बिहि, असार ५, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय समिति बनाउन सरकार तयार

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय समिति बनाउन सरकार तयार
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं / सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय समिति बनाउन सरकार तयार देखिएको छ । छानबिन समितिको कार्यदेशबारे गृहकार्य गर्न तीन नेतालाई जिम्मेवारी दिइएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार बोलाएको बैठकमा सुन तस्करीबारे छलफलका लागि उच्चस्तरीय समिति बनाउन सत्तारुढ दलहरु सहमत भएका हुन् ।

एमालेको माग सम्बोधन गर्नका लागि प्रधानमन्त्री तयार भएसँगै संसद अवरोध हट्ने निश्चितजस्तै छ । उच्च अदालतका न्यायाधीश प्रमुख रहने गरी जाँचबुझ आयोग ऐन २०२६ बमोजिम उक्त आयोग गठन हुने छ । सरकारी वकिल लगायत त्यसका सदस्य रहनेछन् । एमाले उपाध्यक्ष सुवास नेम्बाङका अनुसार मन्त्रिपरिषद बैठकले त्यसको कार्यविधि पारित गर्नेछ ।

‘खुलेरै छलफल भयो । प्रधानमन्त्रीले हाम्रा सरोकार सम्बाेधन गर्नेगरी कुरा राख्नुभयो,’  नेम्बाङले भने, ‘सुनकाण्ड छानबिनमा देखिएका समस्याका कारण यो प्रकरण नै प्रश्नका  रुपमा रहँदै आएको थियो । दलहरु यसमा एउटा निष्कर्षमा पुगेका छन् भन्ने मैले ठानेको छु ।’

उच्चस्तरीय छानबिनको माग गर्दै एमालेले १० साउनदेखि संसद बैठक अवरुद्ध पार्दै आएको छ । सरकारले भने नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले छानबिन गरिरहेकाले अर्को समिति बनाउनु नपर्ने तर्क गर्दै आएको थियो ।

एमाले प्रमुख सचेतक पदम गिरी भन्छन्, तस्करीको विषयमा उच्चस्तरीय छानबिन समिति बन्नुपर्छ भन्ने मत हामीले आज पनि राख्यौं । सरकारको तर्फबाट पनि उच्चस्तरीय छानबिन समिति बनाउन हामी पनि तयार नै छौं भन्ने आएको छ ।’

सीआईबीले गरिरहेको अनुसन्धानलाई अवरोध नगर्ने गरी छानबिन समिति बनाउन लागेको दाबी दलहरुले गरेका छन् । एमाले प्रमुख सचेतक गिरी सीआईबीको छानबिनमा क्रममा कुनै कमी भए नभएको हेर्नुका साथै तस्करी रोक्न कानुनी र संरचनागत सुधारका लागि चाल्नुपर्ने कामबारे अध्ययन गर्न उच्चस्तरीय छानबिन समिति बनाउनुपर्नेमा आफूहरु प्रष्ट रहेको बताउँछन् ।

उनका अनुसार छानबिन समिति बनाउन दलहरु सहमत भएपनि त्यस्तो समितिको कार्यादेश के हुने भन्ने टुंगो लागेको छैन । यसको मस्यौदा तयार पार्न एमालेका सुवासचन्द्र नेम्बाङ, कांग्रेसका रमेश लेखक र माओवादी केन्द्रका हितराज पाण्डेलाई भोलि ११ बजेसम्म समय दिइएको छ ।

एमाले प्रमुख सचेतक गिरीका अनुसार भोलि २ बजे शीर्ष नेताहरुको बैठक बस्ने सहमति भएको छ ।

राष्ट्यि स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले पनि पनि भोलिको बैठकले सहमति जुटाउने र सदनको अवरोध हट्ने विश्वास व्यक्त गरे ।

आक्रोशित देउवा-ओली, संयमित गृहमन्त्री 

बैठक समझदारीमा पुगे पनि सुरुवात तिक्तताबाट भएको थियो । कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओली दुवैले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई अनुसन्धान टुंगोमा पुर्याउन खोज्नु साटो आफू हिरो हुन खोजेको भन्दै आलोचना गरेका थिए । देउवाले गृह प्रशासनले निष्पक्ष काम गर्नु साटो छानबिन क्रममा टर्चर दिने काम भएको भन्दै आक्रोश व्यक्त गरेका थिए ।’सरकारलाई हो सबैले विश्वास गर्ने । यस्तो तालले कसरी हुन्छ विश्वास’, देउवाले गृहमन्त्रीलाई सोधेका थिए  ।

एमाले अध्यक्ष ओलीले देउवाकै शैलीमा छानबिनमा पक्षपात गरेको भन्दै श्रेष्ठसँग कड्किएका थिए । उनले काण्डमा नाम जोडिएका माओवादी नेता कहिले समातिन्छन् भनेर श्रेष्ठलाई सोधेका थिए ।  उनले भने, ‘एयरपोर्टमा सुन तस्करी भएको भयै रहेछ । समातेको सुन पनि घटेको घटेकै छ । तपाई खुब बहादुरी गरेर बस्नुभएको छ ।’

गृहमन्त्रीले भने सिआइबीको मनोबल गिर्नेगरी कुनै अभिव्यक्ति नदिन नेताहरुलाई आग्रह गरेका थिए । उनले कुनै तलमाथि भएको भए पनि नियतवश नभएको भन्दै सरकारले सुशासनकै लागि प्रयास गरिररहेको भन्दै सहयोग मागेका थिए ।

स्रोतका अनुसार अब सिआइबीले २ साताभित्र आफ्नो काम टुंग्याउने छ । त्यसको भोलिपल्टदेखि जाँचबुझ आयोगले काम थाल्ने छ ।

यसको अर्थ हाल सिआइबीले गरिरहेको अनुसन्धान करिब निस्क्रिय हुन सक्छ । आयोग बन्ने भन्नुको अर्थ सिआइबीको काममाथि प्रश्न उठ्यो भन्ने नै रहेको नेताहरुले बताए ।

एमाले सुनकाण्डकै कारण देखाएर जारी संसद अवरोध खोल्न तयार हुँदै गरेको भए पनि सिंहदरबारमा भएको सहमतिले उसलाई अवरोध खुला गर्न सहज भएको छ । प्रधानमन्त्री प्रचण्डले अब जारी अवरोधले निकास पाउने भन्दै सबै दललाई धन्यवाद दिएका थिए ।

यो पनि पढ्नुहोस्

सुनचाँदीको आन्दोलन स्थगित

सुनचाँदीको आन्दोलन स्थगित

११ घण्टा अगाडि
आर्थिक वर्षको बजेट पुस्तिका संसद बैठकमै च्याते

आर्थिक वर्षको बजेट पुस्तिका संसद बैठकमै च्याते

१२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

विपक्षीविनाको संसद बनाउँदै कांग्रेस,एमाले र माके !

बिग बास लिगको ड्राफ्टमा ६ नेपाली खेलाडी

शान्ति प्रक्रियाबारे विप्लव आक्रोशित

आर्थिक वर्षको बजेट पुस्तिका संसद बैठकमै च्याते

सेयर बजारकाे सबै सूचक घट्याे

इटाली र अजरबैजान पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक