शुक्र, अशोज ५, २०८०
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार साहित्य

पालि त्रिपिटकका आधारमा लेखिएको ‘बुद्धकालीन समाज’ सार्वजनिक

धारणा न्यूज by धारणा न्यूज
४ हप्ता अगाडि
Reading Time: 1 min read
0
पालि त्रिपिटकका आधारमा लेखिएको ‘बुद्धकालीन समाज’ सार्वजनिक

काठमाडौं । पूर्वबैङ्कर उमाकान्त पौड्यालको अनुसन्धानात्मक कृति ‘बुद्धकालीन समाज’ सार्वजनिक भएको छ । पालि त्रिपिटकका आधारमा लेखिएको बुद्धकालीन समाज फाइन प्रिन्ट बुक्सले प्रकाशन गरेको हो ।

बुद्ध परिनिर्वाण लगत्तै सङ्ग्रह र सम्पादन गरिएकाले पालि भाषामा सङ्कलित बुद्धवचन प्रामाणिक एवम् विश्वसनीय मानिन्छन् ।

यो पुस्तक पनि पालि त्रिपिटकका आधारमा लेखिएको छ । त्यसैले यस पुस्तकले बुद्ध, उनको धार्मिक मन्तव्य र तत्कालीन परिस्थितिबारे प्रामाणिक जानकारी दिन्छ ।

बुद्धका विषयमा कतिपय अतिरञ्जित शास्त्रीय वर्णनको चिरफार गरी लेखिएको यस पुस्तकले तथ्य र तर्कका आधारमा वास्तविकता उजागर गर्ने प्रयास गरेको छ ।

नेपाली भाषामा बुद्ध र तत्कालीन परिस्थितिबारे पालि त्रिपिटकका आधारमा प्रामाणिक जानकारी दिने पुस्तक साह्रै थोरै रहेको पुस्तकका लेखक पौड्याल बताउँछन् । ‘स्नातकोत्तर अध्ययनका सिलसिलामा म आफैँले यस्तो अनुभव गरेको छु ।

अध्ययनका क्रममा धेरैजसो हिन्दी र अङ्ग्रेजीमा लेखिएका किताबले नै मैले काम चलाउनुपरेको थियो,’ उनले भने, ‘तर यस्ता पुस्तक नेपाली भाषामा पनि भइदिए यस विषयमा जानकारी चाहने जिज्ञासुलाई राहत महसुस हुँदो हो भन्ने मलाई लागिरहन्थ्यो !’ स्नातकोत्तरको शोधपत्र उनले पालि त्रिपिटककै एउटा लघु आकारको ग्रन्थ ‘सुत्तनिपात’लाई आधार बनाएर बुद्धकालीन समाजको एउटा सानो घेराको दिग्दर्शन गराउने हिसाबले लेखेका थिए ।

‘यस पुस्तकको बीजरुप त्यसै शोधपत्रमा निहित रहेको मान्दा हुन्छ,’ लेखक पौड्याल भन्छन्, ‘त्यस बेलै शोधपत्रका जाँचकीमध्ये एक जनाले यसलाई पुस्तकाकारमा प्रकाशन गर्दा राम्रो हुने सुझाएका थिए ।

६०-७० पृष्ठको बुद्धकालीन सीमित विषय मात्रै समाविष्ट त्यस शोधपत्रको प्रकाशनले न पाठकको धीत मर्थ्यो, न मलाई नै सन्तुष्टि मिल्थ्यो । त्यसैले मैले यसै विषयलाई आधार बनाएर सम्पूर्ण पालि त्रिपिटक सरसर्ती अध्ययन गर्ने विचार गरेँ । यसो गर्दा मात्रै त्रिपिटकमा लिखित प्रामाणिक जानकारी उपलब्ध हुन सक्थ्यो ।’

पुस्तकमा लेखकले बुद्धकालीन समाजका सबै पक्षको उद्घाटन मात्र गरेका छैनन्, बौद्ध धर्मका पारिभाषिक शब्दको व्याख्या गरी तिनलाई सरल भाषाशालीमै प्रस्तुत पनि गरेका छन् । लामो अनुसन्धान गरी यो पुस्तक लेखिएको छ ।

पुस्तकबारे इतिहासविद् डा. महेशराज पन्त भन्छन्, ‘पुस्तक राम्रो छ, अहिलेको समयमा यसरी अनुसन्धान गरी कमै पुस्तक लेखिन्छन् । पुस्तकमा पालिभाषाको टिप्पणीको सारांश स्रोतका रूपमा माथिपट्टि राख्नुभएको छ ।

किताबमा पालि भाषाको जस्ताको तस्तै अनुवाद भने खट्किन्छ । जस्ताको तस्तै अनुवाद पढ्न पाएको भए सुनमा सुगन्ध हुन्थ्यो ।’ गहिरो अध्ययन, फराकिलो सन्दर्भ, मीठो अनुवाद, सरल शैली र चुस्त लेखनले पुस्तकले आफ्नो मन छोएको यस्तै पत्रकार विमल आचार्य बताउँछन् ।

‘बुद्धकालीन राज्य, धर्म, सङ्घ, वर्ण, संस्कृति, शिक्षा, चिकित्सा, आवास, लैङ्गिक विभेद, कृषि, क्रीडा, मनोरञ्जन आदि सजिलोसँग बुझ्न सकिने रहेछ,’ उनले भने ।

बुद्धकालीन समयको एउटा दस्ताबेजका रूपमा आएको पुस्तक प्रकाशन गर्न पाउँदा आफूलाई खुसी लागेको प्रकाशक फाइनप्रिन्टका नीरज भारीको भनाइ छ । ‘यस्ता अनुसन्धानात्मक पुस्तक कमै लेखिन्छन्,’ उनले भने, ‘पुस्तकले बुद्धकालीन समाजलाई चिनाउन राम्ररी सघाउँछ ।’

यो पनि पढ्नुहोस्

सानेपा गुर्सिङगलमा चोरी

सानेपा गुर्सिङगलमा चोरी

४ घण्टा अगाडि
अवैध लागूऔषध सहित पक्राउ

अवैध लागूऔषधसहित दुई जना पक्राउ

४ घण्टा अगाडि
ShareSendScan

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्

सानेपा गुर्सिङगलमा चोरी

सानेपा गुर्सिङगलमा चोरी

४ घण्टा अगाडि
अवैध लागूऔषध सहित पक्राउ

अवैध लागूऔषधसहित दुई जना पक्राउ

४ घण्टा अगाडि
आन्दोलनरत शिक्षक र सरकारबीच सहमति

आन्दोलनरत शिक्षक र सरकारबीच सहमति

४ घण्टा अगाडि
स्वाधीनता संग्रामको मर्म र भावनाको सन्दर्भ र नेपाल–भारत सम्वन्ध

क्रान्तिकारी अग्रगामी शक्तिहरूले आज बुझ्नुपर्ने मूल कुरा

४ घण्टा अगाडि
ग्लोबल आइएमई बैंक र बोटलर्स नेपालबीच च्यानल फाइनान्सिङ्ग सम्झौता

ग्लोबल आइएमई बैंक र बोटलर्स नेपालबीच च्यानल फाइनान्सिङ्ग सम्झौता

४ घण्टा अगाडि
‘मायालु’को निधनले सिङ्गो पार्टी मर्माहत

‘मायालु’को निधनले सिङ्गो पार्टी मर्माहत

४ घण्टा अगाडि

लोकप्रिय

  • अमेरिकाको “बेस्ट द् याम् ब्लुज महाेउत्वसमा” अशेषकाे उत्कृष्ट प्रर्दशन

    अमेरिकाको “बेस्ट द् याम् ब्लुज महाेउत्वसमा” अशेषकाे उत्कृष्ट प्रर्दशन

    0 shares
    Share 0 Tweet 0
  • ‘मायालु’को निधनले सिङ्गो पार्टी मर्माहत

    0 shares
    Share 0 Tweet 0
  • किर्ते कागजमा सयभन्दा बढी कामदार जापान पुगेको खुलासा

    0 shares
    Share 0 Tweet 0
  • मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

    0 shares
    Share 0 Tweet 0
  • यस्ताे रहेकाे छ शिक्षकका १८ बुँदे माग

    0 shares
    Share 0 Tweet 0
Facebook Youtube TikTok
जनधारणा

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

अमेरिकाको “बेस्ट द् याम् ब्लुज महाेउत्वसमा” अशेषकाे उत्कृष्ट प्रर्दशन

अन्तर्राष्ट्रिय बिमानस्थल नजिकै चारजनाको हत्या गरी प्रहरीमा आत्मसमर्पण !

डलरको भाउमा नयाँ रेकर्ड कायम

गैह्रीगाउँ हत्याकाण्डको नयाँ तथ्य !

शिक्षा विधेयकको विरोधमा प्रदर्शन

‘मायालु’को निधनले सिङ्गो पार्टी मर्माहत

साइट नेविगेशन

  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist