लोकनारायण सुबेदी
यतिबेला बिश्वले संयुक्त राष्ट्र संघ स्थापनाको पच्चहत्तर बर्ष पछि नया बिश्व ब्यवस्थाको शिलान्यास हुँदै गरेको आभास र अनुभव गर्न थालेको छ । यो चित्र हालै अर्थात २३–२४ अगष्टमा दक्षिण अफ्रिकाको जोहानेसबर्गमा १५औं ब्रिक्स शीखर सम्मेलनमा थप छ नयाँ देश शामेल भए पछि देखिएको हो । अब ब्रिक्समा एघार सदस्यीय एउटा समूह तयार भएको र यसले भबिष्यमा अन्तर्राष्ट्रिय राजनीतिक मैदानमा आफ्नो नयाँ भूमिकाकासाथ बर्चश्व कायम गर्ने देखिएको छ । यो बिश्व ऐतिहासिक घटना त्यतिबेला घटेको छ जतिबेला अन्तर्राष्ट्रिय राजनीतिको पुरानो प्रमुख खेलाडी अमेरिक र यूरोपेली देशहरु थाकेको र हताश बनेको स्थितिबाट गुज्रिरहेको प्रतीत हुन्छ ।ब्रिक्समा अहिले साऊदी अरब, संयुक्त अरब इमिरेट्स, इरान सामले हुँनजादा बिश्वको परिदृष्य पूर्णरुपले परिबर्तन हुन थालेको बिश्वका अर्थ–राजनीति तथा कूटनीति बिश्लेषकहरु औंल्याउन थालेका छन् । ब्रिक्समा वास्तवमा तेल र ग्यास उत्पादक तथा त्यसको खरिद गर्ने देशहरु संलग्न रहेका छन् । ज्ञातहरु भन्दै छन् यो परिबर्तन कुनै आर्थिक क्रान्तिभन्दा कम महत्वको छैन । यस संगठनको अब बिश्वको कूल तेल उत्पादनको झण्डै आधा हिस्सा पर्दछ । कूल तेल निर्यातमा ब्रिक्समा संलग्न देशहरुको हिस्सेदारी ४० प्रतिशतसम्म पुगेको छ । भबिष्यमा भेनेजुएला पनि यसमा सामेल हुन आएमा बिश्वको तेल उत्पादन र निर्यातमा यो हिस्सेदारी अझ बढ्न जानेछ ।
अमेरिकाका चर्चित र सफल कूटनीतिज्ञ तथा राजनीतिज्ञ हेनरी किसिंजरले एक पटक भनेका पनि थिए कि जुन देशको तेलमाथि कब्जा हुन्छ बिश्वमा त्यसैको बर्चश्व कायम रहन्छ । अहिलेसम्म अमेरिका तथा अन्य पश्चिमा देशहरुले आफ्नो कूटनीतिको माध्यमले पश्चिम एशियाका तेल उत्पादक देशहरुमाथि आफ्नो पकड कायम राख्दै आएका थिए । अरब–इजराय युद्धको बेला सन् सत्तरीको दसकम केही समयका लागि पश्चिमी देशहरुले केही समयका लागि संकटको सामना गर्नु परेको थियो । तर तिनले पछिबाट आफ्नो कूटनीतिको प्रयोग गरेर तेलको बिश्व बजाारमा आफनो पकड पुनः बलियो बनाएका थिए । त्यो तेल कारोबारको आधिकारिक मुद्रा पनि अमेरिकी डलर नै रहेको थियो । पेट्रो–डलरके माध्यमबाट नै अमेरिकाले बिश्वका आर्थिक गतिबिधिहरुलाई आफ्नो नियन्त्रणमा राख्दै आएको थियो । यही कारणले गर्दा बिश्वको दोश्रो सबैभन्दा ठूलो तेल ग्यास उत्पादक देश रुसमाथि प्रतिबन्ध लागु गर्दा गर्दै पनि पश्चिम देशहरुको अर्थतन्त्र धराशायी नभएको हो । तर अब उदाएको ब्रिक्स प्लसको कारण अमेरिकी डलरको मृत्युको घण्टी बज्न थालेको उल्लेख गरिदैछ । हुन त ब्रिक्स सम्मेलनमा कुनै नयाँ बिश्व मुद्राको घोषणा गरिएको छैन । तर ब्रिक्स सदस्य देशहरुले आफ्नै राष्ट्रिय मुद्रामा परस्पर लेन–देन काराबारलाई बढाउने महत्वपूर्ण निर्णय लिएका छन् । यसरी तेल उत्पादक र त्यसको उपभोक्ता देशहरुले जब परस्परमाा आफ्नो मुद्राहरुमा कारोबार गर्न थाल्दछन् त्यति बेला बिस्तारै बिस्तारै अमेरिकी डलरको पकठ कम हुँदै हुँदै जान्छ ।
त्यसैले सम्पन्न १५औं ब्रिक्स सम्मेलनलाई असफल बनाउनन पश्चिमा देशहरुको तर्फबाट निकै सघन दुष्प्रचार यस सम्वन्धमा चलाए थिए । त्यस अन्तरगत पहिला शुरुदेखि नै ब्रिक्स सदस्य रहेको भारत ब्रिक्स सदस्य बिस्तारको पक्षमा नरहेको र बिरोधमा अग्रसर भएको कुरा पनि निकै जोडतोडले पश्चिमा सञ्चार माध्यमहरुले उठाएका उरालेका थिए । मूख्यगरी उनीहरुले भारत कहिले साऊदी अरबलाई ब्रिक्समा सामेल गर्न सहमत छैन भन्ने कुरालाई उछाले भने कहिले इरानलाई सामले गर्न तयार छैन भन्ने कुरा उछालेका थिए । तर अन्ततः पश्चिमाहरुको यो कुरा दुष्प्रचार नै साबित भयो । हुन पनि भारतले बितेका कयौ बर्षदेखि ब्रिक्सलाई समावेशी बनाउने सुझाव दिने गर्दै आएको पनि देखिन्थ्यो । केवल यसको संरचना के कस्तो बनाउने भन्ने खाका मात्र उसले दिन सकेको थिएन । तर पाकिस्तानसँग पूर्बाग्रह राखिरहेको भारत उसलाई भने यो संगठनमा सामेल हुन अहिले पनि तयार देखिदैन । तर चीन नै पाकिस्तानको सदस्या बिरुद्ध छ भन्ने प्रचार भारतीय सत्ता प्रतिष्ठानले गर्न पनि पछि नपरेको देखिदैछ ।
यस सम्वन्धमा वास्तवमा के देखिदै आएको बिश्लेषकहरु बताइरहेका छन् भने पश्चिमा देश र भारतका समेत एकथरी सञ्चार माध्यमहरु के दुहाई दिन पछि परेको देखिदै न भने ब्रिक्समा अब चीनको बर्चश्व भइसकेको छ र त्यो भारतको राजनीतिक हितका बिपरीत छ । तर यथार्थ त्यस्तो रहेको छैन । चीनसँग रुसको सैन्य रणनीतिक साझेदारी रहेको भए पनि कुनै पनि देशलाई रुसले ब्रिक्समाथि बर्चश्व कायम गर्न सहमति दिदैन भन्ने कुरा अर्काथरी भारतीय बिश्लेषकहरुले औंल्याइरहेका छन् । हुन पनि अहिले चलिरहेको यूक्रेन युद्ध स्थितिमा रुसले बिश्वलाई प्रष्ट सन्देश के दिएको देखिदै छभने रुस अब सोभियत संघकै जस्तो भूमिका निर्बाह गर्न अग्रसर हुँदैछ । यसैले अबको अन्तर्राष्ट्रिय स्थितिमा राजनीति र कूटनीतिको सञ्चालनमा नयाँ दृष्य परिदृष्यहरु देखिन थालेका छन् । यो बढ्दो ब्रिक्सको भूमिकाले निर्माण गरेको जगमा नै बिकसित भएको आजको यथार्थ हो । यसरी ब्रिक्स बिश्वलाई बदल्दै जाने मूलबाटोमा छ ।


