काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समाजवादी शक्तिसामु दलाल पुँजीवादी शक्ति मुख्य खतराको रुपमा देखा परेको बताएका छन्।
काठमाडौंमा आइतबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले दलाल नोकरशाही पुँजीवाद र वित्तीय पुँजीवादले सर्वहारा श्रमजीवी नेपाली जनतालाई शोषण उत्पीडनको मारमा पारेको बताए। उनले देशको अर्थतन्त्रको विकासमा अनेकौँ, बाधा व्यवधान खडा भएको बताए।
उनले देशमा सुशासनको प्रत्याभूति गर्ने कुरामा पनि अनेक व्यवधान खडा भइरहेको बताए। प्रतिकूल काम गर्ने र अवरोधमूलक काम गर्नेहरूसँग जुध्नुपर्ने आवश्यकता रहेको बताए। अध्यक्ष नेपालले नेता, कार्यकर्ता घुलमिल हुनुपर्नेमा जोड दिए।