काठमाडौं । म्युजिक भिडियो तथा चलचित्र मैदानमा सामाजिक यथार्थ परक नेपाली म्युजिक भिडियो “आज मैले देउता खोजें….” गीतको निर्माण कार्य सम्पन्न भएको छ ।
गत भाद्र ९ गते शनिवार भगवान बुद्धको धार्मिक स्थल स्वयम्भु मन्दिरर परिसरमा मार्मिक एकल बुद्ध भजन गीतको सुटिङ सम्पन्न गरेको थियो । उक्त नयां गीतको रचना प्राध्यापक श्रीमिला सुवालले रच्नु भएको थियो भने बरिष्ठ संगीतकार अनिल तुलाधरको संगीत र एरेन्जमा, बहु चर्चित गायक राजेन्द्र शाक्यको स्वर रहेको छ । गीतलाई करुण प्रिय मिठास रुप दिन रेकर्ड मिक्सीङ, माष्टरीङ विजय मास्कीले गर्नु भएको छ ।
राम्रो गीतलाई यथार्थ रुप प्रदान गर्ने कार्य बरिष्ठ लेखक तथा निर्देशक पवन जोशीले निर्देशन गर्नु भएको थियो भने चर्चित छांयाकार राजेश शाक्यको छायांकन, सम्पादन र कलरिङ रहेको छ। श्रृगार सुरक्षा श्रेष्ठले गर्नु भएको थियो । आज मैले देउता खोजें… गीतमा दर्जनौ कलाकारहरुको जिवन्त अभिनय रहेको छ भने स्वाभाविक अभिनयका धनी सुप्रसिद्ध खल नायक सुरेन्द्र श्रेष्ठले नयाँ नौलो भुमिका अंगाल्दै नायकको रुपमा प्रमुख भुमिकामा प्रस्तुत भएको छ ।
हस्तेमा हांईसे गर्ने कलाकारहरुमा रुक्साना महर्जन, साक्षी सुवाल, प्रशान्त कुमार शाह, गौतम सिद्धि बज्राचार्य , श्रीमिला सुवाल, जयलक्ष्मी सिद्धि बज्राचार्य, पुर्ण महर्जन, अनिता शाक्यको साथमा रञ्जना जोशीले पनि अभिनय गरेको थियो ।
उक्त नयां म्युविक भिडियो चाँदेनै युट्यूव च्यानल मार्फत विश्वब्यापी एकै साथ प्रिमियर गर्ने जानकारी “आज मैले देउता खोजें…” निर्माण पक्षले संसार्स अनलाइन टिभीलाई जानकारी दिनु भएको थियो ।