मङ्ल, असार १०, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

बाधलाई अझै नियन्त्रणमा लिन सकिएन

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
बाधलाई अझै नियन्त्रणमा लिन सकिएन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

चितवन ।  बस्तीमा देखिन थालेको बाघ नियन्त्रणका लागि चितवन राष्ट्रिय निकुञ्जको प्रयास असफल बन्दै आएको छ ।

पश्चिम चितवनको भरतपुर महानगरपालिका वडा नम्बर २६, २७, २८ लगायतका क्षेत्रमा देखा परेको बाघ नियन्त्रणका लागि निकुञ्जले प्राविधिक टोली खटाएको छ ।  साउन २५ गतेदेखि निकुञ्जको टोली परिचालन भएको भए पनि अहिलेसम्म बाघलाई नियन्त्रणमा लिन सकेको छैन । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार अहिले वाघ मेघौली क्षेत्रमा रहेको अनुमान गरिएको छ । नियन्त्रणमा लिनका लागि निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा विजयकुमार श्रेष्ठको नेतृत्वमा २२ जना खटिएका छन् ।

यस्तै दैनिक सात हात्ती परिचालन गरिएको उहाँले जानकारी दिनुभयो । हात्तीलाई आवश्यकताअनुसार थपघट गरिँदै आएको छ । टोलीले बाघ भेटेको भए पनि डार्ट गर्न नसक्दा नियन्त्रणमा लिन कठिन भएको हो । तिवारीका अनुसार अनुमानित आठ वर्षको यो बाघ बस्तिको छेउ छाउमा आउने, पशु चौपायमाथि आक्रमण गर्न थालेपछि यसलाई नियन्त्रणमा लिन लागिएको हो । उहाँले भन्नुभयो, “बाघ बस्ती क्षेत्रमा बस्न नरुचाउने जनावर हो । यो किन बस्तीको नजिक बस्न थाल्यो भन्ने विषयमा बुझ्दै छौँ ।” बस्ती क्षेत्र आसपासमा बस्न खोज्नुले बाघको अवस्थाबारे बुझ्न र नियन्त्रणमा लिएर निकुञ्ज आसपासका जनतालाई त्रास मुक्त बनाउन टोली खटाइएको हो ।

निकुञ्जले बाघ नियन्त्रणमा लिए पनि राख्ने ठाउँको भने अभाव भएको छ । बाघ राख्ने खोरको अभावका कारण नियन्त्रणमा लिएपछि बाघलाई कहाँ राख्ने भन्ने अन्यौल छ । केही महिनाअघि नियन्त्रणमा लिएको बाघलाई पर्सा राष्ट्रिय निकुञ्जमा लगेर छोडिएको थियो भने साउनमा नियन्त्रणमा लिइएको बाघलाई निकुञ्जको भित्री क्षेत्रमा लगेर छोडिएको थियो ।

निकुञ्जको खोरमा अहिले पनि पाँच बाघ रहेका छन् । कसरामा रहेका तीन बाघमध्ये एउटा चार वर्ष घि बाँकेमा हिंस्रक बनेर मान्छेको सिकार गर्न थालेपछि नियन्त्रणमा लिएर यहाँ ल्याइएको हो । सो अन्दाजी १० वर्षको भाले बाघ हो । गत वर्ष चितवनकै माडीमा मानिसलाई आक्रमण गरी मारेपछि अन्दाजी १३ वर्षको पोथी बाघ नियन्त्रणमा लिएर खोरमा राखिएको छ । अर्को देवनगरबाट तीन वर्ष अघि ल्याइएको अन्दाजी १० वर्षको भाले बाघ रहेको छ ।

तीन वटै बाघलाई कसरामा पक्की खोरमा राखिएको छ । सौराहामा रहेका दुई बाघमध्ये एउटा यही साउन महिनामा खैरहनीबाट नियन्त्रणमा लिएर खोरमा राखिएको छ । उक्त बाघ अन्दाजी चार वर्षको भाले हो । अर्को गत वर्ष मेघौलीबाट ल्याइएको अन्दाजी १० वर्षको भाले रहेको छ । रासस

यो पनि पढ्नुहोस्

कांग्रेस–एमाले गठबन्धन सरकार पूर्णतः असफल

कांग्रेस–एमाले गठबन्धन सरकार पूर्णतः असफल

३ घण्टा अगाडि
शहीदप्रतिको अपमान असह्य हुने : प्रम  ओली

सांसदहरूले प्रधानमन्त्रीलाई ‘टेक एण्ड पे’ हटाइएको विषयमा प्रश्न सोध्याे

४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

नेवाः देय् दबूको केन्द्रीय बैठकका लागि १४ केन्द्रीय सदस्यको निवेदन दर्ता

‘कोशेढुंगा’ ४० भन्दा बढि देशमा एकैसाथ रिलिज हुने

टिकटकर रमालाई थुनामा राखेको भन्दै निवेदन

ट्रम्पको युद्धविराम सम्झौता स्वीकार

कोरोना संक्रमित महिलाको निधन

दृष्टिका प्रकाशकलाई बयानकालागि उपस्थित हुन आदेश

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक