बुध, असार ११, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

सत्रौँ राष्ट्रिय सूचना दिवस : ओखरेनी गाउँमा जागरण कार्यक्रम

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
सत्रौँ राष्ट्रिय सूचना दिवस : ओखरेनी गाउँमा जागरण कार्यक्रम
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
काठमाडौं ।  सत्रौँ राष्ट्रिय सूचना दिवसका अवसरमा गोकर्णेश्वर नगरपालिका वडा नं १ स्थित ओखरेनी गाउँमा सूचनाको हकसम्बन्धी समुदाय जागरण अभियान सम्पन्न भएको छ ।

सूचनाको हकका लागि राष्ट्रिय महासङ्घ जिल्ला कार्यसमिति काठमाडौंको आयोजनामा गत असारको अन्तिम शनिबारदेखि सुरु गरिएको समुदाय जागरण अभियानको छैटौँ हप्तामा दुर्गम बस्तीमा कार्यक्रम आयोजना गरिएको हो । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्र पर्ने सो गाउँमा आधारभूत पूर्वाधारको सुविधासमेत पुगेको छैन ।

ओखरेनी गाउँको कृषि भवनबाट सुरु भएको पदयात्रा कार्यक्रममा शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्रका ओखरेनी, चिलाउने, कुने र मूलखर्क गाउँका स्थानीयवासीको सक्रिय सहभागिता थियो । पदयात्रा कार्यक्रम करिब तीन किमी गाउँ परिक्रमा गरी स्थानीय ईश्वरी आधारभूत विद्यालयमा आएर कोणसभामा परिणत भएको थियो ।

‘सूचना मागौँ, भ्रष्टाचारको अन्त्य गरौँ’ भन्ने मूल नाराका साथ सुरु भएको प्रभात फेरीमा ‘सूचना किन माग्ने ?’, ‘सूचना कहाँ माग्ने ?’, ‘कस्ता सूचना माग्ने ?’, ‘सूचना कसरी माग्ने ?’, ‘सूचना कस्लाई माग्ने ?’, ‘सूचना नदिनेलाई के हुन्छ ?’ लगायत नारा लेखिएको पर्चा वितरण गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै महासङ्घका केन्द्रीय अध्यक्ष उमीद बागचन्द, उपत्यका प्रदेश समिति अध्यक्ष ताराबहादुर भण्डारी, जिल्ला समिति काठमाडौँका अध्यक्ष पूर्णप्रसाद मिश्र, वडा सदस्य अञ्जली तामाङ, साविकको सुन्दरीजल गाविसका पूर्वउपाध्यक्ष पूर्णबहादुर तामाङ, कार्यक्रम संयोजक अस्मिता खत्री, सामाजिक अभियानकर्मी घनश्याम गौतमलगायतले राजधानीभित्रकै नगरपालिका क्षेत्रको सडक कालोपत्र नहुने, निकुञ्जका कारण विकास निर्माणमा समस्या पर्ने लगायत समस्या समाधानका लागि नागरिकले सूचनाको हक प्रयोग गरी राज्यका निकायलाई जिम्मेवार र पारदर्शी बनाउन सक्नेमा जोड दिनुभएको थियो ।

प्रत्येक स्थानीय तहमा लागू भएको प्रधानमन्त्री रोजगार कार्यक्रम निकुञ्जभित्रका गाउँमा भने नगरिएको र यस क्षेत्रका बेरोजगार युवालाई सहभागिता नगराइएकामा सुन्दरीजल गाविसका पूर्वउपाध्यक्ष तामाङले गुनासो गर्नुभयो । नगरापलिका र वडा कार्यालयले शहरी क्षेत्रमा मात्र कार्यक्रम दिएर निकुञ्जभित्रको दुर्गम गाउँलाई अन्याय गरेको स्थानीयवासीको आरोप छ । रासस

यो पनि पढ्नुहोस्

कोशी प्रदेशका विभिन्न पर्यटकीय क्षेत्रहरूमा छायांकन गरिएको ” त्यो मीठो पल ” सार्वजनिक

कोशी प्रदेशका विभिन्न पर्यटकीय क्षेत्रहरूमा छायांकन गरिएको ” त्यो मीठो पल ” सार्वजनिक

६ मिनेट अगाडि
एमालेको सचिवालय बैठक सुरू

एमालेको सचिवालय बैठक सुरू

२१ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

नेवाः देय् दबूको केन्द्रीय बैठकका लागि १४ केन्द्रीय सदस्यको निवेदन दर्ता

ग्वार्को चोकमा खुल्यो फरक स्वादसहित ‘कोप्चे फुड’

दृष्टिका प्रकाशकलाई बयानकालागि उपस्थित हुन आदेश

‘कोशेढुंगा’ ४० भन्दा बढि देशमा एकैसाथ रिलिज हुने

टिकटकर रमालाई थुनामा राखेको भन्दै निवेदन

गौरवकुमार केसी उपरथीमा बढुवा

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक