर्जनहरु देशका विभिन्न भागहरुमा सेवारत छन्। ती मध्ये करिब आधा काठमाडौँ उपत्यका (राजधानी) भित्र कार्यरत छन् भने आधा देशका अन्य स्थानहरुमा कार्यरत छन्। हाल देशको सातै प्रदेशमा न्यूरोसर्जनको उपस्थिति छ। सन् १९८८ मा स्वर्गीय डा उपेन्द्र देवकोटाले नेपालमा पहिलो पल्ट आधुनिक न्युरोसर्जरी सेवा सुरु गरेपश्चात देशमा यस सेवाको सुरुवात भई विस्तार हुँदै गएको हो। नेपालको पूर्बी र तराई क्षेत्रमा न्यूरोसर्जनको संख्या प्रसस्त भए पनि पश्चिम र पहाडी क्षेत्रमा न्यूरोसर्जरी सेवा अझै न्यून छ।

विश्व स्वास्थ्य संगठनका अनुसार करिब एक लाख जनसंख्याको लागि एक न्यूरोसर्जनको आवश्यकता पर्दछ। नेपालमा हाल यो अनुपात करिब सवा एक लाख जनसंख्याको लागि एक न्यूरोसर्जन रहेको छ। दक्षिण एसियाका अन्य देशहरुमा यो अनुपात नेपालको भन्दा कम्जोर देखिन्छ। जस्तै भारतमा करिब दस लाख जनसंख्याको लागि एक न्युरोसर्जन छन् भने बंगलादेशमा पनि झन्डै उस्तै अवस्था छ। पाकिस्तानको अवस्था निकै नाजुक रहेको देखिन्छ जस अनुसार करिब पचास लाख जनसंख्याको लागि एक मात्र न्यूरोसर्जन छन्। श्रीलंकामा करिब आठ लाखको लागि एक न्यूरोसर्जन छन् भने करिब एक लाखको लागि एक न्यूरो सर्जन छन्।  भुटानमा न्यूरोसर्जन र न्यूरोसर्जरी सेवाको अझै पनि कमी छ।

नेपाल न्यूरोसर्जन समाजले नेपालमा न्यूरोसर्जरी सेवा र न्यूरोसर्जरी शिक्षाको विकासको लागि धेरै योगदान पुर्‍याउँदै आएको छ। हाल देशमा वर्षेनी विभिन्न शिक्षण अस्पतालहरुबाट करिब दस जना न्यूरोसर्जन उत्पादन हुँदै आएको छ भने देशका सातै प्रदेशमा वर्षैभरि नेपाल न्यूरोसर्जन समाज अन्तर्गत न्यूरोसर्जरी सम्बन्धि विभिन्न गोष्ठी तथा सम्मेलन हुने गरेको छ। नेपाल न्यूरोसर्जन समाजमा हाल उपाध्यक्ष डा अमित थापा र महासचिव डा सुदन भट्टराई सहित जम्मा १५ सदस्यहरु छन्।

यो पनि पढ्नुहोस्

प्रधानमन्त्री बनेपछि पहिलोपटक निजी क्षेत्रका प्रतिनिधिसँग भेट्ने

विशेषज्ञ स्वास्थ्य सेवा प्रवाह सुदृढ बनाउन सरकार ध्यानाकर्षण

२ घण्टा अगाडि
नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट देखिएको छैन

नेपालमा हाल हान्टाभाइरसको कुनै स्वास्थ्य जोखिम नरहेको स्पष्ट

३ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

‘नेपाली रूट्स समिट-२०२६’ जर्मनीको म्युनिखमा सम्पन्न

टोरन्टो विश्वविद्यालयद्वारा सञ्चालित यस वर्षको नेपालभाषा समर स्कूल कार्यक्रम सम्पन्न

पाँचथरमा लागुऔषधको प्रयोग गर्नेको संख्या बढ्याे

प्रदेशमा प्रहरी अधिकार, उत्तरदायित्व र राष्ट्रिय सुरक्षाको प्रश्न

उठिबास पीडित सुकुम्बासीहरूलाई ती होल्डिङ्ग सेन्टरबाट हट्न अल्टिमेटम दिने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक