शुक्र, जेष्ठ ३, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

गरिबको आश्रय बन्यो स्वास्थ्य बिमा

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
गरिबको आश्रय बन्यो स्वास्थ्य बिमा
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

मार्तडी । बाजुराको बडीमालिका नगरपालिका–६, कोर्धका धनी थापा उमेरले ६५ वर्ष पुग्नुभयो। उमेर ओराली लागेसँगै उहाँलाई नियमित स्वास्थ्य जाँच गराइराख्नुपर्छ। पिसाब पोल्ने रोगले ग्रसित थापालाई महिनाको दुई पटक उपचारका लागि अस्पताल पुग्नै पर्ने बाध्यता छ।

नियमित चेकजाँच र औषधी किन्न मात्रै एक पटक कम्तीमा दुई हजार खर्च हुने गरेको छ। त्यो खर्च स्वास्थ्य बिमा र विपन्न परिवारको सुविधाबाटै व्यवस्थापन गर्ने गरेको उहाँले बताउनुभएको छ। बिमा कार्यक्रम लागु हुनुभन्दा अगाडि एक पटक उपचार गर्नका लागि १० हजार रुपियाँभन्दा बढी खर्च गर्न परेको उहाँले सुनाउनुभयो। तर, अहिले सो कार्यक्रम लागु भइसकेपछि निःशुल्क उपचार हुने गरेको थापाले बताउनुभयो।

“अहिले बिमामार्फत उपचार गराउँदा पैसा नलाग्ने भएपछि निकै खुसी छु,” उहाँले भन्नुभयो, “जस्तोसुकै जटिल खालको समस्या भए पनि बिमामार्फत उपचार हुने भएकाले हामी गरिबको साथमा पनि सरकार रैछ भन्ने आभास भएको छ।”

बिमा सुविधाले थापा जस्तै गौमूल गाउँपालिका–१, अम्लिसकी रूपा विश्वकर्मालाई पनि सहज भएको छ। सधैँ औषधीकै सहारामा बाँचिरहेकी विकलाई स्वास्थ्य बिमाले अनुहारमा खुसी छाइदिएको छ।

बिरामी भइरहने उहाँले विपन्न परिवारको रातो कार्डका आधारमा स्वास्थ्य बिमा गराएकी छन्। त्यही बिमा सुविधाबाट बाजुरा अस्पतालमा आएर उपचार सेवा लिने गरेको उहाँ बताउनुहुन्छ। विकले भन्नुभयो, “स्वास्थ्य बिमा हुनुभन्दा अगाडि धेरै पैसा तिरेर औषधी किन्नुपर्ने बाध्यता थियो तर अहिले बिमा भएका कारण पुर्जी काट्नसमेत पैसा लाग्दैन।”

बाजुरा जिल्ला अस्पतालबाट अन्य ठाउँमा रिफर गरे पनि  बिमाले ठूलो राहत गरेको विकको भनाइ छ। बिमा सुविधा उपभोग गरिरहनुभएका धनी  र रूपा प्रतिनिधि पात्र मात्रै हुन। यसले सबैजसो विपन्नका लागि सहुलियत मिलेको छ भने उपचार नगरी घरमै बस्नुपर्ने बाध्यता हटेको छ।

बाजुरा जिल्ला अस्पतालमा मात्रै उपचारका लागि आएका मध्ये ७० प्रतिशत बढी बिरामी बिमाबाटै सुविधा लिने गरेको जिल्ला अस्पताल बाजुराका डा. मिलन जोशीले बताउनुभयो। स्वास्थ्य बिमा कार्यक्रम गरिबका लागि निकै प्रभावकारी भएको जोशीको भनाइ छ। उहाँका अनुसार जिल्ला अस्पतालमा एक दिनमा ४० जनाभन्दा बढी नागरिक बिमाबाटै सेवा लिने गरेका छन्।

आर्थिक भार नहुने, स्वास्थ्य चेकजाँचमा सहज हुने, पैसा तिर्न नपर्ने वर्षभरि सानोतिनो सबै प्रकारको उपचारका लागि ढुक्क हुने हुँदा बिमाप्रतिको आकर्षण बढेको डा. जोशीको भनाइ छ। बाजुरामा हालसम्म ३४ हजार ४८८ जनाले बिमा गराएको बिमा प्रमुख तथा दर्ता अधिकारी तारा रोकाया (डडाल) ले बताउनुभयो।

तीमध्ये १७ हजार २५३ जना महिला र १७ हजार ३३५ पुरुष रहेको उहाँले बताउनुभयो। तीमध्ये २४ हजार ३७६ जना अति विपन्न छन्। उहाँका अनुसार सबैभन्दा बढी  बडीमालिका नगरपालिकामा तीन हजार ७१८ महिला र तीन हजार ७२८ पुरुष छन्।

बुढीगङ्गा नगरपालिकामा एक हजार १६६ पुरुष र एक हजार ३५८ जना महिला स्वास्थ्य बिमा सुविधामा जोडिएका छन्। बुढीनन्दा नगरपालिकामा दुई हजार ९८७ महिला, दुई हजार ९३५ पुरुष छन्।

खप्तड छेडेदह गाउँपालिकामा एक हजार ७६७ महिला र एक हजार ७६८ पुरुष, गौमूल गाउँपालिकामा २५१ पुरुष र २६१ महिला छन्। हिमाली गाउँपालिकामा दुई हजार ६६८ महिला र दुई हजार ७४४ पुरुष छन्।

यस्तै जगन्नाथ गाउँपालिकामा एक हजार ३६४ जना महिला र एक हजार ३६२ जना पुरुष, स्वामिकार्तिक खापर गाउँपालिकामा दुई हजार २१५ महिला र दुई हजार ३१० पुरुष र त्रिवेणी नगरपालिकामा एक हजार आठ पुरुष र ९७८ महिलाले स्वास्थ्य बिमा भरेको अवस्था छ। अस्पताल बाजुरा, कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र कोल्टी, अछामको बयालपाटा अस्पताल र जिल्ला बाहिर पनि बिमा सुविधासहितको प्रमाण लिएर प्रभावकारी उपचार सेवा पाउन थालेपछि बाजुराका स्थानीय निकै उत्साहित भएका छन्। gorkhapatra

यो पनि पढ्नुहोस्

हावाहुरीका कारण हवाई उडान प्रभावित

हावाहुरीका कारण हवाई उडान प्रभावित

३ घण्टा अगाडि
प्रधानमन्त्री र विश्व बैँकका दक्षिण एसियाका उपाध्यक्षबीच शिष्टाचार भेट

प्रधानमन्त्री र विश्व बैँकका दक्षिण एसियाका उपाध्यक्षबीच शिष्टाचार भेट

५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रसारण लाइन सञ्जाल बढ्न नसक्दा विद्युत् आपूर्तिं प्रभावित

रवि जोडिएको सुनुवाइ उच्च हेर्दाहेर्दैमा

गोर्खाको पर्यटन र पूर्वाधार विकासमा बजेट सुनिश्चित गर्न सांसद ढकालको माग

संघीय संसदका दुवै सदनबाट बैंकिङ कसुर सम्बन्धी विधेयक प्रमाणीकरण

पेट्रोलियम पदार्थको मूल्य घट्याे

कारोबारकाे अन्तिम दिन सुनको भाउ बढ्याे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक